युवाहरू सोध्छन् —म आफ्नो जीवनबाट के चाहन्छु? (भाग १)
युवाहरू वयस्क हुँदै जाँदा तिनीहरूले महत्त्वपूर्ण निर्णयहरू गर्नै पर्ने हुन्छ। तिनीहरूलाई मदत गर्न युवाहरू सोध्छन्—म आफ्नो जीवनबाट के चाहन्छु? (अङ्ग्रेजी) भिडियो तयार पारिएको छ। मुख्य मेनुमा Play Drama (नाटक सुरु गर्नुहोस्) छनौट गर्नुहोस् अनि अनुच्छेद २ मा दिइएका प्रश्नको जवाफ दिन सक्नुहुन्छ कि, विचार गर्नुहोस्। अब मुख्य मेनुको Interviews (अन्तरवार्ता) को Looking Back (फर्केर हेर्दा) छनौट गर्नुहोस्। त्यसपछि अनुच्छेद ३ मा दिइएका प्रश्नको जवाफ दिने कोसिस गर्नुहोस्।
नाटक: (१) कुन-कुन तरिकामा तिमोथीको अवस्था आजका थुप्रै ख्रीष्टियन युवाको जस्तै थियो? (२) एथ्लेटिक्समा सर्वोत्कृष्ट हुन आन्द्रेलाई कसरी दबाब दिइयो? (३) भाइ फ्लाइसिगले आन्द्रेलाई (क) यहोवाप्रति समर्पित हुनु र खेलकुदप्रति समर्पित हुनुबारे के बताए? (मत्ती ६:२४) (ख) के गर्दा साँचो आनन्द पाइन्छ भन्नेबारे के बताए? (ग) यातना शिविरको कचौराले तिनलाई सम्झाएको कुराबारे के बताए? (घ) तिनी र तिनकी श्रीमतीसितै तस्विरमा भएका अरू मानिसबारे के बताए? (ङ) आफूले राखेको लक्ष्य बीचैमा छोड्दा पछुतो लाग्यो कि लागेन भन्नेबारे के बताए? (फिलि. ३:८) (४) आन्द्रेले “चर्चित खेलाडी बन्न चाहनु के गलत हो?” भनेर सोध्दा तिनलाई हजुरआमाले के जवाफ दिइन्? (लूका ४:५-७) (५) दौड जितेर के आन्द्रे साँच्चै खुसी हुन सक्यो (६) भाइ फ्लाइसिगले आन्द्रेलाई लेखेको अन्तिम पत्रको कुनचाहिं कुरा तपाईंलाई मन पऱ्यो? (हितो. १०:२२) (७) भाइ फ्लाइसिगले आन्द्रेलाई कुन कुरा बुझ्न मदत गरे?
फर्केर हेर्दा: (८) भाइ लेवी र बहिनी सुजन भविष्यमा के बन्न चाहन्थे र किन? (९) तिनीहरू कत्तिको सफल भए? (१०) दुवैको जीवनले कस्तो मोड लियो? (२ कोरि. ५:१५) (११) तिनीहरूले आफ्नो पहिलेको पेसा त्यागेर यहोवाको सेवामा कस्तो पेसा अँगाले र तिनीहरूलाई किन दुवै कुरा एकैचोटि हासिल गर्न सकिंदैन जस्तो लाग्यो? (१२) आफ्नो लक्ष्य परिवर्तन गरेकोमा के तिनीहरू पछुताएका छन्? (१३) तिनीहरूले अन्तरवार्तामा बताएको कुनचाहिं कुराले तपाईंलाई यहोवाको सेवामा केही गर्नुपर्छ भन्ने महसुस गरायो?
अन्य अन्तरवार्ता अनि थप विषयवस्तु हेर्नुहोस् र अर्को हप्ताको सेवा सभामा हुने छलफलमा जवाफ दिन तयार भएर आउनुहोस्।