प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अगस्त पृ. १
  • के अगस्त उत्कृष्ट महिना साबित हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के अगस्त उत्कृष्ट महिना साबित हुनेछ?
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • बीस हजार!
    हाम्रो राज्य सेवकाई—१९९८
  • के तपाईं नियमित राज्य प्रचारक हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२०००
  • अगस्त महिनालाई अविस्मरणीय बनाऔं!
    हाम्रो राज्य सेवा—२०१४
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 अगस्त पृ. १

के अगस्त उत्कृष्ट महिना साबित हुनेछ?

१ सन्‌ १९६३ यहोवाका जनहरूका लागि उत्कृष्ट वर्ष थियो। किन तपाईंलाई थाह छ? किनभने त्यो वर्ष सारा संसारभरि प्रकाशकहरूको कुल संख्या दस लाख पुगेको थियो। यदि त्यतिबेला तपाईं पनि सच्चाइमै हुनुभएको भए, राज्य सन्देश प्रचार गर्ने त्यति धेरै प्रचारकहरू पाउँदा हामी कत्ति खुसी भएका थियौं, बिर्सनुभएको छैन होला। तर अहिले त्यति प्रकाशकहरू त संयुक्‍त राज्यमै छन्‌। तथापि, संयुक्‍त राज्यमा मात्रै औसतन ९०,००० प्रकाशकहरूले सेवकाईमा भाग लिएको कुनै रिपोर्ट दिंदैनन्‌। भारतमा पनि यस्तै भइरहेको छ।

२ चुनौती स्वीकार्नुहोस्‌: अगस्त महिनामा संयुक्‍त राज्यमा प्रकाशकहरूको संख्या १० लाख पुऱ्‍याएर अपूर्व शिखर हासिल गर्ने लक्ष्य सोसाइटीको छ। हामी भारतकाहरूको चाहिं २०,००० पुऱ्‍याउने लक्ष्य छ। हाम्रो यो प्रयास सफल भएमा अगस्त महिना हाम्रोलागि पनि उत्कृष्ट महिना ठहर्नेछ! हामी सबैले आ-आफ्नो भूमिका निर्वाह गऱ्‍यौं भने गर्नसक्छौं।

३ कतै घुम्न जाने योजना गर्नुभएकाहरूले जानुअघि सेवकाईमा केही समय मात्रै भए पनि बिताउन नबिर्सनुहोस्‌। प्रशस्त पर्चा, पुस्तिका वा पत्रिकाहरू बोक्नुहोस्‌। गन्तव्य स्थलका स्थानीय प्रकाशकहरूसँग सेवकाईमा समय बिताएर पनि रमाइलो गर्न सक्नुहुन्छ।

४ कारणवश दुर्बल हुनुहुन्छ भने केही छैन, तपाईंले अझै पनि सेवकाईमा योगदान पुऱ्‍याउन सक्नुहुन्छ। डाक्टर, नर्स वा तपाईंलाई भेट्‌न आउनेहरूलाई साक्षी दिन सक्नुहुन्छ वा नभए चिट्ठी लेखेर वा फोन गरेर साक्षी दिन सक्नुहुन्छ।

५ अगस्त महिना सेवकाईमा भाग लिन दिइने सहयोगको कसै न कसैले पक्कै पनि मूल्यांकन गर्नेछन्‌। यस्तो सहयोगका लागि प्राचीन, सेवकाई सेवक तथा अध्ययन सञ्चालकहरूले प्रबन्ध मिलाउनुपर्छ। तर कुनै पनि हालतमा महिनाको अन्तमा क्षेत्र सेवकाईको रिपोर्ट दिन चाहिं नबिर्सनुहोस्‌, अन्यथा तपाईंलाई अगस्त महिनामा प्रकाशक गनिने छैन।

६ आफूले पाएको सुअवसरको मोल गर्नुहोस्‌: सेवकाई हामीलाई सुम्पिएको “उत्तम नासो” हो। (२ तिमो. १:१४) सुसमाचार सुनाउने सुअवसर पाएकोमा हामी मूल्यांकन गर्छौं। (१ थिस्स. २:४) यहोवाले हाम्रोनिम्ति गर्नुभएको सबै कुरा सम्झँदा एक महिना त के वर्षभरि नै यस्तो सबैभन्दा महत्त्वपूर्ण काममा लागिरहन हामी उत्प्रेरित हुनुपर्ने हो। नियमित तवरमा प्रचार गर्नदेखि कुनै कुरालाई बाधा बनाउन दिनु हुँदैन। आउनुहोस्‌, हामी सबै मिलेर यो अगस्त महिनालाई यहोवाको सेवामा बिताएको उत्कृष्ट महिना बनाऔं अनि यो महिना मात्र होइन त्यसपछि पनि साक्षी दिने काम गरिरहने निर्णय गरौं!—भज. ३४:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने