सेवा सभाको तालिका
जनवरी १४ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएको सुझावअनुसार वा इलाकामा चलाउन सुहाउने किसिमको बनाएर जनवरीको प्रहरीधरहरा प्रस्तुत गर्ने तरिका देखाउनुहोस्।
१५ मि: “प्रचारमा जाँदा समयको सदुपयोग गर्नुहोस्।”a क्षेत्र सेवाको लागि आयोजना गरिने सभा प्रोत्साहनजनक ढंगमा सञ्चालन गर्ने भाइको अन्तरवार्ता लिनुहोस्। त्यो सभा राम्ररी सञ्चालन गर्न तिनी कस्तो तयारी गर्छन्? प्रचारमा धेरै समय बिताउन तिनी के गर्छन्?
२० मि: “तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै . . . होस्।”b अनुच्छेद २ छलफल गर्दा यूहन्ना ४:७-१५, ३९ पढ्नुहोस्।
गीत ११ (८५)
जनवरी २१ मा सुरु हुने हप्ता
गीत २२ (१३०)
१० मि: स्थानीय घोषणा। फेब्रुअरी महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस् र एउटा प्रस्तुति देखाउनुहोस्। फेब्रुअरी ४ मा सुरु हुने हप्तामा हुने छलफलको लागि ट्रान्सफ्युजन-अल्टरनेटिभ हेल्थ केयर—मिटिङ पेसेन्ट निड्स एण्ड राइट्स (रक्तक्षेपणको वैकल्पिक उपचार—बिरामीको हकहितलाई ध्यान दिने) भिडियो पहिल्यै हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
१० मि: तपाईं दैनिक पद पढ्दै हुनुहुन्छ? दिनहुँ धर्मशास्त्र जाँच्ने—२००८ पुस्तिकाको प्राक्कथनमा आधारित भाषण र छलफल। बाइबल पद र पुस्तिकामा दिइएको टिप्पणी दिनदिनै पढ्न समय निकाल्नु किन महत्त्वपूर्ण छ, छलफल गर्नुहोस्। दैनिक पद पढ्न भाइबहिनीले कस्तो तालिका मिलाएका छन् र त्यसबाट कसरी लाभ उठाइरहेका छन्, टिप्पणी गर्न निम्तो दिनुहोस्। एक-दुइटा टिप्पणी पहिल्यै तयार पार्न सकिन्छ। सन् २००८ को वार्षिक पदबारे छोटकरीमा बताउनुहोस्।
२५ मि: “प्रचारकार्यमा भाग लिंदा साहसी र विवेकी हुने।”c अनुच्छेद १-१३ सम्म श्रोतासित छलफल। यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। यो लेख मण्डलीमा कुन हदसम्म लागू गर्न सकिन्छ भनेर प्राचीनहरूले पहिल्यै छलफल गर्नुपर्छ।
गीत ७ (५१)
जनवरी २८ मा सुरु हुने हप्ता
गीत २३ (२००)
१० मि: स्थानीय घोषणा। जनवरी महिनाको क्षेत्र सेवाको रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। फेब्रुअरीको प्रहरीधरहरा-बाट श्रोतासँग छलफल। फेब्रुअरीको प्रहरीधरहरा-बारे छोटकरीमा बताइसकेपछि कुन-कुन लेखहरू प्रचारमा चलाउन सकिन्छ र किन, श्रोताहरूलाई सोध्नुहोस्। भाइबहिनीले प्रचार गर्दा चलाउन चाहेको लेखको मुख्य बुँदा सोध्नुहोस्। कुराकानी सुरु गर्न कस्तो प्रश्न सोध्न सकिन्छ? लेखमा भएको कुन पद पढ्न सकिन्छ? त्यो पद लेखसँग कसरी जोड्न सकिन्छ? पृष्ठ ८ मा दिइएको नमुनाको आधारमा प्रस्तुति देखाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
२५ मि: “प्रचारकार्यमा भाग लिंदा साहसी र विवेकी हुने।” अनुच्छेद १४-१७ सम्म श्रोतासित छलफल। यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। आफ्नो मण्डलीको इलाकामा लागू हुने तरिका बताउनुहोस्।
गीत १६ (१४३)
फेब्रुअरी ४ मा सुरु हुने हप्ता
गीत २२ (१३०)
१० मि: स्थानीय घोषणा। प्रश्न पेटी पुनरावलोकन गर्नुहोस्।
१५ मि: “बाइबल विद्यार्थीहरूलाई राज्यको सुसमाचारको प्रकाशक बन्न मदत गर्नुहोस्।”d समयले भ्याएमा लेखमा उल्लिखित पदबाट टिप्पणी दिन श्रोतालाई आग्रह गर्नुहोस्।
२० मि: “के तपाईं आलटाल गर्दै हुनुहुन्छ?” यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। लेखमा दिइएका प्रश्न सोध्दै पेसेन्ट निड्स एण्ड राइट्स भिडियोबारे श्रोतासँग छलफल सुरु गरिहाल्नुहोस्। समापनको रूपमा अन्तिम अनुच्छेद पढ्नुहोस् र उक्त लेखमा उल्लेख गरिएका प्रहरीधरहरा र हाम्रो राज्य सेवकाई-का लेखहरू फेरि राम्ररी पढ्न सबैलाई प्रोत्साहन दिनुहोस्। ती लेखहरू अहिलेसम्म पढेका छैनन् भने हाम्रो राज्य सेवकाई नोभेम्बर २००६ को परिशिष्ट पढेर रगतका सूक्ष्म तत्त्वहरू र उपचार विधिबारे व्यक्तिगत निर्णय गर्न र ती निर्णय डीपीए कार्डमा भर्न सक्छन् भनेर पनि बताउनुहोस्। डीपीए कार्ड भरिसक्नेहरूले पनि पहिला गरेको निर्णय दोहोऱ्याउन चाहलान् र आवश्यक परेमा नयाँ कार्ड भर्न सक्छन्।
गीत २ (१५)
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।