हाम्रो आधिकारिक वेब साइट—व्यक्तिगत र पारिवारिक अध्ययन गर्न प्रयोग गर्नुहोस्
नयाँ पत्रिकाहरू अनलाइन पढ्नुहोस्: मण्डलीमा उपलब्ध हुनुभन्दा केही हप्ताअघि नै प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू अनलाइन पढ्नुहोस्। पत्रिकाहरूको श्रव्य रेकर्डिङ सुन्नुहोस्।—“प्रकाशनहरू”-मा क्लिक गर्नुहोस्।
वेब साइटमा मात्र उपलब्ध सामग्रीहरू पढ्नुहोस्: केही सामग्री जस्तै: “युवाहरूका लागि,” “मेरो बाइबल पाठ,” “परिवारका लागि” र “युवा जनहरूका प्रश्न” अब वेब साइटमा मात्र उपलब्ध छन्। इन्टरनेट खोल्नुहोस् अनि यी विषयवस्तु व्यक्तिगत र पारिवारिक अध्ययनमा प्रयोग गर्नुहोस्।—“बाइबल शिक्षा/केटाकेटी” वा “बाइबल शिक्षा/किशोरकिशोरी”-मा क्लिक गर्नुहोस्।
ताजा खबर पढ्नुहोस्: संसारका विभिन्न ठाउँमा भइरहेको प्रगतिबारे प्रोत्साहनजनक रिपोर्ट अनि अनुभवहरू पढ्नुहोस्। साथै भिडियो क्लिपहरू हेर्नुहोस्। “प्राकृतिक प्रकोप अनि साक्षीहरूले भोगिरहेका सतावटबारे पनि केही रिपोर्ट अनलाइन हेर्न सक्नुहुन्छ। यसले गर्दा ती भाइबहिनीहरूको अवस्थालाई नै तोकेर प्रार्थना गर्न सक्छौं। (याकू. ५:१६)—“समाचार”-मा क्लिक गर्नुहोस्।
अनलाइन पुस्तकालय प्रयोग गरेर अनुसन्धान गर्नुहोस्: आफ्नो भाषामा उपलब्ध छ भने कम्प्युटर वा मोबाइलजस्ता अन्य साधन प्रयोग गरेर दैनिक पद पढ्नुहोस् वा हालैका प्रकाशनमा अनुसन्धान गर्नुहोस्।—“प्रकाशनहरू/अनलाइन पुस्तकालय” क्लिक गर्नुहोस् वा www.wol.jw.org टाइप गर्नुहोस्।
[पृष्ठ ४-मा भएको रेखाचित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
प्रयोग गर्ने तरिका
१ चित्र वा “डाउनलोड”-मा क्लिक गर्नुहोस्। यो PDF फर्म्याटको रूपमा खुल्नेछ। यो छाप्नुहोस् र छोराछोरीसित मिलेर प्रश्नको जवाफ भेट्टाउनुहोस्।
२ भिडियो हेर्न “Play” क्लिक गर्नुहोस्।