प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 नोभेम्बर p. १
  • बाइबल अध्ययन गर्न को तयार होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल अध्ययन गर्न को तयार होला?
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • अझ धेरै बाइबल अध्ययन चाहियो
    हाम्रो राज्य सेवकाई—१९९८
  • हामी प्रचारक मात्र होइन, शिक्षक पनि हुनुपर्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • निश्‍चय नै फर्केर जानुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • निर्भय भई पुनःभेट गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 नोभेम्बर p. १

बाइबल अध्ययन गर्न को तयार होला?

१ अगमवक्‍ता आमोसले इस्राएल राष्ट्रमा “नता अन्‍नको न पानीको . . . तर परमप्रभुको वचन सुन्‍ने तृष्णाको अनिकाल” हुनेछ भनी भविष्यवाणी गरे। (आमो. ८:११) आध्यात्मिक कुराको निम्ति भोकाउने र तिर्खाउने मानिसहरूको फाइदाको लागि यहोवाको संगठनले विश्‍वभरि प्रशस्त बाइबल साहित्यहरू वितरण गरिरहेको छ।

२ अहिलेसम्म हामीले ७ करोड ज्ञान पुस्तक र ९.१ करोड चाहनुहुन्छ पुस्तिका छापिसक्यौं। सत्य सिकाउन हामीले यी प्रकाशनहरूको सरलता र प्रभावकारिता अनुभव गरेका छौं। तथापि, हाम्रो साहित्य पाएका थुप्रै मानिसहरूले हामीसँग बाइबल अध्ययन गरेका छैनन्‌। त्यसोभए हामी के गर्नसक्छौं?

३ प्रकाशन लिने सबै म्भाव्य अध्ययनहरू हुन्‌! पहिलो भेटमै एक जना महिलालाई अध्ययन गर्ने प्रस्ताव राख्ने प्रकाशकको अनुभवलाई विचार गर्नुहोस्‌। त्यस महिलाले तुरुन्तै त्यो प्रस्ताव स्वीकारिन्‌। पछि उक्‍त महिलाले तिनलाई यसो भनिन्‌: “बाइबल अध्ययन गर्ने प्रस्ताव राख्ने पहिलो व्यक्‍ति तपाईं नै हुनुहुन्छ।” तपाईंको इलाकामा हाम्रा प्रकाशन लिने कति जना व्यक्‍तिले त्यसो भन्लान्‌? प्रकाशन दिएको सबै ठाउँ पुनःभेट र गृह बाइबल अध्ययन गर्ने एउटा मौका हो।

४ हामीले भेट्‌ने प्रायजसो मानिसहरूसित हाम्रो प्रकाशन हुने भएकोले कसरी ती प्रकाशनमा भएका कुरा सिक्ने चासो जगाउनसक्छौं? एक जना साक्षीले घरधनीलाई बाइबलसम्बन्धी उनको केही प्रश्‍नहरू छन्‌ कि भनी ठाडै सोध्दा, “छैन” भन्‍ने जवाफ पाइन्‌। तर बहिनीले भनिन्‌: “एउटा दुइटा त पक्कै होला।” त्यस स्त्रीको प्रश्‍न पनि रहेछ र अध्ययन सुरु भयो। घरधनीलाई कुनै प्रश्‍न वा तिनलाई चासो लागेको कुनै विषयबारे बाइबलको दृष्टिकोण बुझ्न चाहनुहुन्छ कि भनेर सोध्नुभए कसो होला? घरधनीको मनमा कुनै प्रश्‍न आएन भने पनि तिनको चासो जगाउने कुनै प्रश्‍न उठाउन तयार हुनुहोस्‌। त्यस्तो छलफलले आधारभूत बाइबल सत्यबारे नियमित अध्ययन गर्ने बाटो खोल्नसक्छ।

५ बाइबल अध्ययन हाम्रो सेवकाईको मुख्य भाग हो। अध्ययन गर्ने प्रस्ताव क-कसले स्वीकार्ला, हामीलाई थाह नभएकोले भेटेजति सबैलाई प्रस्ताव राख्न नहिचकिचाउनुहोस्‌। यसबारे यहोवासित प्रार्थना गर्नुहोस्‌ र प्रार्थनाअनुरूप काम गर्नुहोस्‌। तपाईंको प्रस्ताव कुनै न कुनै व्यक्‍तिले कसो नस्वीकार्ला!—१ यूह. ५:१४, १५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने