प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ४/८ पृ. ३१
  • अनौठो चिहान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनौठो चिहान
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • आज हाम्रो सेवकाईमा पर्चाहरू किन अति मूल्यवान छन्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • के तपाईंलाई ‘दान दिने सुअवसर पाउँदा’ खुसी लाग्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • चित्रहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • “यति धेरै पैसा कहाँबाट आउँछ?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
ब्यूँझनुहोस्‌!—२०००
g00 ४/८ पृ. ३१

अनौठो चिहान

इक्वेडरका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

इक्वेडरको राजधानी क्वीटोको उत्तरमा पर्ने इबारा शहरमा एउटा अनौठो चिहान छ— एल सिमेन्टेरियो डे लोस पोबरेस (गरिबहरूको चिहान)। यो किन अनौठो छ? यस चिहानको बाहिरको पर्खालमा कोरिएका चित्रहरू वाच टावर सोसाइटीको प्रकाशनबाट सीधै लिइएका हुन्‌!a चित्रको बीचमा प्रेरित यूहन्‍ना देखाइएको छ र यो प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको पृष्ठ ७ बाट लिइएको हो। यूहन्‍नाको माथि स्पेनी भाषामा यो पद लेखिएको छ: “परमेश्‍वरको राज्य . . . धार्मिकता, शान्ति र आनन्द हो। रोमी १४:१७.” त्यसको बायाँतिर मत्ती ११:२८ का शब्दहरू लेखिएका छन्‌: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” यो न्यु वर्ल्ड ट्रान्सलेसन-बाट उद्धृत गरिएको हो। निस्सन्देह, यस चिहानको पर्खालले परमेश्‍वरको वचनतिर मानिसहरूको ध्यान आकर्षित गर्छ।

[फुटनोट]

a कानुनी आवश्‍यकता पूरा गर्न वाच टावर प्रकाशनका कुनै पनि लेख वा चित्र छाप्नुअघि अनुमति लिनुपर्छ र यसको श्रेय वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिल्भेनियालाई दिनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने