प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ २/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • भासा—दुर्घटनाबाट आकर्षणको चीज
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ २/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

कोयो “प्रेम अन्धो हुँदा” (अप्रिल ८, २०००) लेखले प्युपा अवस्थाबाट पुतली अर्थात्‌ अंग्रेजीमा मथ निस्कन्छ भनी उल्लेख गरेको छ। यद्यपि, पुतली अर्थात्‌ अंग्रेजीमा बटरफ्लाइको मात्र प्युपा हुन्छ। मथले कोयो बनाउँछ।

भी.एल. संयुक्‍त राज्य

“वेब्सटर्स नाइन्थ न्यु कलेजिएट डिक्शनरी”-अनुसार “प्युपा” अर्थ बुझाउने अंग्रेजी शब्द, क्रिसालिसलाई बृहत्‌ रूपमा “कुनै पनि कीराको प्युपा” बुझाउन प्रयोग गर्न सकिन्छ। बटरफ्लाइको सन्दर्भमा यसको प्रयोग सामान्य भइसकेको छ। यद्यपि, केही स्रोतहरूले मथको लागि यो शब्द चलाउँछन्‌।—सम्पादक। (g01 1/08)

भासा “भासा—दुर्घटनाबाट आकर्षणको चीज” लेखको लागि म कृतज्ञता व्यक्‍त गर्न चाहन्छु। (मे ८ २०००) इतिहासकारको हैसियतमा मैले यस विषयमा काम गरिसकेको हुँदा म भन्‍न सक्छु, यो लेख राम्ररी अनुसन्धान गरेर लेखिएको छ। घटनालाई राम्ररी व्याख्या गरेर यसले उत्कृष्ट कार्य गरेको छ।

टि. डब्लु., जर्मनी (g01 1/08)

कानुनी विजयहरू हालै मेरा बच्चाहरूको देखभाल गर्ने हकको लागि म अदालत जानुपऱ्‍यो र मेरो भूतपूर्व पतिले मेरो धार्मिक विश्‍वासलाई एउटा विवादको विषय बनाए। साँच्चै कठिन परिस्थिति झेल्नु पऱ्‍यो। “लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन” (मे ८, २०००) लेख पढ्‌दा मेरो आँखाबाट बरबरी आँसु झऱ्‍यो।

डि.बी. संयुक्‍त राज्य

यो लेख पढेपछि मैले त्यसबारे स्थानीय वकिलहरूलाई बताएँ। कसैले पनि विरोध गरेनन्‌। कसै कसैले मलाई कफी पिउँदै छलफल गर्न भित्र बोलाए। आफ्ना वकिल साथीहरूलाई दिन धेरैले थप प्रतिहरू मागे। हेडन कभिंगटनले अमेरिकाको सर्वोच्च अदालतमा जम्मा ४५ मुद्दाहरूमध्ये ३६ वटा जितेका थिए भन्‍ने विवरण देखाउँदा सबै वकिलहरू छक्क परे।

सी. एम. संयुक्‍त राज्य (g01 1/08)

जमिनमनि बिछ्याइएका विस्फोटक पदार्थहरू  “जमिनमनि बिछ्याइएका विस्फोटक पदार्थहरू—त्यसबाट जोगिन के गर्न सकिन्छ?” लेखबाट म प्रभावित भएँ। (मे ८, २००० अंग्रेजी) जमिनमनि बिछ्याइएका विस्फोटक पदार्थका कारण हरेक वर्ष यतिका धेरै गैरसैनिक व्यक्‍तिहरू मरिरहेका छन्‌ भन्‍ने सुन्दा आङै सिरिंङ हुन्छ।

इ.यू., फिनल्याण्ड

मानिसहरूले आफ्नै सहमानवहरूलाई घात पुऱ्‍याउने यी विनाशकारी साधनहरू प्रयोग गर्दैछन्‌ भन्‍ने पढ्‌दा म लज्जित भएँ। परमेश्‍वरले हस्तक्षेप गरेर पृथ्वीबाट दुष्टता हटाउने जायज कारण छ।

जी.एस., ब्राजिल

महत्त्वपूर्ण विषयमा जन चेतना जगाउने लेखहरू उल्लेखनीय थिए। आवरण फोटो आकर्षक थियो।

आर.एच. संयुक्‍त राज्य (g01 1/22)

नैराश्‍यसित डट्‌ने म निराशाको सिकार भएको हुँदा “बाइबलको दृष्टिकोण: नैराश्‍यसित कसरी डट्‌ने” (जून ८, २०००) लेख पाउने बित्तिकै पढिहाले। तपाईंहरूले भनेअनुसार आफ्नो कुरा बुझिदिने कुनै व्यक्‍तिसँग कुरा गर्नु साह्रै प्रोत्साहनदायी हुँदो रहेछ। तपाईंहरूको उत्कृष्ट लेखको लागि म आभारी छु।

ए.डि., लिथुआनिया (g01 1/22)

ल्याक्टोज अपज डरलाग्दा लक्षणहरू देखापरेपछि मेरी पत्नी डाक्टरकहाँ जँचाउन गइन्‌। तिनलाई ल्याक्टोज अपच भएको हुनसक्छ भनी डाक्टरले भने। मैले पहिले कहिल्यै यसबारे सुनेकै थिइनँ। तसर्थ, “के तपाईंलाई ल्याक्टोज अपच भएको छ?” (मे ८, २००० अंग्रेजी) लेखको लागि हामी आभारी छौं। यस उत्कृष्ट जानकारी एकदमै समयसापेक्ष थियो।

इ.पि. संयुक्‍त राज्य (g01 1/22)

चरा र कैदीहरू थुप्रै चरालाई स्याहारसुसार गरेर फेरि जंगलमै छोद्‌डा हुने आनन्द मैले अनुभव गरेको छु। चराले कैदीलाई के सिकाउनसक्छ? (जून ८, २०००) नामक लेखले कसरी यहोवाको एउटा सानो सृष्टिले पनि हामीलाई थुप्रै कुरा सिकाउन सक्छ भनी राम्ररी बुझें।

ई.डि., संयुक्‍त राज्य (g01 1/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने