अध्ययनका लागि विषयहरू
यहोवामाथिको भरोसा बढाउनुहोस्
गन्ती १३:२५–१४:४ पढ्नुहोस् अनि इस्राएलीहरू यहोवामाथि भरोसा राख्नदेखि चुक्नुको कारण के थियो, थाह पाउनुहोस्।
प्रसङ्ग राम्ररी केलाउनुहोस्। मिश्रबाट निस्केपछि पनि यहोवाले जोगाउनुहुनेछ भन्ने कुरामा इस्राएलीहरूले किन भरोसा गर्नुपर्थ्यो? (भज. ७८:१२-१६, ४३-५३) तिनीहरू यहोवामा भरोसा राख्नदेखि चुक्नुको कारण के थियो? (व्यव. १:२६-२८) तर यहोसु र कालेबले यहोवामाथि भरोसा राखेको कसरी देखाए?—गन्ती १४:६-९.
अझ खोतल्नुहोस्। इस्राएलीहरूले यहोवामाथिको भरोसा बढाउन के गर्न सक्थे? (भज. ९:१०; २२:४; ७८:११) यहोवामाथि भरोसा राख्नु अनि उहाँको आदर गर्नुबीच कस्तो सम्बन्ध छ?—गन्ती १४:११.
सिक्न सकिने पाठहरू विचार गर्नुहोस्। आफैलाई सोध्नुहोस्:
‘मलाई कस्तो अवस्थामा यहोवामाथि पूर्ण भरोसा राख्न गाह्रो हुन सक्छ?’
‘अहिले र भविष्यमा पनि यहोवामाथि भरोसा राखिरहन म के गर्न सक्छु?’
‘महासङ्कष्टमा हुने कुराहरूदेखि म किन डराउनुपर्दैन?’—लुका २१:२५-२८.