के तपाईं पूर्ण-समय साक्षी हुनुहुन्छ?
१ के तपाईं हुँ भनेर उक्त प्रश्नको जवाफ दिनुहुन्छ? यहोवाका प्रत्येक समर्पित सेवकहरूले पूर्ण-समय सेवकाई गर्न नसके तापनि हामी सबैले आफूलाई पूर्ण-समय साक्षी हौं भनी ठान्नु के मुनासिब नहोला र? हो, हामीले त्यसै ठान्नुपर्छ।
२ आकलझुकल मात्र मसीही हुनु असम्भव कुरा हो। येशूले आफ्नो पिताबारे यसो भन्नुभयो: “म सधैं उहाँलाई मन पर्ने कुराहरू गर्दछु।” (यूह. ८:२९) पावलले पनि त्यस्तै महसुस गरे र “सबै परमेश्वरकै महिमाको निम्ति गर” भनी हामीलाई आग्रह गरे। (१ कोरि. १०:३१) त्यसैकारण, हामी प्रत्येकले आफू यहोवाको पूर्ण-समय साक्षी हौं भन्ने ठान्नुपर्छ। त्यसो गर्नाले जुनै कार्य गरे पनि असल गर्न हामीलाई प्रभावित गर्नेछ।
३ के संकेत गर्छ, त्यो विचार गर्नुहोस्: हाम्रो कोरीबाटी, बोलचाल र चालचलनले हामी यहोवाका साक्षीहरू हौं भनी अरूलाई मौन साक्षी दिन्छ। क्षेत्र सेवकाईमा भाग लिंदा होस् या मसीही सभाहरू धाउँदा, भद्र कोरीबाटी, शिष्ट बोली र राम्रो आचरण देखाउन हामी सचेत रहन्छौं। तथापि, स्कूल जाँदा, जागिरमा जाँदा अथवा मनोरञ्जन गर्दा पनि हाम्रो हरेक कामले हामी यहोवाका धार्मिक स्तरअनुरूप चल्छौं भन्ने प्रमाण दिनुपर्छ।
४ येशूले यसो भन्नुभयो: “डाँड़ामा बसालिएको शहर लुक्नसक्तैन। . . . तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।” (मत्ती ५:१४-१६) हाम्रा हर कर्ममा हरपल यो कुरा झल्किनुपर्छ। हामी जहाँ छौं वा जे गरिरहेका छौं, त्यसको कारण साक्षी दिन हिचकिचाउँछौं भने, आफैलाई यो प्रश्न सोध्नु बेस हुन्छ, ‘मैले यहोवाको पूर्ण-समय सेवा गरिरहेको छु वा आकलझुकल मात्र?’ अरूलाई परमेश्वरको राज्यबारे सुसमाचार सुनाउन कुनै पनि मौका नचुकाऔं।
५ नभुल्नुहोस्, “के तपाईं पूर्ण-समय साक्षी हुनुहुन्छ?” भन्ने प्रश्नको जवाफमा निर्धक्कसाथ “हुँ” भन्न सक्यौं भने मात्र यहोवालाई सम्मान दिन र प्रशन्न तुल्याउनसक्छौं।