प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जनवरी पृ. १
  • सबैभन्दा रमाइलो काम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैभन्दा रमाइलो काम
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ चेला बनाउने काममा मदत गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • चेला बनाउने कामबाट आनन्द उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 जनवरी पृ. १

सबैभन्दा रमाइलो काम

१. हाम्रो दिनमा कस्तो काम भइरहेको छ?

१ प्रथम शताब्दीमा शारीरिक निवारण कार्य देखेर धेरै मानिसहरूको खुसीको सीमा रहेन। (लूका ५:​२४-२६) हाम्रो दिनमा भने यहोवालाई चिन्‍न अरूलाई मदत गर्ने काममा हामी रमाउँछौं। (प्रका. २२:​१, २, १७) यहोवाको वचन र पवित्र शक्‍तिले व्यक्‍तिविशेषको जीवन परिवर्तन गरेको अनुभवहरू पढेर हामी कत्ति उत्साहित हुन्छौं! तर त्योभन्दा पनि इनामदायी त प्रगतिशील बाइबल अध्ययन सञ्चालन गरेर यो काममा भाग लिनु हो।

२. कसैलाई सत्य सिकाउँदा हामी कस्तो आनन्द अनुभव गर्न सक्छौं?

२ परमेश्‍वरको नाम के हो? उहाँले किन दुःखकष्ट रहिरहने अनुमति दिनुहुन्छ? मानिसजातिको लागि परमेश्‍वरको राज्यले के गर्नेछ? यस्ता प्रश्‍नको जवाफ दिनुमा मात्र होइन तर सत्य कुरा सिकेर विद्यार्थी आनन्दित भएको हेर्न पाउनुमा पनि हामीलाई आनन्द लाग्छ। (हितो. १५:२३; लूका २४:३२) प्रगति गर्दै जाँदा विद्यार्थीले यहोवाको नाम प्रयोग गर्न, आफ्नो पहिरन र कोरीबाटीमा परिवर्तन गर्न, हानिकारक आनीबानी त्याग्न, अनि अरूलाई साक्षी दिन सुरु गर्न सक्छन्‌। समर्पण र बप्तिस्माको हदसम्म तिनले प्रगति गरे भने तिनी हाम्रा भाइ र सँगी विश्‍वासी बन्‍नेछन्‌। विद्यार्थीले यी प्रत्येक सकारात्मक कदमहरू चालेको देखेर हामी खुसी हुन सक्छौं।​—⁠१ थिस्स. २:​१९, २०.

३. बाइबल अध्ययन सुरु गर्न हामी कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छौं?

३ तपाईं पनि भाग लिन सक्नुहुन्छ कि? सबैभन्दा रमाइलो यो काममा तपाईं भाग लिन चाहनुहुन्छ भने बाइबल अध्ययन सञ्चालन गर्ने सुअवसर पाऊँ भनी यहोवालाई प्रार्थना गर्नुहोस्‌ अनि प्रार्थना अनुरूपै काम गर्नुहोस्‌। (१ यूह. ५:१४) मानिसहरू जहाँ र जहिले भेटिन्छन्‌, प्रचार गर्नुहोस्‌। हरेक उपयुक्‍त अवसरमा बाइबल अध्ययनको प्रस्ताव राखिहाल्नुहोस्‌। (उप. ११:⁠६) चासो दिने मान्छे भेटिंदा सत्यको बीउ रोप्नुहोस्‌ र त्यसमा पानी हाल्न फेरि फर्कनुहोस्‌।​—⁠१ कोरि. ३:​६-९.

४. हामीले किन अविलम्बी भावसहित बाइबल अध्ययनको प्रस्ताव राख्नुपर्छ?

४ न्यायका लागि भोकाउने र तिर्खाउने असङ्‌ख्य व्यक्‍तिहरू अझै पनि बाँकी छन्‌। यहोवालाई चिन्‍ने तिनीहरूको आवश्‍यकतालाई पूरा गर्न कसले मदत गर्नेछन्‌? (मत्ती ५:​३, ६) बाली काट्‌ने समय सकिनुअघि नै प्रचार र चेला बनाउने कार्य पूरा गर्न हामीले आफूलाई राजीखुसीले अर्पण गरौं।​—⁠यशै. ६:⁠८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने