प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जुलाई पृ. ८
  • बहुभाषी इलाकामा साहित्य प्रस्तुत गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बहुभाषी इलाकामा साहित्य प्रस्तुत गर्ने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • बाइबल प्रकाशनहरू सदुपयोग गरौं
    हाम्रो राज्य सेवकाई—२००५
  • के तपाईं हाम्रा प्रकाशनहरूको मोल गर्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 जुलाई पृ. ८

बहुभाषी इलाकामा साहित्य प्रस्तुत गर्ने

१. स्थानीय भाषाबाहेक अन्य भाषा बोल्ने व्यक्‍तिहरूलाई कसरी मदत गरिंदैछ?

१ थुप्रै प्रमुख शहरहरूमा एउटै मात्र भाषा प्रयोग गरेर सभाहरू सञ्चालन गर्न थाल्ने सन्दर्भमा राम्रो प्रगति भएको छ। स्थानीय भाषाबाहेक अन्य भाषाहरू बुझ्ने व्यक्‍तिहरूलाई उनीहरूले राम्ररी बुझ्ने भाषा बोलिने नजिकैको मण्डलीमा खटाइँदैछन्‌। विभिन्‍न भाषा बोल्ने व्यक्‍तिहरू छरिएर रहेको इलाकामा साक्षी दिन कस्ता प्रबन्धहरू मिलाइँदैछन्‌?

२. बेग्लाबेग्लै भाषा बोल्ने दुई वा त्योभन्दा बढी मण्डलीहरू एउटै इलाकामा काम गर्दा कस्तो सहयोग अत्यावश्‍यक छ?

२ कहिले साहित्य प्रस्तुत गर्ने: यस्तो अवस्थामा, विभिन्‍न भाषा बोलिने दुई वा त्योभन्दा बढी मण्डलीहरूले उक्‍त इलाकामा नियमित रूपमा काम गर्ने प्रबन्ध मिलाउनुपर्छ। प्रत्येक भाषा समूहलाई विस्तृत रूपमा साक्षी दिन सकियोस्‌ भन्‍ने उद्देश्‍य राख्दै यसमा संलग्न प्राचीनहरूको निकायले सेवा निरीक्षकहरूसित मिलेर दुवै मण्डलीलाई स्वीकार्य प्रणाली तय गर्नेछन्‌। यस्तो इलाकामा घर-घरको प्रचार गर्दा साधारणतया प्रकाशकहरूले अरू मण्डलीहरूको भाषामा साहित्य प्रस्तुत गर्नेछैनन्‌। उनीहरूले प्रस्तुत गरिहाले तापनि, उपयुक्‍त मण्डलीद्वारा पुनःभेट गर्नका लागि उनीहरूले ती व्यक्‍तिहरूको नाउँ तथा ठेगानाहरू टिप्नुपर्छ। भविष्यमा प्रकाशकहरूले आफ्नो मण्डलीको भाषा समूहका व्यक्‍तिहरूलाई मात्र पुनःभेट गर्न सकून्‌ भनेर सेवा निरीक्षकहरूले हरेक इलाकाको असाइनमेन्ट कार्डमा घरधनीले बोल्ने भाषाबारे जानकारी स्पष्टसित लेखेर राख्ने प्रबन्ध मिलाउनेछन्‌।

३. बहुभाषी इलाकामा प्रभावकारी ढंगमा काम गर्नको लागि सहयोग पुऱ्‍याउन हरेक प्रकाशकहरूले के गर्न सक्छन्‌?

३ हरेक मण्डलीले आफ्नो इलाका पूर्णतया र नियमित रूपमा प्रचार गऱ्‍यो कि गरेन भनी पक्का गर्न राम्रो व्यवस्थाको आवश्‍यकता छ। आफ्नो मण्डलीको भाषा बोल्ने व्यक्‍तिहरूलाई विशेष गरी ध्यान दिएर सबै प्रकाशकहरूले सहयोग गर्न सक्छन्‌। घर-घरको विस्तृत रेकर्ड राख्दा पनि निकै मदत मिल्छ। निर्देशन दिइएअनुसार S-8 फाराम प्रयोग गर्नुहोस्‌ र सेवा निरीक्षकलाई भाषासम्बन्धी जानकारी तुरुन्त पठाइहाल्नुहोस्‌। दुई वा तीनवटा भाषा राम्रोसित बोल्ने घरधनीहरू भेटेको खण्डमा कुन मण्डलीले त्यस घरमा पुःनभेट गर्ने हो सो पक्का गर्न विवेक चलाउनु आवश्‍यक पर्नेछ। यसबाहेक, समय-समयमा घरधनीहरू परिवर्तन भइरहने भएकाले गर्दा रेकर्डहरूमा पनि क्रमशः नयाँ जानकारी भर्नुपर्छ।

४. मण्डलीले आफ्नो भाषाबाहेक अन्य भाषाको साहित्य कस्तो अवस्थामा स्टक गरेर राख्छ?

४ कहिले साहित्य स्टक गर्ने: साधारणतया, अर्को स्थानीय मण्डलीले प्रयोग गर्ने भाषामा मण्डलीले धेरै मात्रामा साहित्य स्टक गरेर राख्नु हुँदैन। कुनै क्षेत्रमा अर्कै भाषा बोल्ने मानिसहरूको ठूलै समुदाय छ तर त्यो भाषा बोल्ने मण्डली नै छैन भने नि? त्यस्ता परिस्थितिहरूमा, मण्डलीहरूले त्यस भाषामा उपलब्ध आधारभूत साहित्यहरू, जस्तै पर्चाहरू, चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तकको केही मात्रा स्टक गरेर राख्न सक्छन्‌। उक्‍त भाषा पढ्‌न सक्ने मानिसहरू भेटेको बेला प्रकाशकहरूले यो साहित्य प्रस्तुत गर्न सक्छन्‌।

५. मण्डलीले स्टक गरेर नराख्ने भाषाको साहित्य कसरी प्राप्त गर्न सकिन्छ?

५ इच्छुक व्यक्‍तिले पढ्‌ने भाषामा मण्डलीले साहित्य स्टक गरेर राख्दैन भने नि, कसरी त्यस भाषाको साहित्य प्राप्त गर्न सकिन्छ? प्रकाशकले साहित्य सेवकलाई भेटेर उक्‍त भाषामा कुन-कुन प्रकाशनहरू उपलब्ध छन्‌, सो जाँचबुझ गर्नुपर्छ ताकि अर्को चोटि मण्डलीले साहित्य मगाउँदा आवश्‍यक सामग्रीहरू अर्डर गर्न सकियोस्‌।

६. हामीले मसीही प्रकाशनहरू उपलब्ध गराउनुको लक्ष्य के हो?

६ जुनसुकै भाषाको बावजुद ‘सबै मानिसहरूलाई सत्यको ज्ञानमा आएर उद्धार पाउन’ मदत दिनको लागि हामीले मसीही प्रकाशनहरूको सदुपयोग गर्न सकौं।—१ तिमो. २:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने