प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 जून p. १९
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका सेवकहरू साँचो उपासनामा जोसिला छन्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • “नम्रहरूले देश अधिकार गर्नेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • यहोवाले आफूबारे बताउनुहुँदा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 जून p. १९

पाठकहरूको प्रश्‍न

भजन १२:७ मा “तिनीहरू” भनेर अनुवाद गरिएको सर्वनामले दीनदुःखीलाई (पद ५) बुझाउँछ भनेर किन भन्‍न सक्छौँ?

दाउदले भजन १२:१-४ को सुरुमा “मानिसहरूबीचबाट विश्‍वासी मानिसहरू हराइसके” भने।

त्यसपछि भजन १२:५-७ मा तिनले यसो भने:

“यहोवा भन्‍नुहुन्छ, ‘दीनदुःखी थिचोमिचोमा परेकोले,

गरिबले सुस्केरा हालेकोले

म तिनीहरूको पक्षमा खडा हुनेछु।

तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।’

यहोवाका वचनहरू शुद्ध छन्‌,

ती माटोको भट्टीमा खारिएका निखुर चाँदीजस्ता छन्‌, सात पटक खारिएका चाँदीजस्तै।

हे यहोवा, तपाईँले तिनीहरूको रक्षा गर्नुहुनेछ;

तिनीहरू प्रत्येकलाई यस्ता मानिसहरूबाट सधैँभरि जोगाउनुहुनेछ।”

पद ५ मा परमेश्‍वरले ‘दीनदुःखीहरूको’ लागि के गर्नुहुनेछ भनेर बताइएको छ। उहाँले तिनीहरूलाई जोगाउनुहुनेछ।

पद ६ मा “यहोवाका वचनहरू शुद्ध छन्‌” र “खारिएका निखुर चाँदीजस्ता छन्‌” भनिएको छ। हामी समर्पित ख्रिष्टियनहरू पनि परमेश्‍वरको वचनलाई बहुमूल्य ठान्छौँ।—भज. १८:३०; ११९:१४०.

पद ६ मा “यहोवाका वचनहरू”-बारे बताइएको छ। त्यसैले पद ७ को “तिनीहरू” भन्‍ने सर्वनामले परमेश्‍वरका वचनहरूलाई सङ्‌केत गर्छ भनेर कोही-कोही भन्छन्‌। विरोधीहरूले बाइबलमाथि प्रतिबन्ध लगाउन र त्यसलाई नष्ट गर्न जत्ति नै प्रयास गरे पनि परमेश्‍वरले आफ्नो वचनको रक्षा गर्नुभएको छ।—यसै. ४०:८; १ पत्रु. १:२५.

तर पद ५ मा यहोवाले ‘थिचोमिचोमा परेको दीनदुःखीको’ रक्षा गर्नुहुनेछ भनेर पनि बताइएको छ, जुन उहाँले गर्दै आउनुभएको छ र पछि पनि गर्नुहुनेछ।—अय्यु. ३६:१५; भज. ६:४; ३१:१, २; ५४:७; १४५:२०.

त्यसोभए पद ७ मा उल्लेख गरिएको “तिनीहरू” भन्‍ने सर्वनामले मानिसहरूलाई बुझाउँछ कि परमेश्‍वरको वचनलाई?

त्यस अध्यायको प्रसङ्‌गलाई राम्ररी केलायौँ भने “तिनीहरू” भन्‍ने सर्वनामले मानिसहरूलाई बुझाउँछ भन्‍ने निष्कर्षमा पुग्न सक्छौँ।

भजन १२:१, २ मा दाउदले वफादार मानिस एक जना पनि छैन र तिनीहरू झूट बोल्छन्‌ भनेर बताएका छन्‌। त्यसले गर्दा तिनी र तिनीजस्ता वफादार मानिसहरूले धेरै दुःख भोगिरहनुपरेको थियो। त्यसपछि पद ३ मा आफ्नो जिब्रोको गलत प्रयोग गर्ने ती मानिसहरूविरुद्ध यहोवाले कदम चाल्नुहुनेछ भनेर बताइएको छ। परमेश्‍वरको यो वचन पक्कै पूरा हुनेछ भनेर विश्‍वस्त पार्न दाउदले पद ६ मा उहाँका वचनहरू शुद्ध छन्‌ भनेर लेखे।

त्यसैले पद ७ मा उल्लेख गरिएको “तिनीहरू” भन्‍ने सर्वनामले थिचोमिचोमा परेका मानिसहरूलाई बुझाउँछ, जसलाई यहोवाले रक्षा गर्नुहुनेछ।

त्यसोभए केही मानिसले किन यस पदको अर्कै अर्थ लगाउँछन्‌? किनकि हिब्रू धर्मशास्त्रका केही भरोसायोग्य प्रतिलिपिहरूमा प्रयोग गरिएको “तिनीहरू” भन्‍ने सर्वनामले मानिस र परमेश्‍वरको वचन दुवैलाई बुझाउन सक्छ। तर यी शब्दहरूलाई ग्रीक सेप्टुआजिन्ट-मा यसरी अनुवाद गरिएको छ: “उहाँले हाम्रो रक्षा गर्नुहुनेछ र उहाँले हामीलाई जोगाउनुहुनेछ।” यहाँबाट पनि “तिनीहरू” भन्‍ने सर्वनामले थिचोमिचोमा परेका दीनदुःखीलाई बुझाउँछ भन्‍न सक्छौँ। यहोवाले आफ्ना वफादार जनहरूलाई “नीच काम गर्न उक्साउने मानिसहरू”-देखि जोगाउनुहुनेछ। (भज. १२:७, ८) पद ७ लाई अरामी भाषामा यसरी अनुवाद गरिएको छ: “हे परमप्रभु, तपाईँले धर्मीहरूलाई जोगाउनुहुनेछ; तपाईँले तिनीहरूलाई यस दुष्ट पुस्ताबाट सधैँभरि रक्षा गर्नुहुनेछ।” यसबाट पनि भजन १२:७ को “तिनीहरू” भन्‍ने सर्वनामले परमेश्‍वरका वचनहरूलाई बुझाउँदैन भनेर स्पष्ट हुन्छ।

त्यसैले पद ७ ले “विश्‍वासी मानिसहरू”-लाई परमेश्‍वरले तिनीहरूको खातिर कदम चाल्नुहुनेछ भन्‍ने आशा दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने