प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article ६७
  • हालोविनको सुरुवात कसरी भयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हालोविनको सुरुवात कसरी भयो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • हालोविनको सुरुवात र रीतिथितिहरू
  • हालोविनको सुरुवात मूर्तिपूजासित सम्बन्धित भए पनि केही फरक पर्छ?
  • स्कूलमा दृढ अडान लिंदा नतिजा राम्रो भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • के हामीले चाडपर्व मनाउनु हुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • १३. के सबै किसिमको चाडपर्व तथा उत्सव परमेश्‍वरलाई स्वीकार्य छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article ६७
हालोविनको लागि सजाइएको घरको ढोकामा हालोविनको लुगा लगाएर तीन जना केटाकेटी उभिरहेका छन्‌।

हालोविनको सुरुवात कसरी भयो?

बाइबलको जवाफ

मानिसहरू प्रत्येक वर्ष अक्टोबर ३१ मा हालोविन मनाउँछन्‌ तर बाइबलमा हालोविनबारे केही बताइएको छैन। यसको सुरुवात र यसमा गरिने क्रियाकलापहरू बाइबलको शिक्षासित सरासर बाझिन्छ।

यस लेखमा

  • हालोविनको सुरुवात र रीतिथितिहरू

  • हालोविनको सुरुवात मूर्तिपूजासित सम्बन्धित भए पनि केही फरक पर्छ?

  • यसलाई किन हालोविन भनिन्छ?

हालोविनको सुरुवात र रीतिथितिहरू

  • साविन: द वर्ल्ड बूक इन्साइक्लोपीडिया-अनुसार हालोविनको सुरुवातको छनक “दुई हजारभन्दा धेरै वर्षअघि केल्टिक जातिका मानिसहरूले मनाउने एउटा मूर्तिपूजक चाडमा पाउन सकिन्छ। त्यो बेलामा तिनीहरू मरेका मानिसहरू जीवितहरूको बीचमै हुन्छन्‌ भन्‍ने कुरामा विश्‍वास गर्थे। अनि साविनको बेलामा जीवितहरूले मरेकाहरूसित भेटघाट गर्न सक्छन्‌ भन्‍ने कुरामा पनि विश्‍वास गर्थे।”—“यसलाई किन हालोविन भनिन्छ?” भन्‍ने भाग हेर्नुहोस्‌।

  • हालोविनमा लगाइने लुगा, बाँडिने चकलेट र ट्रिक वा ट्रिट: एउटा स्रोतले बताएअनुसार केल्टिक जातिका मानिसहरू भड्‌किरहेका प्रेतहरूजस्तो देखिने लुगा लगाउँथे, जसले गर्दा ती प्रेतहरू “तिनीहरूलाई आफूहरूमध्येकै ठान्थे” र तिनीहरूलाई दुःख दिँदैनथे। अरू कतिपय भने प्रेतहरूलाई खुसी पार्न तिनीहरूलाई मिठाई चढाउँथे।a

     सुन्तला रङ्‌गको फर्सी आकारको भाँडो ढलेको छ र त्यसबाट केही चकलेट टेबुलमा छरिएका छन्‌।

    इस्वी संवत्‌ ५०० देखि १५०० तिर युरोपको क्याथोलिक धर्मका पादरीहरूले त्यहाँका मूर्तिपूजकहरूले मनाउने चाडपर्वहरू मनाउन थाले र आफ्नो चर्चका सदस्यहरूलाई विभिन्‍न किसिमका लुगा लगाएर केही उपहार माग्न घर-घरमा पठाउन थाले।

  • भूतप्रेत, भाम्पायर, बोक्सी र जोम्बि: यी शब्दहरू लामो समयअघिदेखि प्रेतहरूलाई जनाउन प्रयोग गरिँदै आएका छन्‌। हालोविन ट्रिभिया भन्‍ने किताबमा तिनीहरूलाई “अलौकिक राक्षस” भनिएको छ र सोही किताबमा तिनीहरू “मृत्यु, मरेकाहरू वा मृत्युको डरजस्ता कुराहरूसित सम्बन्धित छन्‌” भनेर पनि बताइएको छ।

  • हालोविन पम्पकिन: इस्वी संवत्‌ ५०० देखि १५०० तिर बेलायतका मानिसहरू “मरेकाहरूको लागि प्रार्थना गरिदिएबापत मानिसहरूको घर-घर गएर खानेकुरा माग्थे” अनि तिनीहरूले बोक्ने “सलगमको लाल्टिनभित्रको मैनबत्तीले मरिसकेका ती व्यक्‍तिहरूलाई बुझाउँथ्यो, जो शुद्धिकरणमा फसेका थिए।” (हालोविन—फ्रम पेगन रिचुअल टु पार्टी नाइट) केही स्रोतले बताएअनुसार प्रेतहरूलाई टाढै राख्नको लागि लाल्टिनहरू प्रयोग गरिन्थ्यो। सन्‌ १८०० को दशकतिर उत्तर अमेरिकामा सलगमको साटो फर्सी प्रयोग गर्न थालियो किनभने त्यहाँ धेरै मात्रामा फर्सी पाइन्थ्यो। साथै, त्यसभित्रको भाग सजिलै निकालेर खोक्रो बनाउन र त्यसलाई चाहेको आकार दिन सकिन्थ्यो।

हालोविनको सुरुवात मूर्तिपूजासित सम्बन्धित भए पनि केही फरक पर्छ?

हो, पर्छ। केही मानिसहरू हालोविनलाई कुनै हानि नगर्ने एउटा रमाइलोको रूपमा मात्र हेर्छन्‌। तर यससँग सम्बन्धित क्रियाकलापहरू भने बाइबलको शिक्षासित सीधै बाझिन्छ। हालोविन मरेकाहरू, अदृश्‍य व्यक्‍तिहरू वा प्रेतहरूमाथिको झूटो विश्‍वासमा आधारित छ।

तल दिइएका पदहरूबाट हालोविनसँग सम्बन्धित क्रियाकलापहरूप्रति परमेश्‍वर कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर याद गर्नुहोस्‌:

  • “तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌: . . . भूतप्रेत खेलाउने व्यक्‍तिसित वा भावी बताउने व्यक्‍तिसित सल्लाह लिने अथवा मसान जगाउने।”—व्यवस्था १८:१०-१२.

    अर्थ: मरेकाहरूसित कुनै पनि सम्पर्क राख्न कोसिस गर्ने वा त्यसो गरेको ढोँग गर्ने कुरालाई समेत परमेश्‍वर स्विकार्नुहुन्‍न।

  • “मरेकाहरूलाई भने केही पनि थाह हुँदैन।”—उपदेशक ९:५.

    अर्थ: मरेकाहरू अचेत अवस्थामा छन्‌ त्यसैले तिनीहरू जीवित व्यक्‍तिहरूसित कुराकानी गर्न सक्दैनन्‌।

  • “तिमीहरू प्रेतहरूको भागीदार [नहोओ]। तिमीहरूले यहोवा परमेश्‍वरको कचौराबाट पिउने अनि प्रेतहरूको कचौराबाट पनि पिउने गर्न सक्दैनौ।”—१ कोरिन्थी १०:२०, २१.

    अर्थ: परमेश्‍वरको अनुमोदन पाउन चाहनेहरूले भूतप्रेतसित कुनै सम्पर्क राख्नु हुँदैन।

  • “तिमीहरू दियाबलका दाउपेचहरूविरुद्ध दृढ भई खडा [होओ]। किनकि हाम्रो यो सङ्‌घर्ष . . . स्वर्गका दुष्ट दूतहरूका दलहरूसित हो।”—एफिसी ६:११, १२.

    अर्थ: ख्रिष्टियनहरूले दुष्ट दूतहरूको विरोध गर्नुपर्छ। यहाँसम्म कि तिनीहरूसित सम्बन्धित चाडपर्व तथा उत्सवहरूमा भाग लिएको जस्तो देखाउनु समेत हुँदैन।

a हालोविन: एन अमेरिकन होलिडे, एन अमेरिकन हिस्ट्री किताबको पृष्ठ ४ हेर्नुहोस्‌।

यसलाई किन हालोविन भनिन्छ?

हालोविन भन्‍ने नाम मूर्तिपूजक जाति केल्टले मनाउने साविन चाडसित सम्बन्धित छ। द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “साविन . . . भनेको गर्मीको अन्त हो। यस चाडले अत्यन्तै चिसो मौसमको सुरुवातलाई सङ्‌केत गर्थ्यो र नोभेम्बर १ तिर मनाइन्थ्यो। सन्‌ ७०० देखि ८०० मा ख्रिष्टियन चर्चले त्यही दिन पारेर नयाँ पर्व सुरु गऱ्‍यो, जसलाई अल सेन्ट्‌स डे भनिन्थ्यो। अल सेन्ट्‌स डेलाई अल हालोज पनि भनिन्थ्यो। हालोले सन्त वा जो पवित्र छ उसलाई बुझाउँछ। अल हालोजको अघिल्लो साँझलाई पहिला अल हालोज इभ भनिन्थ्यो र पछि त्यसको छोटो रूप अल हालोविन प्रयोग गर्न थालियो। अनि समय बित्दै जाँदा यसलाई अझै छोट्ट्याएर हालोविन भनियो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने