प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 नोभेम्बर p. १
  • प्रचारकार्यले गर्दा हामी अरूभन्दा बेग्लै छौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारकार्यले गर्दा हामी अरूभन्दा बेग्लै छौं
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “जसले कल्याणको शुभ समाचार ल्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • साक्षीकार्यमा येसुजस्तै जोसिलो हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • जोडतोडले प्रचार गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 नोभेम्बर p. १

प्रचारकार्यले गर्दा हामी अरूभन्दा बेग्लै छौं

१ “यहोवाका साक्षीहरू अरू धर्मका मानिसहरूभन्दा बेग्लै हुनुको कारण के हो?” भनी थुप्रै मानिसहरू प्रश्‍न गर्छन्‌। तपाईं कस्तो जवाफ दिनुहुन्छ? हाम्रो बाइबल आधारित विश्‍वासहरूमध्ये केही तपाईं बताउनुहोला। तर हाम्रो सार्वजनिक प्रचारकार्यले गर्दा पनि हामी बेग्लै छौं भनी बताउनेबारे के तपाईंले कहिल्यै सोच्नुभएको छ?—मत्ती २४:१४; २८:१९, २०.

२ आज, आफ्नो धार्मिक विश्‍वासबारे अरूलाई बताउने मानिसहरू कम छन्‌। तिनीहरू सिजरको आज्ञा पालन गर्ने, नैतिक जीवन बिताउने वा अरूको निम्ति असल कार्य गर्ने गरे त पुगिहाल्छ नि भन्ठान्छन्‌। तिनीहरू उद्धार पाउने सन्दर्भमा बाइबलले के भन्छ भनी अरूलाई सिक्न मदत गर्ने कुनै दायित्व महसुस गर्दैनन्‌। हामी कसरी बेग्लै छौं?

३ हाम्रो जोसिलो प्रचारकार्य अरू धर्मका गतिविधिभन्दा अत्यन्तै भिन्‍न छ। यहोवाका आधुनिक साक्षीहरूले पुरातन मसीहीहरूको अनुकरण गर्दै अटुट रूपले पृथ्वीको कुनाकाप्चासम्म सुसमाचार प्रचार गरिरहेको १०० वर्षभन्दा बढी भइसक्यो। त्यसो गर्नुको हाम्रो उद्देश्‍य सकेसम्म बढी मानिसहरूलाई परमेश्‍वरको इच्छाअनुरूप जीवन बिताउन मदत गर्नु हो।—१ तिमो. २:४; २ पत्रु. ३:९.

४ तपाईंले कस्तो नाउँ कमाउनुभएको छ? के तपाईं परमेश्‍वरको वचनको जोसिलो प्रचारकको रूपमा चिनिनु हुन्छ? (प्रेरि. १७:२, ३; १८:२५) प्रचारकार्यले गर्दा के तपाईंका छिमेकीहरूले तिनीहरूको धर्म र तपाईंको धर्मबीच स्पष्ट भिन्‍नता देख्छन्‌? के तपाईं आफ्नो आशाबारे अरूलाई बताउन उत्सुक मानिस भनेर चिनिनु हुन्छ? के तपाईंको सेवकाईमा नियमित रूपमा भाग लिने तालिका छ? हामी बेग्लै हौं भन्‍ने कुरा हाम्रो नाउँद्वारा मात्र होइन तर नाउँअनुसारको काम अर्थात्‌ यहोवाबारे साक्षी दिएर देखाउँछौं भनी नबिर्सनुहोस्‌।—यशै. ४३:१०.

५ परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले हामीलाई प्रचारकार्यमा भाग लिन उत्प्रेरित गर्छ। (मत्ती २२:३७-३९) त्यसैकारण त हामी येशू र उहाँका प्रेरितहरू जस्तै अरूलाई राज्य सन्देश सुनाउने हर अवसरको फाइदा उठाउन चाहन्छौं। अतः हाम्रो कुरा सुन्‍न इच्छुक सबैलाई जोसका साथ सुसमाचार प्रचार गरिरहौं। त्यसो गर्दा इमानदार हृदय हुनेहरूले “परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद . . . छुट्ट्याउनसक्ने” छन्‌।—मला. ३:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने