प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 जनवरी p. २
  • जनवरी महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
  • उपशीर्षकहरू
  • जनवरी ६ मा सुरु हुने हप्ता
  • जनवरी १३ मा सुरु हुने हप्ता
  • जनवरी २० मा सुरु हुने हप्ता
  • जनवरी २७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९७
km97 जनवरी p. २

जनवरी महिनाका लागि सेवा सभाहरू

जनवरी ६ मा सुरु हुने हप्ता

गीत ६ (४)

१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। आफ्नो देशको र स्थानीय मण्डलीको सेप्टेम्बर महिनाको क्षेत्र सेवकाई रिपोर्टबारे टिप्पणी गर्नुहोस्‌।

२० मि: एड्‌भान्स्‌ मेडिकल डिरेक्टिभ/रिलिज कार्डको (अग्रिम चिकित्सा निर्देश/पुर्जी) नवीकरण गर्ने समय भयो। प्रत्येकले एड्‌भान्स्‌ मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) राम्ररी भरेर हरबखत आफूसितै राखेको हुनुपर्छ भनेर बताउँदै दक्ष प्राचीनले छलफल गर्नेछन्‌। आकस्मिक अवस्थामा तपाईं बोल्न नसक्ने हुनुहुँदा यस पुर्जीले तपाईंको निम्ति बोलिदिन्छ। (हितोपदेश २२:३ तुलना गर्नुहोस्‌।) कुनै कुनै डाक्टर तथा अरू मानिसहरूले एक वर्षभन्दा पुरानो यस्तो पुर्जीले त्यस व्यक्‍तिको हालैको मञ्जुरी जाहेर नगर्ने दावी गरेका छन्‌। त्यसैले हामीले रगत नलिने कुरा अवगत गराउन प्रत्येक वर्ष नयाँ पुर्जी भर्नुपर्छ। सभापछि बप्तिस्माप्राप्त सबै प्रकाशकहरूले एड्‌भान्स्‌ मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) साहित्य काउन्टरबाट लिनसक्छन्‌। बप्तिस्मा अप्राप्त साना केटाकेटीहरूका लागि पनि यस्तै परिचयपत्र लिन सकिन्छ। यो पुर्जी सभापछि आजै भर्ने होइन भनेर बताउनुहोस्‌। त्यसलाई घरमा होशियारीपूर्वक भर्नुपर्छ तर हस्ताक्षर भने नगहोस्‌। पुस्तक अध्ययन सञ्चालकहरूको निरीक्षणमा आउँदो हप्ता मण्डली पुस्तक अध्ययन समूहहरूमा हस्ताक्षर गर्ने, साक्षी राख्ने र मिति भर्ने काम गरिनेछन्‌। तिनले आफ्नो समूहमा भएकाहरूसित त्यो पुर्जी छ कि छैन, मदत चाहिएको छ कि भनी हेर्नेछन्‌। साक्षी बस्ने व्यक्‍तिकै अगाडि कार्डवालाले हस्ताक्षर गर्नुपर्छ। केहीगरि त्यस समयमा कोही उपस्थित हुन सकेनन्‌ भने बप्तिस्माप्राप्त सबै प्रकाशकहरूले पुर्जी भरे नभरेको पक्का गर्न र भर्न बाँकी भए सहयोग गर्नुपर्छ। यो काममा आउँदो सेवा सभामा उपस्थित हुँदा मण्डली पुस्तक अध्ययन सञ्चालक वा प्राचीनले सहयोग गर्नेछन्‌। (अक्टोबर १५, १९९१ को पत्र फेरि हेर्नुहोस्‌।) बप्तिस्मा अप्राप्त प्रकाशकहरूले यस कार्डमा व्यक्‍त मनोभावलाई आ-आफ्नो परिस्थिति र दृढ विश्‍वासको आधारमा छाँटकाँट गर्दै आफ्नोलागि र छोराछोरीको लागि व्यक्‍तिगत डिरेक्टिभ कार्ड (निर्देश पुर्जी) बनाउन सक्नेछन्‌। यस्तो महत्त्वपूर्ण कुराहरूमा ध्यान दिने व्यक्‍ति यहोवाको निगाहको योग्य हुन्छ।—हितो. १६:२०.

१५ मि: “अरूलाई सिकाउन सिपालु र सुसज्जित।” (अनुच्छेद १-६) हामीले यहोवाको सहयोग पाएको हुनाले प्रभाव पार्ने ढंगमा अरूलाई सिकाउनसक्छौं भनेर ढुक्क हुन जोड दिंदै अनुच्छेद १-२ बाट छोटकरीमा बताउनुहोस्‌। अनुच्छेद ३-६ बाट दुइ जना घरधनी र दुइ जना प्रकाशक भएर दुइवटा पहिलो भेट र दुइवटा पुनःभेट गरेको छुट्टा छुट्टै चारवटा प्रस्तुति देखाउनुहोस्‌।

गीत १४ (६) र समापन प्रार्थना।

जनवरी १३ मा सुरु हुने हप्ता

गीत १६ (१०१)

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। कुराकानीमा चलाउन सकिने बुँदाहरू नयाँ पत्रिकाहरूबाट प्रकाश पार्नुहोस्‌। मानिसहरूसँग अनौपचारिक ढंगमा प्रचार गर्दा सुरुमा के भन्‍न सकिन्छ, त्यसबारे केही सुझाउ दिनुहोस्‌। पसल, बाटोघाटो, पार्क, सार्वजनिक सवारी साधनहरू आदिमा अरू मानिससँग के भन्दै कुराकानी सुरु गर्नुहुन्छ, श्रोतागणलाई बताउन आग्रह गर्नुहोस्‌।

१० मि: “अरूलाई सिकाउन सिपालु र सुसज्जित।” (अनुच्छेद ७-९) वार्षिक पुस्तक १९९५, पृष्ठ ४५ का पुनःभेटका अनुभवहरू बताएर चासो देखाएको थाह पाउने बित्तिकै मदत गर्न अग्रसर हुनुपर्ने महत्त्वबारे जोड दिनुहोस्‌। अनुभवी प्रकाशकले अनुच्छेद ७-८ मा आधारित प्रस्तुति प्रस्तुत गरेको देखाउनुहोस्‌। सुरुको भेटमा जुनसुकै प्रकाशन दिएको भए तापनि ज्ञान पुस्तकबाट अध्ययन सञ्चालन गर्ने हाम्रो लक्ष्य हुनुपर्छ। सबै जनालाई आउँदो हप्तामा पुनःभेट गर्न कुनै समय छुट्याउन प्रोत्साहित गर्नुहोस्‌।

२५ मि: “हामी परमेश्‍वरको भवनलाई त्याग्नेछैनौं।” परिशिष्टको प्रश्‍नोत्तर। स्थानीय इलाकामा लागू हुने कुराहरू प्रष्ट पार्नुहोस्‌। आफ्नोलागि छुट्टै राज्यभवन बनाउने तरखर गर्न र यदि आफ्नै राज्यभवन छ भने सधैं चिटिक्क पारेर राख्न प्रोत्साहन दिनुहोस्‌। यदि निर्माणकार्य चलिरहेको छ अथवा भर्खरै पूरा भएको छ भने भाइहरूलाई भौतिक तथा अन्य तवरमा सघाउनुभएको लागि सराहना गर्नुहोस्‌। तपाईंको राज्यभवनमा राखिएको ‘भवन निर्माण कोश’ बाकसमा ध्यानकेन्द्रित गराउनुहोस्‌। यसबाट जम्मा भएको पैसा सोसाइटीको राष्ट्रिय भवन निर्माण कोशमा जम्मा हुन्छ र देशको विभिन्‍न भागमा राज्यभवन बनाउन सहयोग गर्न प्रयोग हुन्छ भनी सम्झाउनुहोस्‌। (अगस्त २१, १९९५ को सोसाइटीले पठाएको चिठ्ठी हेर्नुहोस्‌।) अनुच्छेद १७ पढ्‌नुहोस्‌।

गीत १५ (११९) र समापन प्रार्थना।

जनवरी २० मा सुरु हुने हप्ता

गीत २१ (१)

१० मि: स्थानीय घोषणाहरू।

१८ मि: “सबै किसिमका मानिसहरूले उद्धार पाउनेछन्‌।” प्रश्‍नोत्तर। विभिन्‍न पृष्ठभूमिका मानिसहरूसँग कुरा गर्दा प्राप्त भएको सकारात्मक प्रतिक्रियाबारे अनुभवहरू बताउन श्रोताहरूलाई अनुरोध गर्नुहोस्‌।

१७ मि: स्थानीय आवश्‍यकता। अथवा “आफ्नो भारी सधैं यहोवालाई सुम्पनुहोस्‌।” प्रहरीधरहरा अप्रिल १, १९९६ को पृष्ठ २७-९ मा आधारित प्रोत्साहनदायी भाषण।

गीत २३ (९३) र समापन प्रार्थना।

जनवरी २७ मा सुरु हुने हप्ता

गीत २० (५५)

५ मि: स्थानीय घोषणाहरू।

१० मि: मण्डलीको सचिवले प्रश्‍नपेटी पुनरावलोकन गर्छन्‌।

१५ मि: “हामी ‘वचन प्रचार गर्छौं।’ ” प्रश्‍नोत्तर। परमेश्‍वरको वचनलाई हामी किन यत्तिको गहिरो मूल्यांकन गर्छौं र यसलाई कसरी हाम्रो सेवकाईको हर सुअवसरमा प्रयोग गर्छौं भनेर बुझाउने केही टिप्पणी समावेश गर्नुहोस्‌।—मार्च २२, १९८४ को ब्यूँझनुहोस्‌! (अंग्रेजी) पृष्ठ ९-११ हेर्नुहोस्‌।

१५ मि: फेब्रुअरी महिनामा प्रस्तुत गरिने साहित्य पुनरावलोकन गर्नुहोस्‌। पुस्तकका चाखलाग्दा पक्षहरूबारे बताउनुहोस्‌, जस्तै; (१) आकर्षक शीर्षकहरू, (२) रंगीन चित्रहरू, (३) शिक्षण पेटी र चार्ट अनि (४) घचघचाउने प्रश्‍नहरू। अघिल्लो हप्ताको सभामा सिकेअनुसार घरधनीसित कुरा गर्दा राम्ररी छानिएका शास्त्रपदहरू प्रयोग गर्न प्रोत्साहित गर्नुहोस्‌। एक दुइटा छोटो प्रस्तुति देखाउनुहोस्‌। यस हप्ताको लागि चाहिने पुस्तकहरू लैजान सबैलाई सम्झाउनुहोस्‌।

गीत २६ (९) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने