प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख ११५
  • महासङ्‌कष्ट भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महासङ्‌कष्ट भनेको के हो?
  • बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • धर्मलाई के हुनेछ?—बाइबलले यसबारे के बताउँछ?
    थप लेखहरू
  • “महासङ्‌कष्ट”-को दौडान वफादार रहिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • येशू ख्रीष्टको प्रकाशमा छुटकारा
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
थप हेर्नुहोस्
बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
ijwbq लेख ११५
महासङ्‌कष्टबाट बचेकाहरू एकअर्कालाई कसेर समातिरहेका छन्‌

महासङ्‌कष्ट भनेको के हो?

बाइबलको जवाफ

महासङ्‌कष्टमा मानिसजातिले कहिल्यै नभोगेको दुःख भोग्नुपर्नेछ। बाइबल भविष्यवाणीअनुसार महासङ्‌कष्ट “अन्तको दिनमा” वा “अन्तको समय”-मा हुनेछ। (२ तिमोथि ३:१; दानिएल १२:४) “त्यतिखेर यस्तो सङ्‌कष्ट हुनेछ, जुन परमेश्‍वरले सृष्टि गर्नुभएको संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिल्यै हुनेछ।”—मर्कुस १३:१९; दानिएल १२:१; मत्ति २४:२१, २२.

महासङ्‌कष्टको दौडान हुने घटनाहरू

  • झूटो धर्मको विनाश। झूटो धर्मको विनाश हामीले सोचेको भन्दा द्रुत गतिमा हुनेछ। (प्रकाश १७:१, ५; १८:९, १०, २१) संयुक्‍त राष्ट्र सङ्‌घको प्रतिनिधित्व गर्ने राजनैतिक शक्‍तिहरूद्वारा परमेश्‍वरको यो प्रतिज्ञा पूरा हुनेछ।​—प्रकाश १७:३, १५-१८.a

  • साँचो धर्ममाथि आक्रमण। इजकिएलले देखेको दर्शनमा राष्ट्रहरूको गठबन्धनलाई चित्रण गर्ने “मागोग देशको गोग”-ले साँचो धर्मका उपासकहरूलाई नाश गर्न खोज्नेछन्‌। तर परमेश्‍वरले आफ्ना उपासकहरूलाई जोगाउनुहुनेछ।​—इजकिएल ३८:१, २, ९-१२, १८-२३.

  • पृथ्वीमा भएकाहरूको न्याय गरिनेछ। येसुले सबै मानिसजातिको न्याय गर्नुहुनेछ र ‘गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्ट्याएजस्तै उहाँले मानिसहरूलाई छुट्ट्याउनुहुनेछ।’ (मत्ति २५:३१-३३) स्वर्गमा ख्रिष्टसँगै शासन गर्ने उहाँका ‘भाइरूसित’ मानिसहरूले गर्ने व्यवहारको आधारमा तिनीहरूको न्याय गरिनेछ।​—मत्ति २५:३४-४६.

  • राज्यका शासकहरूलाई जम्मा गरिनेछ। ख्रिष्टसँगै शासन गर्न चुनिएका वफादार जनहरूले आफ्नो पार्थिव जीवन पूरा गर्नेछन्‌ र तिनीहरूलाई फेरि जीवित पारेर स्वर्ग लगिनेछ।​—मत्ति २४:३१; १ कोरिन्थी १५:५०-५३; १ थिस्सलोनिकी ४:१५-१७.

  • आरमागेडोन। “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ”-लाई “यहोवा परमेश्‍वरको दिन” पनि भनिन्छ। (प्रकाश १६:१४, १६; यसैया १३:९; २ पत्रुस ३:१२) ख्रिष्टले जसलाई दुष्ट ठान्‍नुहुन्छ तिनीहरूलाई आरमागेडोनमा नाश गर्नुहुनेछ। (सपन्याह १:१८; २ थिस्सलोनिकी १:६-१०) यसमा संसारभरिका राजनैतिक प्रणाली पनि पर्छ, जसलाई बाइबलमा सात वटा टाउको भएको जङ्‌गली जनावर भनिएको छ।​—प्रकाश १९:१९-२१.

महासङ्‌कष्टपछि हुने घटनाहरू

  • सैतान र त्यसका प्रेतहरूलाई अगाध खाडलमा हुर्ऱ्याइनेछ। एक महान्‌ स्वर्गदूतले सैतान र त्यसका प्रेतहरूलाई “अगाध खाडलमा” हुर्ऱ्याउनुहुनेछ, जहाँ तिनीहरू मृत्युसरी अवस्थामा हुनेछन्‌। (प्रकाश २०:१-३) अगाध खाडलमा सैतानको अवस्था कैदमा भएसरह हुनेछ। त्यसले कसैलाई पनि हानि पुऱ्‍याउन सक्नेछैन।​—प्रकाश २०:७.

  • हजार वर्षीय शासन सुरु हुन्छ। परमेश्‍वरको राज्यले हजार वर्षीय शासन सुरु गर्नेछ र मानिसजातिले थुप्रै आशिष्‌ पाउनेछन्‌। (प्रकाश ५:९, १०; २०:४, ६) असङ्‌ख्य मानिसको “ठूलो भीड”-ले “आरमागेडोन पार गरेर” हजार वर्षीय शासन सुरु भएको हेर्नेछन्‌।​—प्रकाश ७:९, १४; भजन ३७:९-११.

a प्रकाशको किताबमा झूटो धर्मलाई महान्‌ बेबिलोन अर्थात्‌ “महावेश्‍या” भनिएको छ। (प्रकाश १७:१, ५) महान्‌ बेबिलोनको विनाश गर्ने चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावरले एउटा सङ्‌गठनलाई चित्रण गर्छ, जसको उद्देश्‍य संसारका राष्ट्रहरूमा शान्ति र सुरक्षा कायम गर्नु हो। यो सुरुमा राष्ट्र सङ्‌घको रूपमा अस्तित्वमा थियो र अहिले यसलाई संयुक्‍त राष्ट्र सङ्‌घ भनिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने