प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख ११२
  • स्वर्ग के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्ग के हो?
  • बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • स्वर्ग कस्तो छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • स्वर्ग को जान्छन्‌ र किन?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • अनन्त आनन्द—स्वर्ग वा पृथ्वीमा?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • अदृश्‍य संसारतर्फ नजर लगाउँदा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
ijwbq लेख ११२
बादल माथि घाम उदाउँदै

स्वर्ग के हो?

बाइबलको जवाफ

बाइबलमा “स्वर्ग” भन्‍ने शब्दले मुख्यतः तीनवटा कुरालाई बुझाउँछ। ती हुन्‌: (१) आकाश; (२) स्वर्ग र (३) सर्वोच्च ओहदाको प्रतीक। यसको प्रसङ्‌गलाई विचार गऱ्‍यौं भने स्वर्गबारे सही कुरा बुझ्न सक्नेछौं।a

  1. १. आकाश। यहाँ बताइएको “स्वर्ग” अर्थात्‌ आकाशले पृथ्वीको वायुमण्डललाई बुझाउँछ, जहाँ बतास चल्छ, चराचुरुङ्‌गी उड्‌छन्‌, वृष्टि र हिउँ झर्छ अनि बिजुली चम्कन्छ। (भजन ७८:२६; हितोपदेश ३०:१९; यशैया ५५:१०; लूका १७:२४) साथै यसले अन्तरिक्षलाई पनि बुझाउँछ, जहाँ “घाम, जून, तारा र ग्रह-नक्षत्र” छन्‌।—व्यवस्था ४:१९; उत्पत्ति १:१.

  2. २. स्वर्ग। “स्वर्ग” भन्‍ने शब्दले ब्रह्‍माण्ड बाहिरको उच्च स्थानलाई पनि बुझाउँछ। (१ राजा ८:२७; यूहन्‍ना ६:३८) त्यहाँ यहोवा परमेश्‍वर साथै उहाँले सृष्टि गर्नुभएका अदृश्‍य प्राणीहरू बस्छन्‌। (मत्ती २४:३६) कहिलेकाहीं “पवित्र जनहरू” अर्थात्‌ विश्‍वासी स्वर्गदूतहरूलाई सङ्‌केत गर्न पनि “स्वर्ग” शब्द प्रयोग गरिएको छ।—भजन ८९:५-७ NRV.

    यसको साथसाथै “स्वर्ग” शब्दले यहोवाको “बासस्थान”-लाई पनि बुझाउँछ। (१ राजा ८:४३, ४९; हिब्रू ९:२४; प्रकाश १३:६) उदाहरणको लागि, सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट फ्याँकिनेछ भनेर भविष्यवाणी गरिएको थियो। यो भविष्यवाणी पूरा भएपछि दुष्ट स्वर्गदूतहरू अदृश्‍य प्राणी भए तापनि तिनीहरूले यहोवाको बासस्थान अर्थात्‌ स्वर्गमा प्रवेश गर्न पाएनन्‌।—प्रकाश १२:७-९, १२.

  3. ३. सर्वोच्च ओहदाको प्रतीक। सर्वोच्च ओहदा वा शासन वा शासकलाई बुझाउनको लागि पनि बाइबलमा “स्वर्ग” शब्द प्रयोग गरिएको छ, जस्तै:

    • सर्वोच्च शासक यहोवा परमेश्‍वर।—२ इतिहास ३२:२०; लूका १५:२१.

    • मानव शासनलाई हटाउने सरकार, परमेश्‍वरको राज्य। बाइबलमा परमेश्‍वरको राज्यलाई “नयाँ आकाश” भनिएको छ।—यशैया ६५:१७; ६६:२२; २ पत्रुस ३:१३.b

    • स्वर्ग जाने आशा भएका ख्रीष्टियनहरू।—एफिसी २:६.

    • आफ्नो प्रजामाथि हैकम जमाउने मानव सरकारहरू।—यशैया १४:१२-१४; दानियल ४:२०-२२; २ पत्रुस ३:७.

    • यस संसारलाई शासन गरिरहेका दुष्ट अदृश्‍य प्राणीहरू।—एफिसी ६:१२; १ यूहन्‍ना ५:१९.

स्वर्ग कस्तो छ?

स्वर्गमा अनगिन्ती गतिविधि हुन्छ। त्यहाँ लाखौं अदृश्‍य प्राणीहरू बस्छन्‌ जसले “[यहोवाको] वचन शिरोपर गर्दछन्‌।”—भजन १०३:२०, २१; दानियल ७:१०.

स्वर्गमा चारैतिर उज्यालो छ भनेर बाइबलमा व्याख्या गरिएको छ। (१ तिमोथी ६:१५, १६) भविष्यवक्‍ता इजकिएलले देखेको स्वर्गको दर्शनमा “चारैतिर उज्यालो” थियो। अनि दानियलले देखेको स्वर्गको दर्शनमा चाहिं “दन्केको आगो” थियो। (इजकिएल १:२६-२८; दानियल ७:९, १०) स्वर्ग पवित्र, सफा र सुन्दर छ।—भजन ९६:६; यशैया ६३:१५; प्रकाश ४:२, ३.

बाइबलले स्वर्गबारे बताएका कुराहरू अद्‌भुत भएकोले हाम्रो मनमा श्रद्धेय भाव जाग्छ। (इजकिएल ४३:२, ३) तैपनि स्वर्गको कुरा हाम्रो चेतनाभन्दा बाहिर भएकोले हामी त्यस विषयमा सबै कुरा बुझ्न सक्दैनौं।

a “स्वर्ग” भनी अनुवाद गरिएको शब्द “उच्च” अर्थ लाग्ने हिब्रू शब्दबाट लिइएको हो। (हितोपदेश २५:३ NRV)

b यशैया ६५:१७ मा बताइएको नयाँ आकाशले “नयाँ सरकार, नयाँ राज्य”-लाई बुझाउँछ भनेर म्याकक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया व्याख्या गर्छ।—खण्ड ४, पृष्ठ १२२।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने