ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू फेब्रुअरी २२, २०१० मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले जनवरी ४ देखि फेब्रुअरी २२, २०१० सम्मका हप्तामा प्रस्तुत गरिएका असाइनमेन्टहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. रूबेनी, गादी र मनश्शेको आधा कुलले “हेर्दैमा ठूलो देखिने” वेदी बनाएको विवरणबाट हामी के पाठ सिक्न सक्छौं? (यहो. २२:९-१२, २१-३३) [w०४ १२/१ पृ. १२, w९७ ५/१५ पृ. २६-२७]
२. यहोशू २४:१४, १५ को कुरा भन्न यहोशूलाई पक्कै पनि कुन कुराले प्रेरित गऱ्यो र यसले हामीलाई कस्तो असर गर्नुपर्छ? [w०८ ५/१ पृ. २१-२२, अनु. ४-६]
३. ‘इस्राएलीहरूले बाल देवतालाई पूजा गर्न लागेको र परमेश्वरलाई त्यागेको’ कुराबाट हामी अहिले कस्तो चेतावनी पाउँछौं? (न्याय. २:११, १२) [w९९ ४/१ पृ. ३०-३१]
४. एहूदले साहससाथ चूपी चलाएकोबाट हामी के सिक्न सक्छौं? (न्याय. ३:१६-२१) [w९७ ३/१५ पृ. ३१, अनु. ४]
५. यहोवाले गिदोन र तिनका ३०० जना मानिसलाई जुन तरिकामा छुटकारा दिनुभयो त्यसबारे अध्ययन गर्दा हामी कस्तो प्रोत्साहन पाउँछौं? (न्याय. ७:१९-२२) [w०५ ७/१५ पृ. १६, अनु. ८]
६. गिदोनको साहसिक कार्य केही मिनेटको लागि तुरही फुक्नु, राँको हल्लाउनु र कराउनुमा मात्र सीमित थिएन भनेर हामी किन भन्न सक्छौं? (न्याय. ८:४-१२, २१-२७) [w०४ १०/१५ पृ. १६, अनु. १०]
७. यिप्तहकी छोरीलाई बलियो विश्वास र आत्मत्यागी मनोभाव देखाउन केले मदत गऱ्यो? यो विवरणबाट आमाबुबाले के सिक्न सक्छन्? (न्याय. ११:३५-३७) [w०५ १/१५ पृ. २६-२७]
८. भाकल गर्दा के यिप्तहको मनमा मानवबलि थियो? (न्याय. ११:३०, ३१) [w०५ १/१५ पृ. २६, अनु. १]
९. के शिमशोनको बल वास्तवमा तिनको कपालमा थियो? (न्याय. १६:१८-२०) [w०५ ३/१५ पृ. २८, अनु. ५-६]
१०. न्यायकर्ता १६:३ मा वर्णन गरिएको शिमशोनको अनौठो काम बुझ्दा हामी कसरी मदत पाउन सक्छौं? [w०४ १०/१५ पृ. १५-१६, अनु. ७-८]