अकल्पनीय यातनाका औजारहरू
“सांगला,” “यातना” र “ज्यान सजाय” भन्नेजस्ता शब्दहरू सुन्दा के तपाईंको आङ सिरिङ्ग हुन्छ? ती युरोपमा इन्क्विजिसन तथा तथाकथित बोक्सी मुद्दाका (१३ औं र १९ औं शताब्दीको बीच) शिकार भएका हजारौं व्यक्तिहरूका निम्ति पीडादायी वास्तविकता थियो। यहाँ तस्बिरमा देखाइएका औजारहरू त्यस समयको हो र यी जर्मनीमा राइन शहरको रुडेशाइम संग्रहालयमा राखिएका छन्। मानिसहरूले कस्तो सास्ती भोगे भनी ती औजारहरूबाट अन्दाज लगाउनसक्छौं।
तीखा काँडै काँडा भएको इन्क्विजिसन मेचमा निर्दोष व्यक्तिलाई केरकारको निम्ति नांगै राख्दा तिनीहरूले भोगेका सास्तीहरू वर्णनै गर्न सकिंदैन। कसैको हातखुट्टा वा जोर्नीहरू भाँचिदिइन्थ्यो वा घुँडा च्याप्नेले चलहल गर्न नहुने गरिदिइन्थ्यो। तिनको शरीरभरि चिथर्न बिरालोको पञ्जा प्रयोग गरिन्थ्यो। तिनको शरीरको कुनै पनि भागलाई बाँकी राखिदैनथ्यो। काँडेदार पेटीले त्यस निर्दोष व्यक्तिको घाँटी, काँध र बंगाराको घाउ कुहिन्थ्यो र त्यसपछि रगत नै विषाक्त भएर अन्ततः मृत्यु हुन्थ्यो।
भिन्न मत भएका मानिसहरूसित व्यवहार गर्न रोमन क्याथोलिक चर्चको निर्देशनमा धर्माधिकारीहरूले अक्सर ती तथा त्यस्तै खाले अन्य औजारहरू चलाउँथे। अक्सर निन्दितहरू साधारण व्यक्तिहरू नै हुन्थे र सास्ती पाएपछि तिनीहरूलाई जबरजस्ती “पाप स्वीकार्न” लगाइन्थ्यो। वाल्देनीहरूको समयमा गरिएको क्याथोलिक इन्क्विजिसनमा त सास्ती दिने औजारहरू पवित्र जलले समेत छर्कने गर्थे।
इन्क्विजिसनको निम्ति मसीहीजगत् अत्यन्तै दोषी छ। इतिहासकार बल्टर नीग यसो भन्छन्: “मसीहीजगत्ले खुल्लमखुल्ला र दृढ विश्वासका साथ इन्क्विजिसनको बेला गरेका पाप नस्वीकारेसम्म र धर्मसम्बन्धी जति पनि हिंसा गरिए त्यसको इमानदारीपूर्वक तथा बिना शर्त भर्त्सना नगरेसम्म कुनै आशिष् पाउनेछैन।”
[पृष्ठ ३१-मा भएको चित्र]
इन्क्विजिसन मेच
घुँडा च्याप्ने
बिरालोको पञ्जा
काँडेदार पेटी
[स्रोत]
सबै चित्रहरू: Mittelalterliches Foltermuseum Rüdesheim/Rhein