प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • “चुपचाप बसेर ध्यान देऊ!”
    ब्यूँझनुहोस्‌!—१९९७
  • समस्यासित जुझ्ने
    ब्यूँझनुहोस्‌!—१९९७
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

सर्पको डसाइ व्यवसायिक सर्प विशेषज्ञ भएको नाताले मैले सर्पहरूको हेरविचार गर्नुका साथै तिनीहरूको विष पनि झिक्नुपर्छ। “के तपाईं गोमन भेट्‌न चाहनुहुन्छ?” (अप्रिल-जून, १९९६), “हाबू—आदर गर्नुपर्ने सर्प” (जुलाई ८, १९९६ [अंग्रेजी]) र “खतरा! म बिषालु छु” (अगस्त २२, १९९६ [अंग्रेजी]) जस्ता सबै लेखहरूले यहोवाको सृष्टिको सकारात्मक पक्ष देखायो। तथापि, एउटा कुरा भने बताउन चाहन्छु, त्यो के हो भने सर्पले डस्दा टर्निकेट्‌स लाउन सुझाउ दिइँदैन। धेरैजसो मानिसहरूले यो राम्ररी लगाउन जान्दैनन्‌ जसले गर्दा हातखुट्टा नै चलाउन असमर्थ भएका छन्‌। हातखुट्टा मड्‌किंदा जसरी ब्याडेन्ज लाउँछौं सर्पले डसेको बेला पनि त्यसरी नै लाउन म कडा सल्लाह दिन्छु। विष अलि अलि फैलिन त फैलिन्छ तर रक्‍त सञ्चार भइरहन्छ जसले गर्दा हातगोडा “जीवित” रहन्छ।

पि. आर., इंग्ल्याण्ड

चिकित्सासम्बन्धी थुप्रै नयाँ नयाँ पुस्तकहरू यस कुरामा सहमत छन्‌ र हामी हाम्रो पाठकलाई स्पष्टिकरणको लागि धन्यवाद दिन चाहन्छौं।—सम्पादक।

काग “काग—यो किन भिन्‍नै छ?” भन्‍ने लेख प्रकाशित हुँदा म बिरामी थिएँ। (जनवरी ८, १९९७ [अंग्रेजी]) त्यतिबेला अत्यन्तै विरक्‍त लागिरहेको थियो। तर कागको चातुर्य देखेर मलाई हाँसउठ्यो। पछि, मैले ब्यूँझनुहोस्‌!-का लेखहरूको जानकारी चलाएर चराहरूबारे स्कूल रिपोर्ट तयार गरें। मैले त्यसमा राम्रो अंक पाएँ।

जे. बि., स्लोभाकिया

सिक्ने असमर्थता “सिक्ने असमर्थता भएका केटाकेटीहरूको लागि मदत” नामक श्रृंखलाको लागि धन्यवाद। (मार्च ८, १९९७) मेरो प्राइभेट स्कूल छ र मैले सबै शिक्षकहरूलाई यसको फोटोकपी दिएको छु। तपाईंहरूकै पत्रिकामा दिएको जानकारीको आधारमा संवाद पनि लेखेकी छु। यी विषयहरूलाई सन्तुलित ढंगमा व्यक्‍त गर्नुभएको लागि धन्यवाद।

ई. जि., होण्डुरस

ए डि डि भएका बच्चा तथा वयस्कहरूको निम्ति सक्रियता साथ काम गर्ने सबैभन्दा ठूलो राष्ट्रिय स्वयंसेवी संगठनको म कार्यकारी निर्देशक हुँ। अटेन्शन डेफिसिट हाइपरएक्टीभिटी डिस्‌अडर (ए डि एच डि) र अटेन्शन डेफिसिट डिस्‌अडर (ए डि डि) जस्ता विषयहरूमा विचारशील लेखहरूका लागि तपाईंहरूको तारिफ गर्नैपर्छ। यो असमर्थता प्रायः मानिसहरू बुझ्दैनन्‌। ठीकसित रोग पत्ता लगाएर मिल्दो उपचार गर्दा थुप्रै मानिसहरू लाभान्वित भइरहेका छन्‌ भनी स्वीकार्नुभएकोमा हामी मूल्यांकन गर्छौं। आमाबाबुको प्रेम र समझदारितामाथि तपाईंहरूले दिनुभएको महत्त्वले पनि महत्त्वपूर्ण सन्देश दिन्छ।

एल. आर., संयुक्‍त राज्य

मेरो ए डि एच डि भएको छोरा छ र ऊ छुकछुके बच्चा मात्र होइन भनेर बुझ्न मलाई गाह्रो भएको छ। मान्छेहरूले “त्यो बच्चालाई तिनीहरूले किन तह लगाउन नसकेका?” भन्‍नेजस्ता थुप्रै छुच्चा टिप्पणीहरू गरेका छन्‌। यस्ता टिप्पणीहरू सुन्दा असाध्यै चित्त दुख्छ किनभने वास्तवमा मैले उसलाई अनुशासनमा राख्न निकै समय बिताएकी छु। आशा छ तपाईंहरूको यस स्पष्टिकरणले यसप्रकारको रोग साँच्चै छ भनी अरूलाई बुझ्न मदत गर्नेछ र तिनीहरूले पनि प्रोत्साहन दिनेछन्‌।

एम. टि., संयुक्‍त राज्य

हाम्रो सिक्ने असमर्थता भएको बच्चा भएकोले यस लेख पाउँदा हामी कत्ति आनन्दित भयौं भनी तपाईंहरूले अनुमानै गर्न सक्नुहुन्‍न। यसले आमाबाबुलाई कसरी असर गर्छ तथा हामीले असाध्यै ठूलो भार उठाउनुपर्छ र अरूको चित्त दुख्ने वचनहरूले कसरी असर गर्छन्‌ भनी उल्लेख गर्नुभएकोमा हामी आभारी छौं।

जे. सी. र बि. सी., क्यानाडा

परमेश्‍वरको मित्र “युवा जनहरू सोध्छन्‌.  . . म कसरी परमेश्‍वरको मित्र बन्‍नसक्छु?” भन्‍ने लेखको लागि धेरै धन्यवाद। (मार्च ८, १९९७) यस लेखले मलाई धेरै मदत गऱ्‍यो। अहिले म सन्तुष्ट महसुस गर्छु किनभने यहोवा मेरो मित्र हुनुहुन्छ भनेर बुझेको छु! यस मित्रतालाई कसरी कायम राखीराख्ने भन्‍ने लेख पढ्‌न हतार भइसक्यो।a

टि. ई., इटाली

फूलहरू म दश वर्षकी छु र “फूलहरू शुभेच्छा व्यक्‍त गर्न दिइन्छन्‌” लेखको लागि धन्यवाद दिन चाहन्छु। (अप्रिल ८, १९९७) फूललाई निकै दिनसम्म टिकाउन के गर्नुपर्छ भनेर सिकें।

एल. सी., इटाली

मलाई फूलहरू असाध्यै मन पर्ने भएकोले वर्षौंदेखि तिनीहरूलाई लामो समयसम्म कसरी टिकाउने जान्‍न चाहन्थें। तर तिनीहरू जहिले पनि चाँडै ओइलाइहाल्थे। ब्यूँझनुहोस्‌!-मा दिइएका सुझाउहरू साँच्चै मदतकारी साबित भए। तपाईंहरूले गरिरहनुभएको कामको लागि म कृतज्ञ छु।

जे. पि., मेक्सिको

[फुटनोट]

a जून ८, १९९७ को ब्यूँझनुहोस्‌! हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने