हाम्रो आधिकारिक वेब साइट—बेग्लै भाषा बोल्ने व्यक्तिलाई मदत गर्न प्रयोग गर्नुहोस्
तिनलाई हाम्रो वेब साइट देखाउनुहोस्: “वेब साइटको भाषा”-मा उपलब्ध सूचीबाट आफ्नो भाषा रोजेर कसरी हेर्न सकिन्छ, सो देखाउनुहोस्।
तिनकै भाषामा वेब पेज देखाउनुहोस्: कुनै एउटा प्रकाशनबाट एउटा वेब पेज देखाउनुहोस्। जस्तै: बाइबलले सिकाउँछ पुस्तक वा प्रश्नहरूको जवाफ पर्चा। “लेखको भाषा”-बाट घरधनीको भाषा रोज्नुहोस्।
कुनै एउटा लेख बजाएर तिनलाई सुनाउनुहोस्: त्यस व्यक्तिको भाषामा उपलब्ध श्रव्य रेकर्डिङबाट कुनै एउटा लेख रोज्नुहोस्। अनि त्यो बजाएर सुनाउनुहोस्। अर्को भाषा सिक्दै हुनुहुन्छ भने त्यस भाषाको श्रव्य रेकर्डिङ सुनेर आफ्नो क्षमता बढाउँदै लैजानुहोस्।—“प्रकाशनहरू/पुस्तक र पुस्तिकाहरू” वा “प्रकाशनहरू/पत्रिकाहरू”-मा क्लिक गर्नुहोस्।
बहिराहरूलाई साक्षी दिनुहोस्: बहिरालाई भेट्नुभयो भने साङ्केतिक भाषाको भिडियोबाट बाइबल, पुस्तक, पुस्तिका वा पर्चा देखाउनुहोस्। —“प्रकाशनहरू/साङ्केतिक भाषा”-मा क्लिक गर्नुहोस्।
[पृष्ठ ६-मा भएको रेखाचित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
प्रयोग गर्ने तरिका
१ आफूले रोजेको ट्र्याक बजाउन ▸ मा क्लिक गर्नुहोस् (आफ्नो भाषामा उपलब्ध छ भने) वा डाउनलोड गर्न “डाउनलोड”-मा क्लिक गर्नुहोस्।
२ आफूले चाहेको भाषामा हेर्न “लेखको भाषा”-बाट अर्को भाषा रोज्नुहोस्।
३ अर्को लेख वा अध्याय पढ्न “अर्को”-मा क्लिक गर्नुहोस् वा “विषयसूची”-को लिङ्कमा क्लिक गर्नुहोस्।