सेप्टेम्बर २१ को हप्ताको तालिका
सेप्टेम्बर २१ मा सुरु हुने हप्ता
गीत ५३ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
w०७ २/१ पृ. १९-२०, अनु. ८-१५ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ राजा १९-२२ (८ मि.)
न. १: २ राजा २०:१२-२१ (३ मि. वा कम)
न. २: स्वर्गदूतले दिने मदत अनि रक्षा—bh अध्या. १०, अनु. ४-६ (५ मि.)
न. ३: के म रगतलाई पवित्र ठान्छु?—lv अध्या. ७, पृ. ९३ मा भएको पेटी (५ मि.)
सेवा सभा:
यस महिनाको मुख्य विषय: ‘सुसमाचारको विस्तृत साक्षी दिनुहोस्।’—प्रेषि. २०:२४.
१० मि: गत सेवा वर्ष हामीले कस्तो गऱ्यौं? सेवा निरीक्षकद्वारा भाषण। गत सेवा वर्षमा प्राप्त गर्न सकिएका राम्रा नतिजाहरूमा जोड दिंदै मण्डलीको क्रियाकलापको पुनरावृत्ति गर्नुहोस् र त्यसको लागि भाइबहिनीको सराहना गर्नुहोस्। आगामी वर्ष मण्डलीले सुधार गर्न सक्ने सेवाको कामको एउटा वा दुइटा पक्ष बताउनुहोस् र कसरी सुधार गर्न सकिएला, व्यावहारिक सुझावहरू दिनुहोस्।
१० मि: राम्ररी साक्षी दिंदा असल नतिजा निस्कन्छ। वार्षिक पुस्तक २०१५ (अङ्ग्रेजी), पृष्ठ ५४, अनुच्छेद १; पृष्ठ ५६, अनुच्छेद २ देखि पृष्ठ ५७, अनुच्छेद १ सम्म र पृष्ठ ६३, अनुच्छेद २ देखि पृष्ठ ६४, अनुच्छेद १ मा आधारित भएर छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रत्येक अनुभव छलफल गरिसकेपछि यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
१० मि: “तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्।” प्रश्न-उत्तर।
गीत ८१ र प्रार्थना