प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 मार्च पृ. ३
  • पुराना पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुराना पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिका वितरणका लागि छुट्टै समय निकाल्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • पत्रिकाहरू राज्य घोषणा गर्छन्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 मार्च पृ. ३

पुराना पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌

पुराना पत्रिकाहरू थन्काएर राख्यौं वा मिल्कायौं भने त कसैलाई फाइदा हुँदैन। त्यसैले ती पत्रिकाहरू प्रयोग गर्ने कोसिस गर्नुपर्छ। एउटा पत्रिकाले मात्र पनि सत्यप्रति चासो जगाउन सक्छ। अनि मान्छेहरू यहोवाको नाम थाह पाएर सत्य सिक्न उत्प्रेरित हुन सक्छन्‌। (रोमी १०:१३, १४) पुराना पत्रिकाहरूको कसरी सदुपयोग गर्ने भनी तल केही सुझाव दिइएका छन्‌।

  • बारम्बार प्रचार नगरिने इलाकामा काम गर्दै छौं र घरमा कसैलाई भेटेनौं भने बाटोमा हिंड्‌ने मान्छेहरूले नदेख्ने ठाउँमा त्यस्ता पत्रिकाहरू छोड्‌न सक्छौं।

  • सार्वजनिक साक्षीकार्यमा पनि तपाईं त्यस्ता पत्रिका प्रयोग गर्न सक्नुहुन्छ। बस स्टपमा अथवा मान्छे धेरै भएको ठाउँमा गएर ‘तपाईं केही पढ्‌न चाहनुहुन्छ कि?’ भनेर मान्छेहरूलाई सोध्नुहोस्‌ अनि हाम्रा पुराना पत्रिकाहरू देखाउनुहोस्‌ र तिनीहरूलाई नै पत्रिका छान्‍न दिनुहोस्‌।

  • तपाईंको इलाका नजिकै भएको बिजुली वा टेलिफोनको बिल तिर्ने ठाउँ, बैंक, क्लिनिक वा अन्य त्यस्तै ठाउँ जहाँ मान्छेहरू कुरेर बसिरहेका हुन्छन्‌, त्यहाँ पुराना पत्रिकाहरू दिन सक्नुहुन्छ। यदि रेखदेख गरेर बसिरहेका कोही छन्‌ भने पत्रिका छोड्‌न सकिन्छ कि भनेर सोध्नु राम्रो हुन्छ। तर त्यहाँ पत्रिकाहरू पहिल्यै छोडिएका छन्‌ भने अरू पत्रिका नछोड्‌नुहोस्‌।

  • तपाईंले जसलाई पुनःभेट गर्न लाग्नुभएको हो, उसको चासो केमा छ, पहिल्यै विचार गर्नुहोस्‌। के तिनको परिवार छ? तिनलाई यात्रा गर्न मनपर्छ कि? तिनलाई बगैंचाको काममा चासो छ कि? यस्ता विषयमा पुराना पत्रिकाहरूमा केही दिइएका छन्‌ कि, हेर्नुहोस्‌। छन्‌ भने पुनःभेट जाँदा ती पत्रिकाहरू लगिदिनुहोस्‌।

  • निरन्तर पुनःभेट गरिरहेको व्यक्‍तिलाई केही कारणवश लामो समयसम्म भेट्‌न सक्नुभएन भने पछि भेट हुँदा तिनलाई छुटेका पत्रिकाहरू दिन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने