पाठकहरूका प्रतिक्रिया
लाभदायक मनोरञ्जन म पनि यहोवाका साक्षी बन्न अध्ययन गर्दैछु र “लाभदायक मनोरञ्जनको खोजमा” भन्ने श्रृंखलाबद्ध लेखहरूका लागि धन्यवाद दिन चाहन्छु। (जून ८, १९९७) हेर्न लायकका टिभी कार्यक्रमहरू थोरै मात्र छन् अनि उक्त लेखमा जवान तथा वृद्ध सबैका लागि राम्रो सल्लाह दिइएको थियो। आशा छ, तपाईंहरूले यस्ता विषयहरूमा जानकारी दिइरहनुहुनेछ।
डि. डब्ल्यु., संयुक्त राज्य
के परमेश्वर मेरो मित्र रहिरहनु हुनेछ? “युवा जनहरू सोध्छन् . . . के परमेश्वर मेरो मित्र रहिरनु हुनेछ?” भन्ने असाध्यै राम्रो लेखको लागि हाम्रो मायालु सृष्टिकर्तालाई मुरीमुरी धन्यवाद दिन चाहन्छु। (जून ८, १९९७) हालैको कुरा हो, मेरा साथीहरू कति जना होलान् भन्नेबारे मैले एउटा प्रश्नपत्र भरेकी थिएँ अनि साथीहरू सधैं मेरो साथमा हुनेछन् भनेर त्यसको परिणामबाट ढुक्क भएकी थिएँ। तर दुःखको कुरा, त्यो त सरासर झूट रहेछ। तैपनि, हाम्रो घनिष्ठ साथी यहोवा परमेश्वर मात्र हुनुहुन्छ भनेर मलाई थाह छ। हो, यहोवा परमेश्वरलाई आफ्नो हितैषी बनाएका छैनौं भने बाँकी सम्पूर्ण कुरा निरर्थक हुनेछ।
ए. टि. एम., मेक्सिको
युवाहरूप्रति चासो देखाउनुभएकोमा धन्यवाद। मलाई चाहिएकै बेलामा “युवा जनहरू सोध्छन् . . . के परमेश्वर मेरो मित्र रहिरहनु हुनेछ?” भन्ने लेख पढ्न पाएँ। म बहिष्कृत भएको थिएँ र हालै मात्र पुनर्स्थापित भएको छु। कहिलेकाहीं म असाध्यै एक्लो महसुस गर्थें र मनमा अनेकन् शंका उपशंकाहरू उब्जन्थे। एउटा थियो, के परमेश्वरले मेरो कुरा सुन्नुहुन्छ? “शरीरमा एक किसिमको छेस्को” उपशीर्षकअन्तर्गत पावलको नमुना केलाएपछि नियमित तवरमा बाइबल अध्ययन तथा निष्कपट प्रार्थनाद्वारा यहोवासित आशिष् मागें। तीमध्ये के यहोवा मेरो मित्र रहिरहनु हुनेछ? भन्ने प्रश्नको सुस्पष्ट जवाफ पाएको छु।
जे. सि. ए., अर्जेन्टिना
माहुरीपालन माहुरीबारे सही अनि संक्षिप्त जानकारी प्रदान गरिएको “माहुरीपालन—‘गुलियो’ कथा” भन्ने (जून ८, १९९७) लेखको सन्दर्भमा यो पत्र लेख्दैछु। स्पष्टीकरण, तस्बिर तथा भावनाहरूको उचित सम्मिश्रण मलाई मन पऱ्यो र त्यसमा कुनै गलत कुरा छापिएको थिएन। माहुरीपालक प्रायजसो सञ्चारमाध्यमले अपुग वा पूर्णतया सही नभएको जानकारी प्रस्तुत गरेको महसुस गर्छ तर तपाईंको लेख त्यस्तो पटक्कै थिएन। म पनि उत्साही माहुरीपालक हुँ र थुप्रै अधिकांश मानिसहरूभन्दा मलाई यी कीराहरू ‘बुद्धिमान्’ लाग्छ। त्यसकारण, यस लेखद्वारा तपाईंहरूले यी साना प्राणीहरूमा प्रस्टै देखिने जीवनको सौन्दर्यप्रति श्रद्धा चढाउनुभयो भन्नु अनुचित नहोला।
पि. जि. एम., इटाली
युवा जनहरू सोध्छन् . . . म १२ वर्षकी केटी हुँ। स्कूलमा पढ्छु र तपाईंका पत्रिकाहरू पढ्न असाध्यै रमाइलो लाग्छ। ती पढ्नुअघि मलाई आफूभन्दा ठूलो उमेरका मानिसहरूसित घुलमिल हुन गाह्रो लाग्थ्यो। तर ब्यूँझनुहोस्! पत्रिकाको “युवा जनहरू सोध्छन् . . . ” पढेपछि त्यसो गर्न निकै सजिलो भएको छ। तपाईंहरूलाई धन्यवाद छ!
एन. टि., रूस
पाठकहरूका प्रतिक्रिया मैले नियमित तवरमा ब्यूँझनुहोस्! पढ्न थालेको २६ वर्ष भइसक्यो र अहिले पनि त्यत्तिकै रमाइलो लाग्छ। “पाठकहरूका प्रतिक्रिया” पढ्न कहिल्यै बिराउँदिन किनभने त्यहाँ लेखिएका टिप्पणीहरू पढेपछि ती लेखहरू फेरि दोहऱ्याएर पढ्न उत्प्रेरित हुन्छु। यी सर्वोत्कृष्ट पत्रिकाहरूका लागि धन्यवाद।
एम. बी., फ्रान्स
म हाम्रा सबै पत्रिकाहरूको कदर गर्छु। मलाई जून ८, १९९७ ब्यूँझनुहोस्! (अंग्रेजी) पत्रिकामा बहिष्कारबारे पाठकहरूका प्रतिक्रिया सबैभन्दा मन पऱ्यो। म बहिष्कृत भएकी थिएँ र त्यसपछिको साल पुनर्स्थापित भएँ। धेरैजसो मानिसहरू यसलाई कठोर कार्य ठान्छन्। तर वास्तवमा होइन। मलाई अनुशासन स्वीकार्न गाह्रो भयो तर त्यो कठोर चाहिं थिएन। प्राचीनहरूले मलाई मदत गर्न खोजिरहेका थिए भनेर मलाई थाह छ। तिनीहरूको मदत स्वीकार्न इन्कार गरेकोले म बहिष्कृत हुन पुगें। बहिष्कृत भइसकेपछि यहोवाबिनाको जीवन कत्तिको न्यास्रो हुँदो रहेछ भनेर बुझें। मेरो जीवनमा कुनै पनि कुराले पूर्ति गर्न नसक्ने ठूलो शुन्यता थियो तर आफ्नो जीवनशैली परिवर्तन गरेर यहोवातिर फर्केपछि त्यो शून्यता रहेन। बहिष्कृत भएपछि मैले नम्र हुन सिकें अनि यहोवा अनि उहाँको संगठनको महत्त्व पनि बुझें।
ए. सि., क्यानाडा
ब्यूँझनुहोस्! ब्यूँझनुहोस्! जस्तो असाध्यै राम्रो पत्रिकाको ग्राहक सुविधा नवीकरण गर्न बिर्सेकीमा क्षमा प्रार्थी छु। ती पत्रिका जानकारीमूलक, शिक्षाप्रद तथा तथ्यगत हुनुका साथै यसका लेखहरू उत्प्रेरणादायी छन् र मानिसहरूलाई जागरूक बनाउँछन्। मैले पढ्न नपाएकी सबै अंकहरू प्राप्त गर्न चाहन्छु। म एउटै पनि छुटाउन चाहँदिनँ। यसरी धैर्यपूर्वक शिक्षा दिइरहनुभएकोमा धन्यवाद छ।
एन. एस., श्रीलंका