प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 डिसेम्बर पृ. १
  • दिनहुँ यहोवाको कुरा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दिनहुँ यहोवाको कुरा गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • जिब्रोको सदुपयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • हरेक दिन यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • निरन्तर यहोवाको स्तुति गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • हाम्रो बुबा यहोवालाई हामी असाध्यै माया गर्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 डिसेम्बर पृ. १

दिनहुँ यहोवाको कुरा गर्नुहोस्‌

१ मानिसहरू आफूलाई मन पर्ने विषयमा कुरा गर्न मन पराउँछन्‌। हुन पनि हृदयमा जे प्रशस्त छ, त्यही मुखबाट निस्कन्छ। (लूका ६:४५ख) तपाईंलाई सबैभन्दा मन पर्ने कुरा के हो? भजनरचयिताले लेखे: “मेरो जिब्रोले तपाईंको धार्मिकताको विषयमा र तपाईंको प्रशंसाको कुरा दिनभरि गर्नेछ।” (भज. ३५:२८) तिनी यहोवाको असाध्यै मूल्यांकन गर्थे। त्यसैकारण तिनलाई हरबखत परमेश्‍वरको कुरा गर्नु अनि उहाँको प्रशंसा गाउनु ठूलो सुअवसर लाग्थ्यो। यहोवासित घनिष्ठ सम्बन्ध गाँसेको हुँदा भजनरचयिताले रमाउने थुप्रै कारणहरू पाएका थिए। (भज. ३५:९) तिनको यस्तो राम्रो नमुनालाई हामी कसरी नक्कल गर्नसक्छौं?

२ घरमा यहोवाको कुरा गर्नुहोस्‌: पारिवारिक दायराभित्र यहोवा, दैनिक कुराकानीको विषय हुनुपर्छ। यहोवालाई असाध्यै माया गर्ने आमाबाबु जुनसुकै काम गर्दा यहोवाको कुरा नगरी रहनसक्दैनन्‌। (व्यव. ६:५-७) अनि तिनीहरूले त्यसरी कुरा गर्दा, छोराछोरीले मेरा आमाबाबु विश्‍वासअनुसार चल्नुहुँदोरहेछ, परमेश्‍वरको व्यवस्थालाई मूल्यवान्‌ ठान्‍नुहुँदोरहेछ भनेर देख्नेछन्‌। फलतः छोराछोरीले पारिवारिक बाइबल अध्ययनलाई आमाबाबुको ईश्‍वरीय भक्‍तिको निष्कपट अभिव्यक्‍ति सम्झनेछन्‌।—२ पत्रु. ३:११.

३ भाइहरूसित यहोवाको कुरा गर्नुहोस्‌: हप्ताको दौडान विभिन्‍न ईश्‍वरतान्त्रिक कामहरू गर्दा हामी आफ्नो मन अनि हृदयलाई आध्यात्मिक भोजनले पोस्ने थुप्रै मौकाहरू पाउँछौं। कुरा गर्नका लागि हामीसित कहिल्यै असल कुराको कमी हुँदैन। (लूका ६:४५क) व्यक्‍तिगत अध्ययन गर्दा थाह लागेको त्यस्तै कुनै बुँदा वा हप्तेवारी बाइबल पढाइ गर्दा तपाईंलाई चाख लागेको कुनै अंश छ कि? छ भने, भाइहरूसित बाँड्‌नुहोस्‌। किनकि त्यसो गर्नुभयो भने तपाईंले भाइहरूलाई यहोवालाई अझ धेरै माया गर्न मदत गरिरहेको हुनुहुनेछ।—भज. ३५:१८; हिब्रू १०:२४.

४ अरूसित यहोवाको कुरा गर्नुहोस्‌: काम गर्ने ठाउँमा, स्कूलमा अनि विश्‍वासमा नभएका नातेदारहरू भेट्‌दा दिनहुँ विभिन्‍न व्यक्‍तिहरूको सम्पर्कमा आइरहने हुँदा त्यस्तोबेला हाम्रो जीवनको मुख्य ध्येय नै यहोवाको साक्षी दिनु हो भन्‍ने सबैलाई प्रष्ट हुनुपर्छ। हाम्रो बोली संसारको जस्तो रूखो अनि टर्रो होइन कि परमेश्‍वरको प्रशंसाले भरिएको बोली हुनुपर्छ। उहाँले हामीलाई प्रचार गर्ने काम सुम्पनुभएको हुँदा दिनहुँ मौका पाउने बित्तिकै सुसमाचार प्रचार गरिहाल्नुहोस्‌।—प्रेरि. ५:४२; कल. ४:६.

५ हामी सबै यहोवाका साँचो उपासकहरू भएको हुनाले आउनुहोस्‌, दिनहुँ मौका मिल्ने बित्तिकै हाम्रो अतुलनीय परमेश्‍वर यहोवाको कुरा गरौं।—भज. १०६:४७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने