प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 डिसेम्बर पृ. ५
  • हाम्रो आधिकारिक वेब साइट—प्रचारकार्यमा प्रयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो आधिकारिक वेब साइट—प्रचारकार्यमा प्रयोग गर्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो आधिकारिक वेब साइट—बेग्लै भाषा बोल्ने व्यक्‍तिलाई मदत गर्न प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • हाम्रो आधिकारिक वेब साइट—व्यक्‍तिगत र पारिवारिक अध्ययन गर्न प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • प्रचारमा हाम्रो वेबसाइट चलाउनुहोस्‌—“अक्सर सोधिने प्रश्‍नहरू”
    हाम्रो राज्य सेवा—२०१४
  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 डिसेम्बर पृ. ५

हाम्रो आधिकारिक वेब साइट—प्रचारकार्यमा प्रयोग गर्नुहोस्‌

हाम्रो वेब साइट हेर्न अरूलाई प्रोत्साहन दिनुहोस्‌: कोही-कोही हामीसित कुरा गर्न वा हाम्रा प्रकाशनहरू स्वीकार्न हिचकिचाउँछन्‌। तर आफै भने jw.org हेर्न अनि यहोवाका साक्षीहरूबारे बुझ्न इच्छुक हुन्छन्‌। त्यसैले मौका मिल्नेबित्तिकै हाम्रो वेब साइटबारे अरूलाई बताइहाल्नुहोस्‌।

जवाफ दिनुहोस्‌: कहिलेकाहीं घरधनी, चासो दिने व्यक्‍ति वा चिनजानले यहोवाका साक्षीबारे वा हाम्रो विश्‍वासबारे प्रश्‍न सोध्छन्‌। कम्प्युटर वा त्यस्तै केही साधन प्रयोग गरेर तिनलाई उत्ति नै खेर जवाफ देखाउनुहोस्‌। उद्धरण गरिएका पद भने सकेसम्म बाइबलबाटै पढ्‌नु बेस हो। इन्टरनेटको सुविधा उपलब्ध छैन भने jw.org मार्फत जवाफ कसरी भेट्टाउन सकिन्छ, त्यो बताउनुहोस्‌।—“बाइबल शिक्षा/बाइबल प्रश्‍नहरूको जवाफ” वा “हामीबारे/अक्सर सोधिने प्रश्‍न”-मा क्लिक गर्नुहोस्‌।

आफूले चिनेको व्यक्‍तिलाई कुनै लेख वा प्रकाशन पठाउनुहोस्‌: आफूले डाउनलोड गरेको PDF वा EPUB इमेलमार्फत पठाउनुहोस्‌। अथवा डाउनलोड गरेको श्रव्य रेकर्डिङ सी डी-मा भर्नुहोस्‌। बप्तिस्मा नगरेका व्यक्‍तिलाई एक-दुई पाना नभई पूरै पुस्तक, पुस्तिका वा पत्रिका दिंदा त्यसलाई आफ्नो क्षेत्र सेवाको रिपोर्टमा राख्न सक्नुहुन्छ। यस्तो सामग्री पठाउँदा आफ्नो नाम नलेख्ने वा एकै चोटि धेरै जनालाई पठाउने गर्नु हुँदैन। अनि यसलाई अरू कुनै वेब साइटमा अपलोड गर्नु पनि हुँदैन।—“प्रकाशनहरू”-मा क्लिक गर्नुहोस्‌।

यहोवाका साक्षीहरूबारे ताजा खबर देखाउनुहोस्‌: हाम्रो काम विश्‍वभरि फैलिएको छ भनेर देखाउनुका साथै हाम्रो ख्रीष्टियन भाइचाराको मोल गर्न तपाईंले बाइबल विद्यार्थी र अरू व्यक्‍तिहरूलाई हाम्रो वेब साइटको यो पक्षबारे बताउन सक्नुहुन्छ। (भज १३३:१)—“समाचार”-मा क्लिक गर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

प्रयोग गर्ने तरिका

१ “प्रकाशनहरू”-मा क्लिक गरेर आफूले डाउनलोड गर्न चाहेको सामग्री खोज्नुहोस्‌। अनि आफूले चाहेको फर्म्याटमा क्लिक गर्नुहोस्‌।

२ लेखहरूको सूची हेर्न MP3 मा क्लिक गर्नुहोस्‌। डाउनलोड गर्न लेखको शीर्षकमा क्लिक गर्नुहोस्‌ वा यसको रेकर्डिङ सुन्‍न ▸ मा क्लिक गर्नुहोस्‌।

३ अर्कै भाषाको प्रकाशन डाउनलोड गर्न चाहनुहुन्छ भने त्यही भाषा रोज्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने