प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ ७/८ पृ. ३०-३१
  • तिनले धेरैको जीवनमा प्रभाव पारिन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनले धेरैको जीवनमा प्रभाव पारिन्‌
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको सेवा गर्न जवानहरू प्रोत्साहित भए
  • वृद्धहरू पनि प्रोत्साहित भए
  • परमेश्‍वरले अलास्कामा वृद्धि गराउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • तिनीहरू कहिले पढ्‌छन्‌ र कसरी लाभ उठाउँछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
ब्यूँझनुहोस्‌!—१९९५
g९५ ७/८ पृ. ३०-३१

तिनले धेरैको जीवनमा प्रभाव पारिन्‌

के थी राबर्सन २६ वर्षकी हुँदा नोभेम्बर १९, १९९४ मा तिनको मृत्यु भयो। मृत्यु हुने सप्ताहसम्म पनि तिनी मसीही सभाहरूमा नियमित तवरले उपस्थित भइन्‌। तिनले नौ वर्षको उमेरदेखि क्यान्सरसित संघर्ष गर्नुपरेको विवरण “जब जीवन सजिलो हुँदैन” शीर्षकअन्तर्गत अगस्त २२, १९९४ को अवेक! मा छापिएको थियो। त्यस लेख पढेर केथीको सहासिलो उदाहरणले कसरी गहिरो प्रभाव पाऱ्‍यो, त्यसलाई वर्णन गर्दै सारा विश्‍वबाट पत्रहरू ओइरिए।

परमेश्‍वरको सेवा गर्न जवानहरू प्रोत्साहित भए

स्पेनकी लाइडाले लेखिन्‌: “म १६ वर्षकी छु। जब केथीको सहनशीलताको अनुभवलाई पढें, तब म रोएँ। म मर्नदेखि डराउँथें। तर म यस लेखको लागि कृतज्ञ छु, तिनले भनेजस्तै ‘अहिले हामी चाहे मरौं या बाचौं, त्यो कुरा महत्त्वपूर्ण होइन तर अनन्त जीवन दिन सक्नुहुने एक मात्र यहोवा परमेश्‍वरबाट आशिष्‌ पाउँछौं या पाउँदैनौं, त्यो पो वास्तविक महत्त्वपूर्ण कुरा हो’ भनेर मैले बुझें।”

जापानकी मारी यसरी लेख्छिन्‌: “केथीकै उमेरकी र एकै दिनमा बप्तिस्मा लिएको हुनाले तिनको अनुभव पढ्‌दा एक हितैषी मित्रले पठाएको प्रोत्साहनवर्द्धक पत्रझैं लाग्यो। तिनको आशापूर्ण जीवनीले धेरैलाई आफ्नो स्वास्थ्य व्यर्थ कामहरूमा होइन तर बुद्धिमानीसाथ यहोवाको सेवामा प्रयोग गर्न प्रोत्साहन दिन्छ। नियमित अग्रगामी [पूर्ण-समय सेवकाई] गर्न लागेकोले तिनको जीवनीले मलाई आन्तरिक रूपले उत्तेजित पारेको छ।”

त्यस्तैगरि इटालीकी नाओमीले पनि जवानहरूले आफ्नो स्वास्थ्यलाई व्यर्थ कामहरूमा होइन तर यहोवाको सेवामा बुद्धिमानीसाथ लगाएको चाहने केथीको इच्छाले “मलगायत हजारौं जवानहरूलाई प्रोत्साहित गराउनेछ” भन्दै पत्र लेखिन्‌। नाओमी अझै भन्छिन्‌: “सारा दुष्ट रीतिरिवाज बितेपछि आउने नयाँ संसारमा तिनलाई भेट्‌न म आतुर छु। माध्यमिक विद्यालयको पढाइ सकिनेबित्तिकै म अग्रगामीको सेवा सुरु गरिहाल्छु।”

अमेरिका, फ्लोरिडाकी १८ वर्षिया रेचेल लेख्छिन्‌: “केही समयदेखि मैले अग्रगामी गर्ने विचार गरिरहेकी छु। जसै मैले ‘जब जीवन सजिलो हुँदैन,’ शीर्षक भएको लेख पढें, तब मजस्तै जवानले त्यस्तो कठिनाइ सहेको देखेर ठूलो उत्साह प्राप्त गरें। तिनको सुझावले मलाई तिनले भनेजस्तै आफ्नो स्वास्थ्य ‘व्यर्थ कामहरूमा होइन तर बुद्धिमानीसाथ यहोवाको सेवामा प्रयोग गर्न’ प्रोत्साहन दियो।”

माइक्रोनेसियाको चुक द्वीपमा सेवारत मिसनरीहरूले लेखे: “यहाँ हाम्रा अग्रगामीहरू भौतिक तवरमा गरिब छन्‌। तथापि, बहिनी राबर्सनको अनुभवले आफूसित जे जति छ, त्यसलाई मूल्यांकन गर्न सहायता पुगेको छ। आफू भौतिक रूपले गरिब भएपनि शारीरिक रूपले आशिषित्‌ भएको कुरा तिनीहरूले बुझे। स्वस्थ शरीर पाएकोले नै तिनीहरूले यहोवाको पूर्ण सेवा गर्न सकेका छन्‌। यस अनुभवले आफूसित जे छ, त्यसको निम्ति यहोवाप्रति कृतज्ञ हुन र आफ्नो शक्‍तिलाई उहाँको सेवामा प्रयोग गर्नुपर्ने कुराको असल सम्झौटो दियो।”

फ्रान्समा अग्रगामी पाठशालाका १६ प्रशिक्षार्थीहरूका दलले यो अनुभव पढेर उत्साहित भई केथीलाई लिली फूलको तस्बिरसहित प्रोत्साहनवर्द्धक पत्र पठाए: “आफ्नो समयलाई महान्‌ सृष्टिकर्ताको सेवामा प्रयोग गर्नु भन्‍ने तपाईंको सुझावलाई हामी कहिल्यै भुल्नेछैनौं।”

फ्रान्सकी अर्को एक जना जवानले लेखिन्‌: “हामी जवान र शैतानको मुख्य निशाना भएकोले कुनै कुनै बेला यहोवाप्रति वफादार रहन कठिन महसुस गर्छौं। यद्यपि, केथीले जस्तै अरू जवानहरूले पनि कष्ट सहेर समग्रता कायम राखेको यस्ता उत्कृष्ट र प्रोत्साहनवर्द्धक जीवनी पढ्‌दा हामी पुनःशक्‍ति र जोश प्राप्त गर्छौं। कति सुन्दर उदाहरण!”

अमेरिका, ओहियोकी नेडीले यसरी लेखिन्‌: “म सुस्वस्थ र झन्डै तपाईंकै उमेरकी छु। धेरैपल्ट मैले स-साना कुराहरूलाई यहोवाको सेवामा बाधा हुन दिएको छु। तपाईंको जीवनी पढेर मैले त्यसै खेर फालेको बहुमूल्य समयलाई नियाल्न पाएँ। तपाईं मेरो प्रेरक हुनुभएको छ।”

ब्राजिलकी एक जवान स्त्रीले भनिन्‌: “तिनले मेरो हृदय छोइन्‌ र परमेश्‍वरलाई अझ पूर्ण रूपले सेवा गर्ने मेरो इच्छालाई बढाईदिइन्‌।”

क्यानाडाकी एक किशोरी लेख्छिन्‌: “म १५ वर्षकी छु। दुइ वर्षअघि, म आटोइम्युन हेपाटाइटिसले पीड़ित भइरहेको छु भन्‍ने कुरा मैले थाह पाएँ। केथी राबर्सनको अनुभवप्रति म आभारी छु। तिनको अनुभवद्वारा मेरो स्वास्थ्य खराब भएपनि यहोवालाई विश्‍वासपूर्वक अझै सेवा गर्नसक्ने र पुनः पूर्ण स्वास्थ्य प्राप्त गर्नको निम्ति परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ व्यवस्थालाई धीरजसित पर्खनुपर्ने कुरालाई मैले बुझें।”

अमेरिका, न्यु जर्सीबाट जनेटले लेखिन्‌: “तिनले भोगेका बिघ्न-बाधाहरू र तिनले देखाएको विश्‍वासले जस्तोसुकै कठिनाइहरू बाबजूद पनि यहोवाको सेवामा स्थिर रहन निरन्तर प्रयत्न गर्न हामीलाई मदत गर्छ। तिनको अनुभवलाई प्रयोग गर्दै विद्यालयको अध्ययन सकेपछि अग्रगामी सेवाको लक्ष्य राख्न मेरा केही बाइबल विद्यार्थीहरूलाई प्रेरणा दिन योजना बनाउँदैछु।”

वृद्धहरू पनि प्रोत्साहित भए

अमेरिका, क्यालिफोर्नियाकी एक स्त्रीले लेखिन्‌: “निस्सन्देह, हाम्रो जीवनको सानो-तिनो विषयहरूलाई तपाईंले महत्त्वहीन सिद्ध गरेर जीवनको अति आवश्‍यक र महत्त्वपूर्ण कुरा यहोवासित सम्बन्ध राख्नु हो भनेर चिनाउनुभएको छ।” तिनले अझ भनिन्‌: “हुन त म जवान अवस्थाको सीमा पार गरेर धेरै वृद्ध भइसकें। यद्यपि तपाईंको अनुभव र दृष्टिकोणले मलाई गहिरो प्रभाव पाऱ्‍यो र प्रेरणा दियो। यसले मेरो प्राथमिकतालाई पुनर्विचार गर्न मदत दिएको छ।”

क्यालिफोर्नियाबाटै पठाएको अर्को पत्रमा यस्तो लेखिएको छ: “मैले पढेका जर्मनी अथवा मलावी वा अरू ठाउँका भाइबहिनीहरूले भोगेका परीक्षा र तपाईंले भोग्नुभएको परीक्षा तुलनायोग्य छ। अहिले म ६८ वर्षको छु। तसर्थ, मैले धेरै अनुभवहरू देखेको, सुनेको र पढेको छु। तर तपाईंको जीवनी जवान र वृद्ध दुवैलाई आशिष्‌ साबित हुनेछ।”

अमेरिका, दक्षिण क्यारोलिनाकी एक स्त्री मूल्यांकन व्यक्‍त गर्दै लेख्छिन्‌: “मेरो बाल्यावस्था बितेको धेरै वर्ष भइसक्यो। अहिले म ७० वर्षकी छु। तपाईं अर्को अय्यूब हुनुहुन्छ। तपाईंको सहनशीलतालाई जवान र वृद्ध सबैले मनमा संगालेर राख्नेछन्‌ भनी म आशा गर्छु।”

अर्को पत्र यस्तो थियो: “केथीको विश्‍वास र संकल्पले मेरो हृदय छोयो। म लगभग ५७ वर्षको छु र अवकाशप्राप्त भएपछि यहोवाको सेवामा अधिक समय बिताउने मेरो एउटा लक्ष्य थियो। तर हालैमा मलाई क्यान्सर भएको पत्ता लाग्यो। जवान र स्वास्थ्य राम्रो हुँदा यहोवालाई अधिक सेवा नचढाएकोले अहिले म कति पछितो गर्छु! यसरी, गम्भीर बिरामीले त्यो सुअवसरबाट कहिले विमुख पार्ने हो त्यो हामी कसैले पहिला थाह लगाउन सक्दैनौं।”

एक जना मसीही प्राचीनले यसरी लेखे: “जीवनमा कहिलेकाहीं मेरो विश्‍वासलाई जाँच्ने नचिताएको कुरा हुनसक्छ। त्यस्तो समयहरूमा पढ्‌नको निम्ति म यो लेखलाई एक विशेष फाइलमा राख्दैछु। यस रीतिरिवाजको अन्त जति नजीकिंदैछ, त्यति नै धेरै कठिनाइहरू सामना गर्नु परिरहेका मित्रवर्गलाई प्रोत्साहन दिन यो लेखलाई म गोठालो कार्यसम्बन्धी फाइलमा पनि राख्दैछु।”

वास्तवमा, हाम्रा विश्‍वभरिको भाइबहिनीहरूको विश्‍वास र साहसले हामीलाई शक्‍ति प्रदान गरेको छ। (१ पत्रुस ५:९) केथीले जस्तै, “फेरि मृत्यु हुनेछैन” भन्‍ने बाइबलको प्रतिज्ञा पूरा भएको हेर्न हामी सबै प्रतीक्षा गर्छौं। (प्रकाश २१:३, ४) त्यो कति हर्षको समय हुनेछ, जब “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’”—यशैया ३३:२४.

[पृष्ठ ८-मा भएको चित्र]

केथी राबर्सन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने