प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी पृ. ९
  • यहोवा हामीलाई परीक्षाहरू सहन मदत गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हामीलाई परीक्षाहरू सहन मदत गर्नुहुन्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • हामी कहिल्यै एक्लो छैनौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा हामीलाई सहनशील हुन कसरी मदत गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी पृ. ९
आमाबुबा र तिनीहरूका दुई साना छोराछोरी भिडियो कन्फ्रेन्सिङमार्फत मण्डलीका भाइबहिनीसित सङ्‌गत गर्दै छन्‌।

ख्रिष्टियन जीवन

यहोवा हामीलाई परीक्षाहरू सहन मदत गर्नुहुन्छ

यस अन्तको दिनमा हामीले थुप्रै कठिन परीक्षा भोगिरहेका छौँ। कहिलेकाहीँ हामीलाई ‘म त यो परीक्षा सहनै सक्दिनँ!’ जस्तो लाग्न सक्छ। तर यहोवासित नजिक भइरह्‍यौँ भने उहाँले हामीलाई जस्तोसुकै कठिन परीक्षा सहने बल दिनुहुनेछ। (यसै ४३:२, ४) त्यसोभए परीक्षा आइपर्दा हामी कसरी यहोवासित नजिक भइरहन सक्छौँ?

प्रार्थना। यहोवालाई मनको बह पोखाउँदा उहाँले हामीलाई मनोशान्ति दिनुहुन्छ र भावनात्मक तवरमा बलियो बनाउनुहुन्छ।—फिलि ४:६, ७; १थि ५:१७.

सभाहरू। यहोवाले हामीलाई सभाहरूमार्फत दिनुहुने आध्यात्मिक भोजन र भाइबहिनीसितको सरसङ्‌गत अहिले जत्तिको आवश्‍यक पहिला कहिल्यै परेको थिएन। (हिब्रू १०:२४, २५) हामीले सभाको लागि तयारी गर्दा, सभामा उपस्थित हुँदा र भाग लिँदा यहोवाको पवित्र शक्‍तिमार्फत पाइने मदतको पूरापूर सदुपयोग गरिरहेका हुन्छौँ।—प्रका २:२९.

साक्षीकार्य। साक्षीकार्यमा व्यस्त रहन सक्दो गऱ्‍यौँ भने सकारात्मक कुराहरूमा ध्यान दिइरहन हामीलाई अझ सजिलो हुन्छ। यसो गऱ्‍यौँ भने यहोवासितको र हाम्रा सहकर्मीहरूसितको सम्बन्ध अझ घनिष्ठ हुनेछ।—१को ३:५-१०.

यहोवाले तपाईँलाई स्विकार्नुहुनेछ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • परीक्षाहरू भोग्नुपर्दा यहोवासित घनिष्ठ भइरहन बहिनी मलुलाई केले मदत गऱ्‍यो?

  • परीक्षाहरू भोग्नुपर्दा भजन ३४:१८ का शब्दहरूबाट बहिनी मलुले जस्तै हामी पनि कसरी सान्त्वना पाउन सक्छौँ?

  • परीक्षाहरू भोग्नुपर्दा यहोवाले हामीलाई “असाधारण शक्‍ति” दिनुहुन्छ भनेर बहिनी मलुको अनुभवबाट कसरी प्रस्ट हुन्छ? —२को ४:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने