डिसेम्बर महिनाका लागि सेवा सभाहरू
डिसेम्बर १ मा सुरु हुने हप्ता
गीत ५७
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१५ मि: “दिनहुँ यहोवाको कुरा गर्नुहोस्।” प्रश्नोत्तर। अनुच्छेद ४ छलफल गर्दा पाठशाला निर्देशन पुस्तक, (अंग्रेजी) अध्याय १६, अनुच्छेद १४-१६ मा दिइएका टिप्पणीहरू समावेश गर्ने।
२० मि: “बाइबल—परमेश्वरले सबैका लागि दिनुभएको निर्देशन पुस्तक।” बाइबललाई जाँचेर हेर्न किन सबै जना उत्प्रेरित हुनुपर्ने हो भन्ने तर्क गर्दै प्राचीनले लेख छलफल गर्ने। अनुच्छेद ३-८ मा दिइएका सुझाउहरूलाई कसरी प्रस्तुत गर्न तयारी गरेका छन्, दुइ प्रकाशकहरूको छोटो अन्तरवार्ता लिने। प्रस्तावित सुझाउहरूमध्ये कुनै एक छानेर प्रथम भेट गर्दा र पुनःभेट गर्दा खेरिको दृश्य प्रदर्शित गर्ने।
गीत १६५ र समापन प्रार्थना।
डिसेम्बर ८ मा सुरु हुने हप्ता
गीत ५८
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
२० मि: खराब कुराको रिपोर्ट किन गर्ने? अगस्त १५, १९९७ अंकको प्रहरीधरहरा, पृष्ठ २६-३० लाई आधार बनाएर प्राचीनले भाषण दिने।
१५ मि: “ओ हो! हामीलाई साह्रै नियाँस्रो लाग्यो!” प्राचीनले दर्शकहरूसित छलफल गर्ने। मण्डलीका औसत उपस्थिति संख्या कति छ, उल्लेख गर्ने। सभाहरूमा एकसाथ भेला हुन पाउँदा कसरी स्फूर्ति पाए, दुइचार जनालाई सोध्ने।
गीत १७२ र समापन प्रार्थना।
डिसेम्बर १५ मा सुरु हुने हप्ता
गीत ६३
१० मि: स्थानीय घोषणाहरू। सांसारिक चाडपर्वको अवसरमा मानिसहरूले शुभकामना व्यक्त गर्दा कसरी कुशलतापूर्वक जवाफ दिने, केही सुझाउ दिने। डिसेम्बर २५ र जनवरी १ का दिन प्रबन्ध गरिएको विशेष क्षेत्र सेवकाईको तालिका बताउने।
१० मि: स्थानीय आवश्यकता।
२५ मि: “हामी प्रचारक मात्र होइन, शिक्षक पनि हुनुपर्छ।” प्रश्नोत्तर। अनुच्छेद ११ छलफल गर्नुहुँदा पाठशाला निर्देशन पुस्तक, पाठ १५, अनुच्छेद ११ पढ्ने।
गीत १७४ र समापन प्रार्थना।
डिसेम्बर २२ मा सुरु हुने हप्ता
गीत १३८
८ मि: स्थानीय घोषणाहरू।
१७ मि: “सन् १९९८ का लागि ईश्वरतान्त्रिक सेवकाई पाठशाला।” पाठशाला निरीक्षकले भाषण दिने। आगामी वर्ष सबैले स्कूलबाट धेरैभन्दा धेरै फाइदा उठाउन के के गर्नसक्छन्, दोहोऱ्याउने। नयाँ “थप बाइबल पढाइ तालिका” अनुसार बाइबल पढ्न सबैलाई प्रोत्साहन दिने।
२० मि: चारैतिर सुसमाचार प्रचार गर्नुहोस्। हाम्रो सेवकाई (अंग्रेजी) किताबको पृष्ठ ९२-७ का विषयवस्तुहरू श्रोतासित छलफल गर्ने। छलफल गर्नका लागि निम्न प्रश्नहरू चलाउने: (१) सुसमाचार फैलाउन हाम्रा साहित्यहरू किन प्रभावकारी छन्? मौका पाउनेबित्तिकै किन साहित्य दिइहाल्नुपर्छ? (२) अनौपचारिक साक्षी दिने मौकाहरू किन खोज्नुपर्छ? अनौपचारिक साक्षी दिने केही तरिका के के हुन्? (दुइचार जनालाई अनौपचारिक साक्षी दिंदा पाएका अनुभवहरू बताउन लगाउने।) (३) आफूलाई अह्राइएको क्षेत्र पूरै प्रचार गरी सिध्याउन मण्डलीले कोसिस किन गर्नुपर्छ? क्षेत्र ठूलो छ भने व्यक्तिगत इलाकाको प्रबन्ध मिलाएमा के फाइदा हुन्छ? (४) सामूहिक साक्षीकार्यका निम्ति मिलाइएका प्रबन्धहरूबाट हामी कसरी लाभ उठाउँछौ? समयको पूर्णतया सदुपयोग होस् भन्ने हेतूले साक्षी दिन हामी कस्ता योजनाहरू बनाउनसक्छौं?
गीत २२२ र समापन प्रार्थना।
डिसेम्बर २९ मा सुरु हुने हप्ता
गीत १८१
१० मि: स्थानीय घोषणाहरू। सबैलाई क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउने। आउँदो वर्ष सभाहरूको समय परिवर्तन गर्ने योजना छ भने नयाँ समयअनुसार मण्डलीमा नियमित तवरमा उपस्थित हुन विनम्र प्रोत्साहन दिने।
१० मि: “नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम।” श्रोतासित लेख छलफल गर्ने र उपस्थित हुन सबैलाई प्रोत्साहित गर्ने। सम्मेलन हुने दिन र ठाउँ थाह छ भने उल्लेख गर्ने। परिवारका सबै सदस्यहरू सम्मेलनमा उपस्थित हुनका लागि घरेलु कामकुराको चाँजोपाँचो मिलाउन के के गर्न सकिन्छ, सुझाउ दिने। सम्मेलनमा उपस्थित हुनु बाइबल विद्यार्थीहरूका लागि आध्यात्मिक तवरमा फलदायी हुने भएकोले तिनीहरूलाई भेला हुन के कस्तो प्रोत्साहन वा मदत दिन सकिन्छ, छलफल गर्ने।
२५ मि: जनवरी महिनामा कुन साहित्यहरू प्रस्तुत गरिने हो, फेरि बताउने। मण्डलीसित प्रशस्त मात्रामा थाती रहेका पुराना पुस्तकहरू देखाउने। साथै यी किताबहरू प्रस्तुत गर्न के भन्न सकिन्छ, चाखलाग्दो बुँदाहरू उल्लेख गर्ने। किताब कसरी प्रस्तुत गर्ने, प्रदर्शन पनि गर्ने। जनवरी महिनामा पनि सबैले चाहनुहुन्छ पुस्तिका वा ज्ञान किताबबाट अध्ययन सुरु गर्न कोसिस गर्ने।
गीत २१५ र समापन प्रार्थना।