प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अप्रिल p. ४
  • पूर्ण-समय सेवाका आनन्दहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्ण-समय सेवाका आनन्दहरू
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • अग्रगामी सेवा—तपाईंको लागि?
    हाम्रो राज्य सेवकाई—१९९८
  • आफ्ना छोराछोरीहरूका लागि तपाईंले कस्ता लक्ष्यहरू राख्नुभएको छ?
    हाम्रो राज्य सेवकाई—१९९५
  • नियमित अग्रगामी सेवाको लागि थुप्रै भाइहरूको खाँचो छ
    हाम्रो राज्य सेवकाई—१९९६
  • “तपाईं राम्रो अग्रगामी बन्‍न सक्नुहुन्छ!”
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 अप्रिल p. ४

पूर्ण-समय सेवाका आनन्दहरू

१ तपाईं जवान व्यक्‍ति हुनुभएको कारण आफ्नो भविष्यबारे पक्कै सोच्नुभएको हुनुपर्छ। हितोपदेश २१:५ हामीलाई यसो भन्छ, “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ।” जीवनमा आफ्ना लक्ष्यहरूबारे गहिरिएर सोच-विचार गर्नुभयो भने तपाईंकै हित हुनेछ। तपाईंले भविष्यका लागि योजना बनाउनुहुँदा पूर्ण-समय सेवा गर्नेबारे विचार गर्नुहोस्‌। किन?

२ आफू जवान छँदा अग्रगामी गरेका केही वयस्कहरूलाई तिनीहरूको अनुभवबारे सोध्नुहोस्‌ र तिनीहरूले पक्कै एउटै कुरा भन्‍नेछन्‌: “ती मेरो जीवनका अत्युत्तम समय थियो!” आफ्नो युवावस्थादेखि नै पूर्ण-समय सेवाका आनन्दहरू अनुभव गरेका एक जना भाइले पछि यसो भने: “आफ्नो जवानीलाई फर्केर हेर्दा गहिरो सन्तुष्टि महसुस गर्न सकेको छु र ‘आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌’ भन्‍ने बुद्धिमानी सल्लाह पालन गरें भन्‍न सक्छु।” (उप. १२:१) आफ्नो युवावस्थामा यस्तै प्रकारको आनन्द अनुभव गर्नको लागि तपाईं र तपाईंका आमाबाबु दुवैले होसियारीपूर्वक योजना बनाउनुपर्छ।

३ आमाबाबु हो, पूर्ण-समय सेवामा लाग्ने प्रोत्साहन दिनुहोस्‌: लालनपालन गर्ने पिताको हैसियतमा यहोवाले तपाईं कुन बाटो हिंड्‌नुपर्छ भनी देखाउनुहुन्छ। (यशै. ३०:२१) यस्तो मायालु डोऱ्‍याइ प्रदान गर्ने सन्दर्भमा उहाँले तपाईं मसीही आमाबाबुहरूको लागि राम्रो उदाहरण बसाल्नुभएको छ। आफ्ना छोराछोरीहरूलाई सर्वोत्तम बाटो आफै छान्‍न दिनुको साटो तिनीहरू हिंड्‌नुपर्ने बाटोमा चल्न बुद्धिमानीपूर्वक प्रशिक्षण दिनुहोस्‌ ताकि तिनीहरूले यहोवाको आशिष्‌ पाउनेछन्‌। त्यसपछि, हुर्कंदै जाँदा तपाईंको प्रशिक्षणले तिनीहरूलाई “खराब र असल छुट्याउन” मदत गर्नेछ। (हिब्रू ५:१४) तिनीहरू आफ्नै निर्णयमाथि भर पर्न सक्दैनन्‌ तर आफ्नो मार्ग सोझो बनाउनको लागि तिनीहरू यहोवामा भर पर्नुपर्छ भनेर वयस्कहरूले आफ्नो अनुभवबाट बुझेका छन्‌। (हितो. ३:५, ६) जीवनमा कम अनुभव हासिल गरेका युवाहरू त यहोवामा भर पर्नु झनै आवश्‍यक छ।

४ आमाबाबु हो, छोराछोरीहरू किशोरावस्थामा पुगेपछि अथवा त्यसअघि नै तिनीहरूको पेसागत लक्ष्यहरूबारे व्यावहारिक भएर तिनीहरूसित कुरा गर्नुहोस्‌। स्कूलका सल्लाहकार, शिक्षक र कक्षाका साथीहरूले भौतिकवादी सांसारिक पेसाहरूको पछि लाग्न तिनीहरूलाई प्रभाव पार्ने कोसिस गर्नेछन्‌। तपाईंका छोराछोरीहरूलाई व्यावहारिक प्रशिक्षण प्रदान गर्ने स्कूलको पाठ्यक्रम छान्‍न मदत गर्नुहोस्‌ अनि त्यसो गर्दा तिनीहरूले परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई नलत्याई भौतिक आवश्‍यकताहरू पूरा गर्न सक्नेछन्‌। (१ तिमो. ६:६-११) प्रायजसो अवस्थामा, नियमित अग्रगामी सेवा थाल्दा आफ्ना आवश्‍यकताहरू चाहिंदो मात्रामा पूरा गर्नको लागि उच्च माध्यामिक तहसम्मको पढाइ र व्यावहारिक प्रशिक्षण लिनु वा कुनै व्यवसायबारे सिक्नु मात्र पनि पर्याप्त हुनसक्छ।

५ युवाहरूलाई अविवाहित रहने वरदान ग्रहण गर्न प्रोत्साहन दिनुहोस्‌। पछि विवाह गर्ने निर्णय गरेमा तिनीहरू विवाहका गह्रौं जिम्मेवारीहरू बहन गर्न सक्षम हुनेछन्‌। अग्रगामी सेवा, आवश्‍यकता बढी भएको क्षेत्रमा सेवा गर्नु र बेथेल सेवाबारे सकारात्मक ढंगमा कुरा गरेर जवान मानिसहरूमा यहोवालाई प्रसन्‍न पार्ने, अरूको हित र आफू पनि आनन्दित हुनसक्ने जीवन बिताउने इच्छा कलिलै उमेरमा जगाउनुहोस्‌।

६ युवाहरू हो, पूर्ण-समय सेवालाई प्रथम स्थान दिनुहोस्‌: जवानहरू हो, अग्रगामी सेवा कस्तो हुन्छ होला भनेर तपाईंहरू अचम्म मान्‍नु आवश्‍यक छैन। स्कूल चलिरहेको बेलामा वा लामो बिदाको दौडान समय-समयमा सहायक अग्रगामी गरेर यो कस्तो हुँदो रहेछ भनेर तपाईं आफै हेर्न सक्नुहुन्छ। त्यसपछि तपाईंले अग्रगामी सेवा कत्तिको सन्तोषजनक हुँदो रहेछ भनी थाह पाउनुहुनेछ! अहिलेदेखि स्कूलको बिदा नसिद्धिउन्जेलसम्म सहायक अग्रगामी गर्नको लागि के तपाईं योजना बनाउन सक्नुहुन्छ?

७ तपाईं परमेश्‍वरको संगठनमा भएको जवान भाइ हुनुहुन्छ भने, सेवकाई सेवक हुन योग्य हुनेबारे पनि गम्भीरतापूर्वक सोच्नुहोस्‌। (१ तिमो. ३:८-१०, १२) अझ, आवश्‍यक उमेर पुगेपछि बेथेल सेवा वा मिनिस्टेरियल ट्रेनिङ स्कूलमा उपस्थित हुनको लागि दरखास्त दिने हो कि भनेर निर्णय गर्नुहोस्‌। अग्रगामी सेवामा हासिल गर्नुभएका अनुभवहरूले तपाईंलाई तलिकाअनुसार कसरी चल्ने, कसरी व्यवस्थित हुने, अरूसँग कसरी व्यवहार गर्ने र जिम्मेवार व्यक्‍ति कसरी हुने जस्ता बहुमूल्य पाठहरू सिक्नुहुनेछ। यी सबैले तपाईंलाई पछि सेवाका अझ ठूला सुअवसरहरू प्राप्त गर्न तयार बनाउनेछ।

८ पूर्ण-समय सेवामा सफल हुन चाहिने महत्त्वपूर्ण कुरा, ईश्‍वरतान्त्रिक क्रियाकलापहरूप्रतिको लगनशीलता हो। प्रेरित पावलले यस्तो मनोवृतिलाई प्रोत्साहित गरे र यसबाट प्राप्त हुने आशिष्‌हरूबारे बताए: “जे जे तिमीहरू गर्दछौ . . . प्रभुको निम्ति जस्तैगरी मनतनले गर। यो जानेर कि प्रभुबाट तिमीहरूले अधिकारको क्षतिपूर्ति पाउनेछौ।” (कल. ३:२३, २४) यहोवाले तपाईंलाई पूर्ण-समय सेवामा भाग लिनुहुँदा अत्यधिक आनन्द दिऊन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने