प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 जनवरी p. १
  • हामी ‘वचन प्रचार गर्छौं’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी ‘वचन प्रचार गर्छौं’
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • “वचन प्रचार गर”
    यहोवाको स्तुतिगान गाऔं
  • “वचन प्रचार गर”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • सत्यका परमेश्‍वरको देखासिकी गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 जनवरी p. १

हामी ‘वचन प्रचार गर्छौं’

१ “आखिरी दिन[सम्बन्धी]” बाइबलको विवरणअनुसार अचेल प्रायजसो मानिसहरू “भक्‍तिको भेष” मात्र धारण गर्छन्‌। (२ तिमो. ३:१, ५) किनभने धार्मिक नेताहरूले आफ्नो समूहका मानिसहरूलाई सही बाटो देखाउन सकेका छैनन्‌। मसीहीजगत्‌का धर्मगुरुहरू पनि बाइबलबाट शिक्षा दिंदैनन्‌। तिनीहरू दार्शनिकहरूका र धर्मविज्ञानका फोस्रा शिक्षाहरू बरबराउँछन्‌ अनि परमेश्‍वरको वचन प्रचार गर्नुको सट्टा सामाजिक र राजनैतिक विषयहरू छलफल गर्न रुचाउँछन्‌। धेरै धार्मिक नेताहरू त बाइबलमा विश्‍वासै गर्दैनन्‌। अब यो पुरानो भइसक्यो भन्ठान्छन्‌। त्यसैले तिनीहरू अरूलाई पनि महान्‌ सृष्टिकर्ताबारे बाइबलको शिक्षाबाट तर्किएर विकासवादी सिद्धान्तहरू मान्‍न उक्साउँछन्‌। प्रायजसो धर्मगुरुहरू परमेश्‍वरको व्यक्‍तिगत नामसमेत प्रयोग गर्दैनन्‌ र आधुनिक बाइबल अनुवादहरूमा यो नाम हटाउँदा पनि तिनीहरू कुनै आपत्ति जनाउँदैनन्‌।

२ येशूको समयका धार्मिक नेताहरूले जस्तै अहिलेका धर्मगुरुहरूले पनि फोस्रो कुराहरू प्रचार गर्दैछन्‌। (मत्ती १५:८, ९) भविष्यवक्‍ता आमोसले भविष्यवाणी गरेझैं त्यहाँ “अनिकाल [छ], जुनचाहिं नता अन्‍नको न पानीको हो, तर परमप्रभुको वचन सुन्‍ने तृष्णाको।” (आमो. ८:११) अरू थोकभन्दा पनि मानिसहरूलाई परमेश्‍वरको वचनको आध्यात्मिक भोजन चाहिएको छ।

३ मानिसहरूको आध्यात्मिक तृष्णा कसरी मेटाउने: पावलले तिमोथीलाई यस्तो अर्ती दिए, ‘पवित्र लेखोटहरूबाट जानेका कुराहरूमा लागिरह, जसले ख्रीष्ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउनसक्‍तछ।’ अनि पावलले अरूलाई ‘वचन प्रचार गर्ने’ गहन जिम्मेवारी पनि तिमोथीलाई सुम्पे। (२ तिमो. ३:१४, १५; ४:२) हामी यहोवाका साक्षीहरूले प्रचार गर्ने कुरा बाइबल आधारित हुनैपर्छ। त्यसो गरेमा हामीले हाम्रो मार्गनिर्देशक, येशूको अनुकरण गरिरहेका हुनेछौं। उहाँले यसो भन्‍नुभयो: “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो।” (यूह. ७:१६) परमेश्‍वरको वचनमा नै ईश्‍वरीय बुद्धि छ भन्‍ने कुरा हामीले बुझेका छौं, त्यसैले यसलाई आफ्नो शिक्षाको आधार बनाउँछौं। साथै, हाम्रो जानकारीको स्रोत के हो भनी मानिसहरूले थाह पाएको चाहन्छौं।—१ कोरि. २:४-७.

४ मानिसहरूले यहोवाबारे सिक्ने र विश्‍वास गर्ने हो भने पहिला तिनीहरूले बाइबलको सत्य कुरा सिक्नु जरुरी छ। पावलले तर्क गर्दै लेखे: “तब जसलाई तिनीहरूले विश्‍वास गरेकै छैनन्‌ उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन्‌ उहाँलाई कसरी विश्‍वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?” (रोमी १०:१४) परमेश्‍वरको वचन प्रचार गरेर सही ज्ञान दिंदै अरूलाई विश्‍वासी हुन हामी मदत गर्छौं। त्यस्तो ज्ञानले मानिसको जीवन पहिलेको भन्दा राम्रो बनाउनसक्छ र बनाउँछ पनि। बाइबलको सम्बन्धमा अमेरिकी लेखक चार्ल्स डिकेन्सले यस्तो लेखे: “संसारमा भएका पुस्तकहरूमध्ये यो सबैभन्दा उत्तम पुस्तक हो र सधैं उत्तमै हुनेछ किनभने यसले सत्यवादी वा विश्‍वासयोग्य हुन चाहने मानिसको लागि सबैभन्दा उत्तम शिक्षाहरू दिन्छ।”

५ आध्यात्मिक सत्यका लागि भोकाउनेहरूले यी कुराहरू परमेश्‍वरको वचनमा आधारित छन्‌ भनेर बुझ्नेछन्‌। सन्‌ १९१३ ताकाको कुरा हो, कलेजमा अध्ययनरत विद्यार्थी फ्रेडरिक डब्लु. फ्रान्जलाई मृतकहरू कहाँ छन्‌? (अंग्रेजी) शीर्षक भएको पुस्तिका दिइएको थियो। यस प्रश्‍नबारे बाइबलले दिएको जवाफ गहिरो चासोका साथ पढेपछि “सत्य यही हो” भनेर उनलाई पक्का भयो। सत्य खोजी गर्ने लाखौंले यस्तै अनुभव गरेका छन्‌। त्यसकारण लगनशील अनि जोसिलो भएर परमेश्‍वरको वचन प्रचार गरिरहौं र अरूले यसो भनेको सुन्‍न पाऔं: “सत्य यही हो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने