प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १/८ pp. १४-१५
  • पतिको अधीनमा बस्नु—यसको अर्थ के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पतिको अधीनमा बस्नु—यसको अर्थ के हो?
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विवेकको खाँचो छ
  • जब पति आफ्नो जिम्मेवारीबाट पन्छिन्छन्‌
  • “एउटा अर्कोको अधीनमा”
  • तिनले बुद्धिमानी कदम चालिन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • ‘स्त्रीको शिर पुरुष हो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • विवेकी स्त्रीले विपत्ति रोकिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • पत्नी हो—आफ्ना पतिको गहिरो आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १/८ pp. १४-१५

बाइबलको दृष्टिकोण

पतिको अधीनमा बस्नु—यसको अर्थ के हो?

परमेश्‍वरको वचन बाइबलले एफिसी ५:२२ मा यसो भन्छ: “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस।” वास्तवमा यसको अर्थ के हो? के पत्नीले सधैं पतिले चाहेजस्तै गर्नुपर्छ? के तिनी कहिल्यै कुनै कुरामा पनि अग्रसर हुन सक्दिनन्‌? वा के तिनले पतिको भन्दा बेग्लै धारणा राख्नै हुँदैन?

उदाहरणका लागि, बाइबलमा उल्लिखित अबीगेलको विवरणलाई विचार गर्नुहोस्‌। तिनले बुद्धिमत्तापूर्ण कार्य गरिन्‌ तर त्यो तिनको धनी पति, नाबालको इच्छा विपरीत थियो। यहोवा स्वयंले इस्राएलको राजा हुन दाऊदलाई छान्‍नुभएको थियो। दाऊदका मानिसहरूले नाबाललाई दया देखाए तापनि “तिनले ता उनीहरूलाई हकारे।” नाबाल बैगुनी भएको देखेर दाऊद क्रोधित भए अनि तिनलाई मार्न सुरिए। अबीगेलले आफ्नो सम्पूर्ण परिवार खतरामा परेको कुरा चाल पाइन्‌। तिनी दाऊदको क्रोधलाई शान्त पार्न सफल भइन्‌। कसरी?—१ शमूएल २५:२-३५.

नाबाल, “व्यर्थको मानिसा” हो भनी अबीगेलले दाऊदसामु स्वीकारिन्‌ र नाबालले दिन इन्कार गरेका चीजबीजहरू दाऊदलाई दिइन्‌। सामान्यतः पतिले पत्नीको र पत्नीले पतिका भूलहरू अरूलाई बताउनु ठीक होइन। के त्यसोभए अबीगेल पतिको अधीनमा नबसेको हो त? अहँ, होइन। तिनले त नाबाल र तिनको परिवारलाई बचाउन खोजिरहेकी थिइन्‌। अनादर गर्ने वा स्वतन्त्र हुन खोज्ने तिनको बानी थियो भन्‍ने कुनै संकेत पाइँदैन। नाबाललाई रिझाउन गाह्रो थियो। तैपनि तिनले कहिल्यै आफ्नो ठूलो जायजेथा सँभाल्न अबीगेलले दिएको मदतमा असन्तुष्टि व्यक्‍त गरेनन्‌। तर यस संकटकालीन अवस्थामा आफै अग्रसर भएर कदम उठाउनु नै तिनले बुद्धिमानी ठानिन्‌। साथै अबीगेलले उठाएको कदमलाई बाइबलले उचित नै ठानेको पाइन्छ।—१ शमूएल २५:३, २५, ३२, ३३.

अबीगेलको समयभन्दा धेरैअघि पनि कुलपिताहरूका पत्नीहरूले आफ्नो पतिको भन्दा बेग्लै दृष्टिकोण प्रकट गर्थे। पतिहरूले चाहेको भन्दा बेग्लै काम गर्थे। यद्यपि, “परमेश्‍वरमा आशा राख्ने पवित्र स्त्रीहरू” मसीही पत्नीहरूका लागि अहिलेसम्म पनि अधीनताको नमुनाको रूपमा प्रस्तुत छन्‌। (१ पत्रुस ३:१-६) उदाहरणका लागि, जब साराले अब्राहामको छोरा इश्‍माएल तिनीहरूका छोरा इसहाकको निम्ति खतरा भएको महसुस गरिन्‌, तब तिनले इश्‍माएललाई निकाल्ने निर्णय गरिन्‌। यो कुरा अब्राहामलाई “साह्रै नराम्रो लाग्यो।” तर परमेश्‍वरले अब्राहामलाई यसो भन्‍नुभयो: “त्यो बालक[को] . . . तैंले चिन्ता नगरी। साराले तँलाई जसो भन्छ सोही बमोजिम गर्‌।”—उत्पत्ति २१:११, १२.

विवेकको खाँचो छ

अतः पत्नीले अधीनताको नाउँमा जानाजानी मूर्खतापूर्ण कार्य गर्न वा ईश्‍वरीय सिद्धान्त उल्लंघन गर्नैपर्छ भनेर महसुस गर्नु बुद्धिमानी होइन। अनि अबीगेल र साराले जस्तै कुनै अत्यावश्‍यक कामकुराहरूमा अग्रसर भएर कदम उठाउँदा तिनलाई दोषी महसुस गराउन नहुने हो।

पतिको अधीनमा बस्नुको अर्थ पतिका सबै इच्छाहरू पूरा गर्नैपर्छ भन्‍ने होइन। त्यसोभए ती कस्ता अवस्थाहरूमा लागू हुन्छन्‌ त? सही सिद्धान्तहरू उल्लंघन होला जस्तो देखिएमा तिनी आफ्नो पतिसित असहमत पनि हुनुपर्ला। असहमत हुनै परे तापनि तिनले ईश्‍वरीय अधीनताको मनोभाव भने झल्काउनुपर्छ।

निस्सन्देह, जानाजानी आफ्नो पतिको इच्छालाई द्वेष वा अन्य गलत उद्देश्‍यहरूका कारण बेवास्ता नगर्न पत्नी होशियार हुनुपर्छ। “बुद्धिमानी” अबीगेलजस्तै तिनी पनि विवेकी हुनुपर्छ।—१ शमूएल २५:३.

जब पति आफ्नो जिम्मेवारीबाट पन्छिन्छन्‌

पत्नीहरू ईश्‍वरीय अधीनतामा बस्नुको प्रमुख उद्देश्‍य र मनोभाव यहोवालाई खुशी तुल्याउनु हो र यो आफ्नो पतिलाई सहयोग गरेर तथा तिनका निर्णयहरूमा समर्थन जनाएर गर्न सकिन्छ। आध्यात्मिक तवरमा पति परिपक्व छन्‌ भने त यो सजिलै हुन्छ। तर छैनन्‌ भने चुनौतीपूर्ण हुनसक्छ।

यस्तो बेला तिनले के गर्नसक्छिन्‌? तिनले पतिसित निष्कपटतासाथ बिन्ती गर्नसक्छिन्‌ या कस्ता निर्णयहरूबाट परिवारले धेरैभन्दा धेरै फाइदा उठाउनसक्छ भनेर सुझाउ दिनसक्छिन्‌। पतिलाई नै ‘अगुवाइ लिन’ दिइन्‌ भने तिनी अझै निपुण हुनसक्छन्‌। पतिलाई सधैं कचकच गरिरहनु सही अधीनता देखाएको हुनेछैन। (हितोपदेश २१:१९) यद्यपि, पतिका निर्णयहरूले गर्दा परिवारको हित हुँदैन जस्तो देखिन्छ भने साराले जस्तै पत्नीले सही मार्गको सुझाउ दिनसक्छिन्‌।

पति बेग्लै धर्म मान्छन्‌ भने पत्नीको लागि झनै चुनौतीपूर्ण हुन्छ। पतिले अह्राएका कार्यहरूले गर्दा बाइबलको व्यवस्थाहरू उल्लंघन हुँदैनन्‌ भने, पत्नी पतिको अधीनमा बस्नुपर्छ। येशूका चेलाहरूलाई अदालतले परमेश्‍वरको आज्ञा उल्लंघन गर्न अह्राउँदा “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ” भनेर जवाफ दिएका थिए। पतिले बाइबलका व्यवस्थाहरू उल्लंघन हुने कार्यहरू गर्न अह्राएमा मसीही पत्नीको प्रतिक्रियामा पनि त्यस्तै मनोभाव झल्किनुपर्छ।—प्रेरित ५:२९.

तथापि, अनुभव र बुद्धिको कमीले गर्दा असल मनसाय भएका पतिपत्नीले समेत आ-आफ्नो भूमिका राम्ररी निर्वाह गर्न सकिरहेको नहोला। पतिले अरूको त्यति धेरै ख्याल नराख्लान्‌ र पत्नीले चाहिं आफ्नै इच्छाअनुसार गर्न जिद्दी गर्लिन्‌। यस्तो बेला कुन कुराले मदत गर्नेछ? दुवै जना आफ्नो कमजोरीबारे सजग हुनुपर्छ किनभने “हामी धेरै कुरामा चुक्‍तछौं।”—याकूब ३:२.

थुप्रै पुरुषहरूले आफ्नी पत्नीले विवेक चलाएर केही कार्य गर्न अग्रसर भएकी छिन्‌ भने त्यसको मूल्यांकन गर्नेछन्‌। अनि गल्ती गर्दा पति र पत्नी दुवैले क्षमा मागेमा आपसी सहयोगको भावना बढ्‌छ। हामीले दिनहुँ गर्ने गल्तीहरूलाई यहोवाले क्षमा दिनुभएझैं हामीले पनि अरूलाई क्षमा दिनुपर्छ। “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खड़ा हुनसक्छ र? तर तपाईंको डर मान्‍न तपाईंसित क्षमा पनि छ।”—भजन १३०:३, ४.

“एउटा अर्कोको अधीनमा”

हाम्रै हितको लागि धर्मशास्त्रले यस्तो सल्लाह दिन्छ: “ख्रीष्टको भयमा एउटा अर्कोको अधीनमा बस।” जोरी खोज्ने वा म मात्र के कम भन्‍ने भावना नराख्नुहोस्‌, एकअर्कोप्रति मायालु ढंगमा आदर देखाउनुहोस्‌। शास्त्रपद अझै यसो भन्छ: “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीका शिर पति हुन्‌, जस्तो ख्रीष्ट शरीरको मुक्‍तिदाता भई मण्डलीका शिर हुनुहुन्छ।”—एफिसी ५:२१-२३.

एफिसी ५:२१, २२ मा पावलले चलाएको युनानी शब्दले जबरजस्ती अधीनतामा बस्नु होइन तर स्वेच्छासाथ अधीनतामा बस्नु भन्‍ने अर्थ बुझाउँछ। अनि पतिको अधीनमा बस्नु विवाहमा मेलमिलाप ल्याउनको लागि मात्र नभई प्रभुको खातिर हो। ख्रीष्टको अभिषिक्‍त मण्डली स्वेच्छासाथ आनन्दपूर्वक ख्रीष्टको अधीनमा बस्छ। पत्नीले पनि त्यसै गरिन्‌ भने वैवाहिक जीवन सुखी र सफल हुने सम्भावना धेरै हुन्छ।

धर्मशास्त्रले यसो पनि भन्छ: “तिमीहरू हरेकले [पति] आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर” अर्थात्‌ अनवरत गरिरहनू। (एफिसी ५:३३; १ पत्रुस ३:७) पतिले पनि आफू आफ्नो शिरको अधीनमा बस्नुपर्छ भनेर बिर्सनु हुँदैन किनभने बाइबलले यसो भन्छ: “हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ।” हो, पति ख्रीष्टका शिक्षाहरूको अधीनमा हुनुपर्छ। र ख्रीष्ट पनि आफ्नो शिरको अधीनमा हुनुहुन्छ: “ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।” अतः, यहोवाबाहेक सबै जना कसै न कसैको अधीनमा बस्नुपर्छ। अनि परमेश्‍वरले आफूलाई समेत आफ्नो व्यवस्थाहरूको परिधिभित्र राख्नुभएको छ।—१ कोरिन्थी ११:३; तीतस १:२; हिब्रू ६:१८.

मसीही अधीनता सन्तुलित छ अनि यो पुरुष र स्त्री दुवैको लागि लाभकारी छ। यसले वैवाहिक जीवनमा मेलमिलाप र सन्तुष्टि ल्याउँछ जुन मायालु सृष्टिकर्ताले मात्रै दिन सक्नुहुन्छ।—फिलिप्पी ४:७.

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

Leslie’s

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने