प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 जनवरी pp. ३-६
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
  • हाम्रो राज्य सेवकाई—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वार्तालाप प्रारम्भकहरू
  • चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नका लागि सुझाउहरू
  • ज्ञान पुस्तक प्रस्तुत गर्नका लागि सुझाउहरू
  • अरू प्रकाशनहरू
  • सीधै प्रस्ताव राख्ने
  • परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका
    हाम्रो राज्य सेवा—२०१३
  • यहोवाले बढाउनुहुन्छ भनी भरोसा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
  • अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • पुस्तिकाहरूद्वारा परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 जनवरी pp. ३-६

सुरक्षित राख्नुहोस्‌

क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू

यो परिशिष्ट कसरी प्रयोग गर्ने

तल दिइएका प्रायजसो प्रस्तुतिहरू हाम्रो राज्य सेवकाई-को पुराना अंकहरूमा आइसकेका छन्‌। सकेजति प्रस्तुतिहरूलाई साक्षी कार्यमा चलाउने कोसिस गर्नुहोस्‌ र कस्तो नतिजा प्राप्त गर्नुहुँदो रहेछ हेर्नुहोस्‌। यस परिशिष्टलाई सुरक्षित राख्नुहोस्‌ र सेवकाईको लागि तयारी गर्दा यसलाई हेर्नुहोस्‌।

अल्याङटल्याङ नगरी छोटकरीमा स्पष्ट कुरा गर्नुभयो भने तपाईं परमेश्‍वरको वचनप्रति मानिसहरूको चासो जगाउन सक्नुहुन्छ। कुनै एउटा खास प्रश्‍न सोध्नुहोस्‌, त्यसपछि शास्त्रपद पढेर छोटकरीमा त्यसको जवाफ दिनुहोस्‌। तपाईं यी सुझाउहरू चलाउन सक्नुहुन्छ:

“जसै तपाईं भविष्यबारे सोच्नुहुन्छ, के तपाईंलाई सबै कुरा राम्रो होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] आज हामीले देखिरहेको गोलमाल अनि त्यसका नतिजाहरूबारे बाइबलले पहिल्यै भविष्यवाणी गरेको थियो।”—२ तिमो. ३:१, २, ५; हितो. २:२१, २२.

“आजकल मानिसहरू आफ्नो स्वास्थ्यबारे निकै चिन्ता गर्छन्‌। परमेश्‍वरले हाम्रा सबै रोगबिमारहरू सधैंका लागि हटाउने प्रतिज्ञा गर्नुभएको छ भन्‍ने कुरा के तपाईंलाई थाह थियो?”—यशै. ३३:२४; प्रका. २१:३, ४.

“अन्ततः पूरै संसारलाई एउटै सरकारले शासन गर्नेछ भनेर बाइबलले भविष्यवाणी गरेको छ भनेर के तपाईंलाई थाह थियो?”—दानि. २:४४; मत्ती ६:९, १०.

“येशू ख्रीष्टले संसारलाई शासन गर्नुभयो भने परिस्थिति कस्तो होला जस्तो तपाईंलाई लाग्छ?”—भज. ७२:७, ८.

एक जना हिन्दूलाई: “तपाईंको आफ्नो धर्म तपाईंको लागि एकदमै महत्त्वपूर्ण छ। तर मेरो विचारमा हामी दुवै शान्तिमय जीवन बिताउन चाहन्छौं भन्‍ने कुरामा तपाईं सहमत हुनुहुन्छ होला। के तपाईं यस पृथ्वीमा शान्तिमय परिस्थिति देख्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] दुष्टता हटाइयो भने शान्ति हुन्छ। यस पवित्र शास्त्रमा यो प्रतिज्ञा हेर्नुहोस्‌ त।—भज. ४६:९; ७२:७, ८.

“अधिकांश मानिसहरू समस्याहरूबारे सुन्दा-सुन्दा वाक्क भइसकेका छन्‌। तिनीहरू अब समाधानबारे सुन्‍न चाहन्छन्‌। तर हाम्रा समस्याहरूको सही समाधान कहाँ पाउन सकिएला?”—२ तिमो. ३:१६, १७.

एक जना मुस्लिमलाई: “हाम्रो पृष्ठभूमि बेग्ला-बेग्लै भए तापनि हामी सबैले आजको संसारमा उस्ता-उस्तै खालका समस्याहरू भोग्छौं भन्‍ने कुरामा तपाईं सहमत हुनुहुन्छ होला। के तपाईंलाई यस पुस्ताले भोगिरहेका ठूल-ठूला समस्याहरूको स्थायी समाधान हुनेछ जस्तो लाग्छ? यी समस्याहरूको समाधान अब्राहामको वशंमार्फत्‌ हुनेछ।”—उत्प. २२:१८.

लिंग, धर्म वा जातिको कारण थुप्रै मानिसहरू भेदभावको सिकार हुनुपरेको छ। तपाईंको विचारमा परमेश्‍वरलाई यस्तो भेदभाव कस्तो लाग्छ होला?”—प्रेरि. १०:३४, ३५.

वार्तालाप प्रारम्भकहरू

तल दिइएका प्रश्‍नहरू रीजनिङ पुस्तकबाट लिइएका हुन्‌ र सँगै दिइएको संख्याले पुस्तकमा यसको जवाफ पाइने पृष्ठलाई देखाउँछ:

हामी किन बूढो हुन्छौं र मर्छौं? (९८)

मृतकहरू कुन अवस्थामा हुन्छन्‌? (१००)

के परमेश्‍वरमा विश्‍वास गर्ने ठोस कारणहरू छन्‌? (१४५)

के परमेश्‍वरले साँच्चै हामी मानिसजातिको चिन्ता गर्नुहुन्छ? (१४७)

के परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ? (१४७)

के सबै असल व्यक्‍तिहरू स्वर्ग जान्छन्‌? (१६२)

साँच्चै आनन्दित भविष्य पाउन के मानिस स्वर्ग जानै पर्छ? (१६३)

परमेश्‍वरलाई चिन्‍नु र उहाँको व्यक्‍तिगत नाउँ प्रयोग गर्नु किन महत्त्वपूर्ण छ? (१९६)

के येशू ख्रीष्ट वास्तवमा परमेश्‍वर हुनुहुन्छ? (२१२)

परमेश्‍वरको राज्यले के पूरा गर्नेछ? (२२७)

मानव जीवनको उद्देश्‍य के हो? (२४३)

वैवाहिक सम्बन्ध राम्रो बनाउन केले मदत गर्न सक्छ? (२५३)

के सबै धर्महरू परमेश्‍वरलाई स्वीकार्य छन्‌? (३२२)

सही धर्म कसरी थाह पाउन सकिन्छ? (३२८)

आजको संसारमा शैतान कत्तिको शक्‍तिशाली भएको छ? (३६४)

परमेश्‍वरले किन दुःखकष्ट रहिरहने अनुमति दिनुहुन्छ? (३९३)

यतिबिघ्न दुष्टता हुनुको कारण के हो? (४२७)

यस संसारलाई कसले शासन गर्छ—परमेश्‍वरले वा शैतानले? (४३६)

चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नका लागि सुझाउहरू

“थुप्रै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्‌ भन्‍ने कुरामा तपाईं पक्कै सहमत हुनुहुन्छ होला। परमेश्‍वरमा विश्‍वास गर्नेहरू सबै नै उहाँ हामीबाट केही चाहनुहुन्छ भन्‍ने कुरामा सहमत छन्‌। तर मानिसहरू सहमत हुन नसकेको कुराचाहिं हो, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?” त्यसपछि चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌, पाठ १ पल्टाउनुहोस्‌ र त्यसबाट छलफल गर्नुहोस्‌।

“आज, पारिवारिक जीवनमा तीन थुप्रो समस्याहरू भएको कारण पारिवारिक आनन्दको रहस्य के होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?” जवाफ पाउनुभएपछि, पारिवारिक आनन्दको वास्तविक रहस्य परमेश्‍वरले बाइबलमा प्रकट पार्नुभएको छ भनेर बताउनुहोस्‌। यशैया ४८:१७ पढ्‌नुहोस्‌। चाहनुहुन्छ पुस्तिकाको पाठ ८ पल्टाउनुहोस्‌ अनि परिवारको प्रत्येक सदस्यलाई भरपर्दो निर्देशन दिने त्यहाँ उद्धृत केही बाइबल पदहरू देखाउनुहोस्‌। पाठको सुरुमा दिइएका प्रश्‍नहरू पढ्‌नुहोस्‌। प्रश्‍नका जवाफहरू पढ्‌न चाहनुहुन्छ कि भनेर त्यस व्यक्‍तिलाई सोध्नुहोस्‌।

“यस पुस्तिकामा बाइबलका आधारभूत शिक्षाहरू समेटिएका विषयवस्तु छन्‌। प्रत्येक पृष्ठमा, तपाईंले शताब्दीयौंदेखि मानिसहरूलाई पिरोलिरहेका प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ। जस्तै, परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुको उद्देश्‍य के हो?” पाठ ५ पल्टाउनुहोस्‌ अनि पाठको सुरुका प्रश्‍नहरू पढ्‌नुहोस्‌। घरधनीलाई कुनचाहिं प्रश्‍न सबैभन्दा घत लाग्यो, सोध्नुहोस्‌, त्यसपछि उपयुक्‍त शास्त्रपदहरू पढ्‌दै उसले चासो देखाएका अनुच्छेद(हरू) पढ्‌नुहोस्‌। अन्य प्रश्‍नहरूको पनि यसै गरी चित्तबुझ्दो जवाफ सजिलै पाउन सकिन्छ भनी बताउनुहोस्‌। अर्को प्रश्‍नबारे छलफल गर्न फेरि आऊँ कि भनेर सोध्नुहोस्‌।

“स्कूलहरूमा अपराध हुनुको कारण के होला जस्तो तपाईंलाई लाग्छ? के आमाबाबुले राम्रो प्रशिक्षण नदिएकोले गर्दा हो? अथवा कतै दियाबलको प्रभावजस्ता अन्य कारणहरूले गर्दा पो हो कि?” जवाफ दिने मौका दिनुहोस्‌। यदि उक्‍त व्यक्‍तिले “दियाबलको प्रभावले गर्दा” भन्‍ने जवाफ दिए भने प्रकाश १२:९, १२ पढ्‌नुहोस्‌। संसारमा यस्तो गोलमाल मच्चाउन दियाबलले खेलिरहेको भूमिका प्रस्ट पार्नुहोस्‌। त्यसपछि चाहनुहुन्छ पुस्तिकाको पाठ ४ पल्टाएर दियाबलको सुरुआत कसरी भयो भनेर कहिल्यै सोच्नुभएको छ भनी सोध्नुहोस्‌। सुरुको दुई अनुच्छेद पढेर छलफल सुरु गर्नुहोस्‌। यदि उक्‍त व्यक्‍तिले स्कूलमा हुने अपराध “आमाबाबुको प्रशिक्षणको कमीले” गर्दा हो भनेर जवाफ दिए भनेचाहिं २ तिमोथी ३:१-३ पढ्‌नुहोस्‌ र यस्ता समस्याहरू उत्पन्‍न गर्ने कारणहरू औंल्याउनुहोस्‌। त्यसपछि चाहनुहुन्छ पुस्तिकाको पाठ ८ पल्टाएर ५ अनुच्छेद पढेर छलफल सुरु गर्नुहोस्‌।

“सृष्टिकर्ताले हामीलाई पारिवारिक जीवन सफल बनाउने ज्ञान दिनुहुन्छ भनेर आशा गर्नु के व्यावहारिक छ जस्तो तपाईंलाई लाग्छ?” जवाफ पाउनुभएपछि, चाहनुहुन्छ पुस्तिका देखाउनुहोस्‌। पाठ ८ पल्टाउनुहोस्‌ अनि यसमा परिवारका सबै सदस्यहरूका लागि उपयोगी हुने बाइबलका सिद्धान्तहरू छन्‌ भनेर व्याख्या गर्नुहोस्‌। यसबाट पूरापूर लाभ उठाउनको लागि पुस्तिका र बाइबल कसरी प्रयोग गर्न सकिन्छ देखाइदिऊँ कि भनेर सोध्नुहोस्‌।

“आधुनिक जीवनका समस्याहरूलाई विचार गर्दा के तपाईंलाई प्रार्थनाले साँच्चै हामीलाई मदत गर्न सक्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] प्रार्थनाले आन्तरिक बल दिन्छ भनेर धेरैले भन्‍ने गर्छन्‌। [फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌।] तैपनि, कहिलेकाहीं कसै-कसैलाई आफ्नो प्रार्थनाको जवाफ नपाएजस्तो लाग्ला। [ चाहनुहुन्छ पुस्तिकाको पाठ ७ पल्टाउनुहोस्‌।] प्रार्थनाले हामीलाई कसरी मदत गर्न सक्छ भनेर यस पुस्तिकाले बताउँछ।”

“बाइबल एउटै भए तापनि मसीही धर्म यसरी विभाजित हुनुको कारण के होला भन्‍ने विषयमा हामी छरछिमेकीहरूसित कुरा गरिरहेका छौं। तपाईंको विचारमा यस्तो गोलमाल हुनुको कारण के होला? [जवाफ दिने मौका दिनुहोस्‌। चाहनुहुन्छ पुस्तिकाको पाठ १३ पल्टाउनुहोस्‌ र सुरुमा दिइएका प्रश्‍नहरू पढ्‌नुहोस्‌।] यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ तपाईंले यो पाठ पढेर पाउन सक्नुहुनेछ।

कुनै व्यक्‍तिलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका प्रस्तुत गरिसकेपछि, एउटा पुस्तिकाबाट छोटो अनुच्छेद पढ्‌न सक्छु कि भनेर सोध्नुहोस्‌। यदि उसले हुन्छ भनेमा, चाहनुहुन्छ पुस्तिकाको पाठ ५ पल्टाउनुहोस्‌। पाठको सुरुमा दिइएका प्रश्‍नहरू देखाउनुहोस्‌ र तपाईंले सुरुको अनुच्छेद पढ्‌नुहुँदा उसलाई पहिलो प्रश्‍नको जवाफ सुन्‍न आग्रह गर्नुहोस्‌। अनुच्छेद पढिसक्नुभएपछि प्रश्‍न सोध्नुहोस्‌ र उसको जवाफ सुन्‍नुहोस्‌। पुस्तिका दिनुहोस्‌ र यदि उसले पुस्तिका लिएमा बाँकी दुई प्रश्‍नको जवाफको लागि फेरि आउने प्रबन्ध मिलाउनुहोस्‌।

ज्ञान पुस्तक प्रस्तुत गर्नका लागि सुझाउहरू

बाइबल हातमा लिएर यसो भन्दै कुरा थाल्नुहोस्‌: “आज हामीहरू तपाईंको टोलका सबैलाई एउटा शास्त्रपद देखाउँदैछौं। यहाँ यसो भनिएको छ, . . . ।” यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌ र त्यसपछि सोध्नुहोस्‌: “हामीले सही ज्ञान लिएको खण्डमा हामीले के पाउनेछौं भनेर प्रतिज्ञा गरिएको रहेछ, के तपाईंले याद गर्नुभयो? [जवाफ दिने मौका दिनुहोस्‌।] मानिसले यस्तो ज्ञान कहाँ पाउन सक्छन्‌?” जवाफ पाउनुभएपछि ज्ञान पुस्तक देखाउनुहोस्‌ र यसो भन्‍नुहोस्‌: “यस पुस्तकले अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञानबारे बताउँछ। साथै बाइबलबारे मानिसहरूको मनमा उठ्‌ने विभिन्‍न प्रश्‍नहरूको जवाफ दिन्छ।” विषय-सूची देखाउनुहोस्‌ र त्यहाँ भएका विषयहरूमध्ये कुनै विषयमा तिनको प्रश्‍न उठेको थियो कि भनेर सोध्नुहोस्‌।

“हामीले हाम्रो वरपर देख्ने अनि हामी स्वयम्‌ले भोग्ने अन्याय र दुःखकष्टबारे के परमेश्‍वर साँच्चै चिन्तित हुनुहुन्छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] परमेश्‍वरले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई दुःखकष्ट आइपर्दा मदत गर्नुहुन्छ भनेर बाइबलले आश्‍वासन दिन्छ।” भजनसंग्रह ७२:१२-१७ का केही अंशहरू पढ्‌नुहोस्‌। ज्ञान पुस्तकको अध्याय ८ पल्टाउनुहोस्‌ र यसले लाखौं मानिसहरूले सोध्ने प्रश्‍न, परमेश्‍वरले किन दुःखकष्ट आइपर्न दिनुहुन्छ भन्‍ने प्रश्‍नको सान्त्वनादायी जवाफ दिन्छ भनेर बताउनुहोस्‌। सम्भव भएमा, अनुच्छेद ३ देखि ५ मा दिइएका शास्त्रपदहरूबाट छलफल गर्नुहोस्‌ अथवा पुनःभेटको दौडान कुरा गर्नुहोस्‌।

“हामीमध्ये प्रायजसोले कोही न कोही प्रियजन गुमाएका छौं। ती प्रियजनहरूलाई फेरि भेट्‌न पाइएला कि भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] हाम्रा प्रियजनहरूले मृत्युबाट छुटकारा पाउन सक्छन्‌ भन्‍ने कुरा येशूले प्रमाणित गरेर देखाउनुभयो। [यूहन्‍ना ११:११, २५, ४४ पढ्‌नुहोस्‌।] यो घटना शताब्दीयौंअघि घटेको भए तापनि यसले परमेश्‍वरले हाम्रोलागि के प्रतिज्ञा गर्नुभएको छ भनेर देखाउँछ।” ज्ञान पुस्तकको पृष्ठ ८५ को चित्र देखाउनुहोस्‌ र त्यहाँ के लेखिएको छ पढ्‌नुहोस्‌। त्यसपछि पृष्ठ ८६ को चित्र देखाउनुहोस्‌ र त्यसबारे टिप्पणी गर्नुहोस्‌। “मानिसहरू किन बूढो हुन्छन्‌ र मर्छन्‌ भन्‍ने विषयमा के तपाईं जान्‍न चाहनुहुन्छ?” भनी सोधेर अर्को हप्ताको लागि कुरा गर्ने बाटो बनाउनुहोस्‌। अर्को पटक आउँदा अध्याय ६ बाट छलफल गर्नुहोस्‌।

“मानिसहरू किन लामो जीवनको तिर्सना गर्छन्‌ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?” जवाफ पाइसकेपछि, ज्ञान पुस्तकको अध्याय ६ पल्टाउनुहोस्‌ र अनुच्छेद ३ पढ्‌नुहोस्‌। उद्धृत शास्त्रपदहरूबारे तर्क गर्नुहोस्‌। अनुच्छेदको अन्तमा दिइएका दुईवटा प्रश्‍न उल्लेख गर्दै ती प्रश्‍नहरूको जवाफ थाह पाउन चाहनुहुन्छ कि भनेर घरधनीलाई सोध्नुहोस्‌। तिनी जवाफ थाह पाउन चाहन्छन्‌ भने त्यसपछिका केही अनुच्छेदहरू छलफल गर्नुहोस्‌।

“हामी सबै मानिसहरूलाई . . . भन्‍ने कुरा विश्‍वास गर्नुहुन्छ कि गर्नुहुन्‍न भनेर सोध्दै छौं।” उत्पत्ति १:१ पढ्‌नुहोस्‌ र त्यसपछि सोध्नुहोस्‌: “के तपाईं यस भनाइसित सहमत हुनुहुन्छ?” त्यस व्यक्‍तिले सहमति जनाएमा यसो भन्‍नुहोस्‌: “म पनि यस विषयमा सहमत छु। यद्यपि, परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको हो भने, के दुष्टताको लागि पनि उहाँ नै जिम्मेवार हुनुहुन्छ जस्तो तपाईंलाई लाग्छ?” उक्‍त व्यक्‍तिको जवाफ सुनिसकेपछि उपदेशक ७:२९ पढ्‌नुहोस्‌। ज्ञान पुस्तकको अध्याय ८ पल्टाउनुहोस्‌ र अनुच्छेद २ पढ्‌नुहोस्‌। यदि घरधनी उत्पत्ति १:१ को भनाइसित सहमत छैनन्‌ भने, सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने प्रमाण जाँच्न आग्रह गर्नुहोस्‌।— रीजनिङ पुस्तक, पृष्ठ ८४-६ हेर्नुहोस्‌।

“आज नैतिक मूल्य तथा मान्यताहरूमा तीव्र गतिमा परिवर्तन आइरहेको कारण जीवनमा हामीलाई एउटा भरपर्दो निर्देशन चाहिन्छ भनेर के तपाईं मानिलिनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबल सबैभन्दा पुरानो पुस्तक भए तापनि यसले आधुनिक तथा आनन्दित पारिवारिक जीवन बिताउन व्यावहारिक सल्लाह दिन्छ।” त्यसपछि ज्ञान पुस्तकको अध्याय २ पल्टाउनुहोस्‌ र अनुच्छेद १० र ११ को पहिलो हरफलगायत २ तिमोथी ३:१६, १७ पढ्‌नुहोस्‌।

“हाम्रो र पृथ्वीको भविष्य कस्तो होला भनेर के तपाईं जान्‍न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलले भविष्यबारे एउटै शब्दमा वर्णन गरेको छ। त्यो हो—प्रमोदवन! परमेश्‍वरले प्रथम मानव दम्पतीलाई सृष्टि गर्नुभएर त्यही सुन्दर प्रमोदवनमा राख्नुभएको थियो। त्यो प्रमोदवन कस्तो थियो भन्‍ने विषयमा यस वर्णनलाई ध्यान दिनुहोस्‌ त।” ज्ञान पुस्तकको पृष्ठ ८ पल्टाउनुहोस्‌ र “प्रमोदवनमा जीवन” उपशीर्षकअन्तर्गत अनुच्छेद ९ पढ्‌नुहोस्‌। त्यसपछि, अनुच्छेद १० का बुँदाहरू छलफल गर्नुहोस्‌ र त्यहाँ उल्लिखित शास्त्रपद यशैया ५५:१०, ११ पढ्‌नुहोस्‌। पुनर्स्थापित प्रमोदवनमा जीवन कस्तो हुनेछ भन्‍ने विषयमा अनुच्छेद ११-१६ बाट छलफल कायमै राख्ने प्रस्ताव राख्नुहोस्‌।

प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दिनुभएको ठाउँमा पुनःभेट गर्दा तपाईं यसो भन्‍न सक्नुहुन्छ:

“अस्तिको पालि तपाईंलाई एउटा प्रहरीधरहरा पत्रिका दिन पाउँदा मलाई धेरै खुसी लागेको थियो। सायद तपाईंले त्यस पत्रिकाको पूरा शीर्षक याद गर्नुभयो होला, प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ। आज म तपाईंलाई यो राज्य के हो अनि यसले तपाईं अनि तपाईंको परिवारको लागि के अर्थ राख्छ भनी बताउन चाहन्छु।” त्यसपछि चाहनुहुन्छ पुस्तिकाको पाठ ६ पल्टाउनुहोस्‌ र घरधनीसित समय छ भने पढेर छलफल गर्नुहोस्‌।

“केही दिनअघि मात्र म तपाईंकहाँ आएको थिएँ र तपाईंलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू दिएको थिएँ। यी पत्रिकाहरूले बाइबल र यसले दिने नैतिक निर्देशनलाई अझ बढी आदर गर्न मानिसहरूलाई मदत गर्छ। सबैले परमेश्‍वरको वचनबारे बुझ्नु अत्यावश्‍यक छ जस्तो मलाई लागेकोले त्यसो गर्न मदत दिने एउटा कुरा देखाउन म फेरि आएको हुँ।” चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तक देखाउनुहोस्‌ र बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌।

कुनै पनि १९२ पृष्ठे पुराना पुस्तकहरू प्रस्तुत गर्दा तपाईं यो प्रस्तुति चलाउन सक्नुहुन्छ:

“मानिसहरू स्तरीय शिक्षामा निकै जोड दिन्छन्‌। तपाईंको विचारमा जीवनमा आनन्दित अनि सफल हुन कस्तो शिक्षाको खोजी गर्नुपर्छ होला? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि हितोपदेश ९:१०, ११ पढ्‌नुहोस्‌।] यो सानो पुस्तक [दिन लाग्नुभएको पुस्तकको शीर्षक पढ्‌नुहोस्‌] बाइबलमा आधारित छ। यसले हामीलाई अनन्त जीवनतर्फ डोऱ्‍याउन सक्ने एक मात्र स्रोतबारे बताउँछ।” पुस्तकमा भएको कुनै एउटा खास उदाहरण देखाउनुहोस्‌ र त्यो पुस्तक पढ्‌न प्रोत्साहन दिनुहोस्‌।

अरू प्रकाशनहरू

थप पुस्तक तथा पुस्तिकाहरू प्रस्तुत गर्ने सुझाउहरू वाचटावर पब्लिकेशन्स्‌ इन्डेक्स्‌-मा निम्न उपशीर्षकअन्तर्गत पाउन सकिन्छ:

प्रस्तुतिहरू

प्रकाशनअनुसार सूचीबद्ध

सीधै प्रस्ताव राख्ने

बाइबल अध्ययन सुरु गर्न तल दिइएका तरिकाहरूमध्ये कुनै एउटा तरिका चलाएर सीधै प्रस्ताव राख्नुहोस्‌:

“केही मिनेटमै एउटा महत्त्वपूर्ण प्रश्‍नको जवाफ पाउन सकिन्छ भनेर के तपाईंलाई थाह थियो? उदाहरणका लागि, . . .।” त्यसपछि, चाहनुहुन्छ पुस्तिकाबाट त्यस व्यक्‍तिलाई चासो लाग्न सक्ने कुनै एउटा अध्यायको सुरुको प्रश्‍न सोध्नुहोस्‌।

“म तपाईंलाई हाम्रो निश्‍शुल्क बाइबल अध्ययन गर्ने तरिका देखाउन आएको हुँ। यो तरिका देखाउन लगभग पाँच मिनेट मात्र लाग्छ। तपाईंसँग पाँच मिनेट समय होला?” घरधनीले हुन्छ भनेमा, चाहनुहुन्छ पुस्तिकाको पाठ १ चलाएर एक दुईवटा शास्त्रपद छानेर अध्ययन गर्ने तरिका देखाउनुहोस्‌। त्यसपछि सोध्नुहोस्‌: “अर्को पाठ छलफल गर्न १५ मिनेट जति समय कहिले निकाल्न सक्नुहुन्छ होला?”

“थुप्रै मानिसहरूसित बाइबल त छ तर हामी सबैले भविष्यबारे सोध्ने महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ यसमा छ भनेर चाहिं तिनीहरूलाई थाहै छैन। बाइबल अध्ययन गर्न मदतको लागि यो पुस्तक [ चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तक] हप्तामा एक घण्टा जति पढ्‌नुभयो भने, तपाईंले केही महिनामै बाइबलका आधारभूत कुराहरू बुझ्न सक्नुहुनेछ। अध्ययन कसरी सञ्चालन गरिन्छ भनेर तपाईंलाई देखाउन पाए मलाई खुसी लाग्नेछ।”

“म तपाईंसामु निश्‍शुल्क गृह बाइबल अध्ययन कार्यक्रमको प्रस्ताव राख्न चाहन्छु। हुन्छ भने, लगभग २०० वटा मुलुकमा पारिवारिक रूपमा कसरी घरैमा बाइबल छलफल गरिन्छ, त्यो देखाउन म तपाईंसित दुई चार मिनेट लिन चाहन्छु। हामी यीमध्ये कुनै पनि विषय छलफल गर्न सक्छौं। [ज्ञान पुस्तकको विषयसूची देखाउनुहोस्‌।] तपाईंलाई सबैभन्दा कुन विषय मन पऱ्‍यो?” तिनलाई विषय छान्‍न दिनुहोस्‌। तिनले छानेको अध्याय पल्टाउनुहोस्‌ र पहिलो अनुच्छेदबाटै अध्ययन सुरु गर्नुहोस्‌।

“म निश्‍शुल्क बाइबलसम्बन्धी जानकारी दिने गर्छु र अझ अरू विद्यार्थीहरूलाई पनि पढाउन मसित समय छ। बाइबल अध्ययन गर्न हामी यो साधन चलाउँछौं। [ज्ञान पुस्तक देखाउनुहोस्‌।] यो अध्ययन केही महिनामै सिद्धिन्छ र यसले यस्ता प्रश्‍नहरूको जवाफ दिन्छ: परमेश्‍वरले दुःखकष्ट किन रहिरहन दिनुहुन्छ? हामी किन बूढो हुन्छौं र मर्छौं? हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ? हामी परमेश्‍वरसित कसरी घनिष्ठ हुन सक्छौं? यो अध्ययन कसरी गरिन्छ, के म देखाउन सक्छु?”

यदि तपाईंले चासो जगाउनको लागि कुनै प्रस्तुति प्रभावकारी पाउनुभएको छ भने, त्यसलाई प्रयोग गर्न नछोड्‌नुहोस्‌! त्यसलाई हरेक महिनाको प्रस्तुतिअनुसार अलिकति काँटछाँट मात्र गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने