ख्रिष्टियन जीवन
के तपाईँ आफ्नो विश्वासबारे अरूलाई बताउन सक्नुहुन्छ?
यदि कसैले तपाईँलाई सृष्टिमा विश्वास गर्नुको कारण सोध्यो भने तपाईँ के भन्नुहुन्छ? विश्वस्त हुँदै जवाफ दिनको लागि तपाईँले दुई वटा कुरा गर्नुपर्छ: पहिलो, सृष्टिकर्ता हुनुहुन्छ भनेर आफू पक्का हुनुहोस्। (रोमी १२:१, २) दोस्रो, आफूले विश्वास गरेको कुरा अरूलाई कसरी बताउन सकिन्छ, विचार गर्नुहोस्।—हित १५:२८.
अर्थोपेडिक डाक्टर आफ्नो विश्वासबारे बताउँछिन् र जीवशास्त्री आफ्नो विश्वासबारे बताउँछन् भिडियो हेर्नुहोस् र केही मानिसहरूले सृष्टिमा विश्वास गर्नुको कारण विचार गर्नुहोस्। अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
इरेन हफ् लरान्सो किन क्रमविकासमा नभई सृष्टिमा विश्वास गर्छिन्?
यारोस्लाव डोभानिक किन क्रमविकासमा नभई सृष्टिमा विश्वास गर्छन्?
आफूले सृष्टिमा विश्वास गर्नुको कारण तपाईँ कसरी अरूलाई बताउनुहुन्छ?
यहोवाको सङ्गठनमा तपाईँको भाषाका कस्ता सामाग्रीहरू उपलब्ध छन्, जसले सबै थोक परमेश्वरले नै बनाउनुभयो भनेर तपाईँ आफैलाई र अरूलाई विश्वस्त बनाउन सक्छ?