अप्रिल २०-२६
यसैया ५४–५५
गीत ८६ र प्रार्थना | परिचय (१ मि.)
१. तपाईँ कस्तो मूल्य चुकाउन तयार हुनुहुन्छ?
(१० मि.)
यहोवाले आफ्ना सन्तानलाई शिक्षा दिने प्रतिज्ञा गर्नुभएको छ (यसै ५४:१३; w०९ ९/१ पृ. २४ अनु. ३)
हामीले समय खर्च गरेर बाइबल सत्य किन्नुपर्छ (यसै ५५:१, २; w१८.११ पृ. ४-५ अनु. ६-७)
यहोवाको कुरा ध्यान दिएर सुन्न प्रयास चाहिन्छ अनि यसमा हाम्रो जीवन निर्भर हुन्छ (यसै ५५:३; be पृ. १४ अनु. ३-५)
आफैलाई सोध्नुहोस्: ‘म कसरी अझ राम्रोसँग व्यक्तिगत अध्ययन गर्ने बानी बसाल्न सक्छु?’
२. बहुमूल्य रत्न
(१० मि.)
यसै ५४:१७—यस पदको पहिलो भागले हामीलाई कुन तीन वटा महत्त्वपूर्ण कुरा सम्झाउँछ? (w१९.०१ पृ. ६ अनु. १४-१५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै ५४:१-१० (th बुँदा ११)
४. कुराकानी थाल्नुहोस्
(२ मि.) घरघरको साक्षीकार्य। प्रेम गर्नुहोस् पुस्तिकाको अतिरिक्त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्। (lmd पाठ १ बुँदा ४)
५. कुराकानी थाल्नुहोस्
(२ मि.) सार्वजनिक साक्षीकार्य। प्रेम गर्नुहोस् पुस्तिकाको अतिरिक्त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्। (lmd पाठ २ बुँदा ३)
६. फेरि भेट्नुहोस्
(२ मि.) सार्वजनिक साक्षीकार्य। तिनलाई सम्पर्क कार्ड दिनुहोस्। (lmd पाठ ९ बुँदा ३)
७. भाषण
(५ मि.) be पृ. २८ अनु. ३–पृ. ३१ अनु. २—विषय: कसरी अध्ययन गर्ने? (th बुँदा १४)
गीत ९७
८. व्यक्तिगत अध्ययनमा बाधा पुग्न नदिनुहोस्
(१५ मि.) छलफल।
नियमित रूपमा व्यक्तिगत अध्ययन गर्ने बानी बसाल्नु चुनौतीपूर्ण हुन सक्छ। कल्पना गर्नुहोस्, तपाईँ एक जना सङ्गी ख्रिष्टियनलाई प्रोत्साहन दिँदै हुनुहुन्छ, जसले व्यक्तिगत अध्ययन गर्न र दिनहुँ बाइबल पढ्ने बानी बसाल्न सङ्घर्ष गरिरहेका छन्। तिनी त्यस्तो बानी बसाल्न गाह्रो लाग्नुका केही कारणहरू बताउँछन्। तल दिइएका कारणहरूका लागि तपाईँ कस्ता व्यावहारिक सुझाव, बाइबल सिद्धान्त वा लेखहरू प्रयोग गरेर तिनलाई मदत गर्न सक्नुहुन्छ, लेख्नुहोस्।
“मलाई खासै पढ्न आउँदैन”
“मलाई पढ्न त्यत्ति रमाइलो लाग्दैन”
“मलाई बाइबल कहाँबाट पढ्न सुरु गर्ने र हरेक दिन कति जति पढ्ने भनेर थाह छैन”
“पढ्नका लागि यत्ति धेरै सामग्रीहरू छन्, हरेक हप्ता के पढ्ने भनेर कसरी छान्ने?”
“म साह्रै व्यस्त छु, त्यसैले समय निकाल्नै गाह्रो हुन्छ”
“मलाई ध्यान दिएर पढ्न अनि कहिलेकाहीँ त पढेको कुरा सम्झन गाह्रो हुन्छ”
प्रभावकारी तरिकामा व्यक्तिगत अध्ययन भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
व्यक्तिगत अध्ययनलाई अर्थपूर्ण बनाउन मदत गर्ने कुन सुझाव तपाईँलाई मन पऱ्यो?
९. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ७८-७९