प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अप्रिल पृ. ८
  • के तपाईं नियमित राज्य प्रचारक हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं नियमित राज्य प्रचारक हुनुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंले सही रिपोर्ट दिने प्रयास गरिरहनुभएको छ?
    हाम्रो राज्य सेवकाई—२००२
  • के अगस्त उत्कृष्ट महिना साबित हुनेछ?
    हाम्रो राज्य सेवकाई—१९९८
  • क्षेत्र सेवकाईमा नियमित हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • के हामी सन्‌ २००० अप्रिललाई आफ्नो सर्वोत्तम महिना बनाउनसक्छौं?
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 अप्रिल पृ. ८

के तपाईं नियमित राज्य प्रचारक हुनुहुन्छ?

१ भारतमा १९९९ अगस्त महिनामा प्रकाशकहरूको शिखर संख्या २१,२१२ पुग्यो भन्‍ने थाह पाउँदा हामी सबै हर्षित भएका छौं। साँच्चै यो हामी सबैको प्रयासले गर्दा भएको हो! स्पष्टतया त्यसपछिका महिनाहरूमा यीमध्ये कोही कोही प्रकाशकहरू नियमित राज्य प्रचारकहरूमध्येका हुनसकेनन्‌ किनभने त्यसपछिका महिनाहरूमा सालाखाला २०,०९५ जना प्रकाशकहरूले मात्र प्रचार कार्यमा भाग लिए। यसको अर्थ हरेक १९ जना प्रकाशकमध्ये एक जनाले सेवकाईमा हर महिना भाग लिने प्रबन्ध मिलाएका छैनन्‌। तल दिइएका प्रोत्साहनहरूले त्यस परिस्थितिको सामना गर्न मदत गर्नेछ भनी हामीलाई विश्‍वास छ।

२ सुअवसरको मूल्यांकन गर्नुहोस्‌: अरूसित राज्यको सुसमाचार बाँड्‌ने सुअवसरप्रति हाम्रो गहिरो मूल्यांकन हुनुपर्छ। किनकि यसले यहोवाको हृदयलाई आनन्दित तुल्याउँछ अनि सोझा मानिसहरूलाई जीवनको मार्गबारे सिक्न मदत गर्छ। (हितो. २७:११; १ तिमो. ४:१६) नियमित तवरमा साक्षी दिंदा सेवकाईमा हामी अनुभवी हुन्छौं र परिणामस्वरूप आनन्द अनि सन्तुष्टि अनुभव गर्छौं।

३ रिपोर्ट बुझाउनुहोस्‌: क्षेत्र सेवकाईमा भाग लिने कसै कसैले रिपोर्ट समयमै खसाल्न हेलचेक्य्राइँ गर्छन्‌। हामीले कहिले पनि आफ्नो रिपोर्ट महत्त्वपूर्ण छैन भनी सोच्नु हुँदैन। (मर्कूस १२:४१-४४ तुलना गर्नुहोस्‌।) हामीले आफूले गरेका कामहरूको रिपोर्ट अवश्‍य गर्नुपर्ने हो! सेवकाईमा बिताएको समय लेख्ने व्यवस्थित तालिका हुनुपर्छ जस्तै कि भित्ते पात्रोमा सेवकाईमा बिताएको समय लेख्ने बानी गर्नुभएको छ भने हरेक महिनाको अन्तमा समयमै सही रिपोर्ट दिन त्यसले सम्झौटोको रूपमा काम गर्नसक्छ।

४ आवश्‍यक मदत दिनुहोस्‌: सेवकाईमा नियमित तवरमा भाग लिन मदत चाहिएकाहरूलाई सहयोग गर्न स्थानीय प्रबन्धहरूमा संशोधन गर्नु आवश्‍यक पर्न सक्छ। मण्डलीको सचिव र पुस्तक अध्ययन संचालकहरूले अनुभवी प्रकाशकहरूसित सहयोग माग्न सक्छन्‌। तपाईंका छोराछोरीहरू वा अन्य बाइबल विद्यार्थीहरू बप्तिस्मा अप्राप्त प्रकाशकहरू भइसकेका छन्‌ भने तिनीहरूलाई हरेक महिना आफ्नो रिपोर्ट खसाल्न सिकाउनुहोस्‌।

५ अक्टोबर १, १९९७ अंकको प्रहरीधरहरा-मा दिइएको “लामो समयदेखि यहोवाको सेवा गर्न पाएकोमा आभारी” भन्‍ने जीवनी सम्झनुहोस्‌ त। सन्‌ १९२१ मा बप्तिस्मा लिनुअघिनै नर्वेकी बहिनी ओटेल्ये मिड्‌लन सुसमाचारको नियमित प्रकाशक भइसकेकी थिइन्‌। त्यसको सत्तरी वर्षपछि ९९ वर्षको उमेरमा तिनले यसो भनिन्‌: “यसरी अझ पनि नियमित प्रकाशक भइरहन सकेकोमा म खुसी छु।” यहोवाका सम्पूर्ण सेवकहरूले अनुकरण गर्नसक्ने कस्तो उत्कृष्ट मनोवृत्ति!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने