प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ६/८ पृ. ९
  • विश्‍वशान्ति सपना मात्र होइन!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वशान्ति सपना मात्र होइन!
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • पृथ्वीमा शान्ति कसरी छाउनेछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “परमेश्‍वरको शान्तिले” तपाईंको हृदयलाई सुरक्षित राखून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मानवजातिलाई शान्ति तर्फ कसले डोऱ्‍याउनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ६/८ पृ. ९

विश्‍वशान्ति सपना मात्र होइन!

के अल्फ्रेड नोबेलले बितेको शताब्दीलाई फर्केर हेर्न सक्ने भए विश्‍वशान्तिको सम्भावनाप्रति आशावादी हुन सक्नेछन्‌? निस्सन्देह, युद्धलाई अन्त गर्न थुप्रैले निष्कपट प्रयास गरेका छन्‌ भन्‍ने कुरा थाह पाउँदा तिनी पक्कै पनि खुसी हुनेछन्‌। तैपनि, तिनले कटु वास्तविकताको सामना गर्नुपर्नेछ। प्राध्यापक ह्‍यु थोमस त्यसको निचोड यसरी निकाल्छन्‌: “बीसौं शताब्दीमा सामाजिक उन्‍नति भएको अनि गरिबहरूप्रति सरकारहरूले गहन चिन्ता लिएको भए तापनि यस अवधिभर मेसिन गन, ट्यांक, B-52, आणविक बम अनि अन्ततः मिसाइलजस्ता हतियारहरूको अत्यधिक प्रयोग भएको छ। यस शताब्दीको युद्धमा जति रक्‍तपात अनि विनाश अरू कुनै युद्धमा भएको थिएन।” थोमस अझ यसो भन्छन्‌, “तसर्थ, यस युगलाई अब उन्‍नतिशील भन्‍ने हो वा होइन, त्यो हरेक व्यक्‍तिको आफ्नै सोचाइमा भर पर्ने कुरा हो।”

अब २१ औं शताब्दीमा प्रवेश गरेपछि के हाम्रो विश्‍वशान्तिको आशा पूरा होला जस्तो देखिन्छ? पटक्कै देखिंदैन! सेप्टेम्बर ११, २००१ मा न्यु योर्क शहर र वासिङ्‌टन डि.सी.-मा भएको आतंककारी आक्रमणतर्फ संकेत गर्दै न्युजवीक पत्रिका यसो भन्छ: “जहाँ ७६७ जस्ता हवाईजहाजहरू निश्‍चित ठाउँमा आक्रमण गर्ने मिसाइलमा परिणत हुनसक्छन्‌, त्यहाँ केही कुरा असम्भव, अपत्यारिलो जस्तो देखिंदैन वा अझ त्योभन्दा पनि दयनीय कुरा, त्यसलाई रोक्न सकिएला जस्तो छैन।”

कसै-कसैको सोचाइअनुसार विश्‍वमा शान्ति छाउन दुइटा कुरा अत्यावश्‍यक छन्‌। ती हुन्‌: पहिलो, मानिसहरूको सोचाइ तथा आनीबानीमा पूर्णतया परिवर्तन आउनु अनि दोस्रो, सबै राष्ट्र एउटै सरकारभित्र गाभिनु। बाइबलले त्यस्तो शान्ति छाउने समयबारे भविष्यवाणी गर्छ तर मानिसको शक्‍तिले होइन। भजन ४६:९ ले सृष्टिकर्ता यहोवाबारे यसो भन्छ: “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।” यो कुरा परमेश्‍वरले कसरी पूरा गर्नुहुनेछ? उहाँको राज्यमार्फत, जसको लागि आज थुप्रै निष्कपट मानिसहरूले बारम्बार प्रार्थना गर्छन्‌। त्यो राज्य मन भित्रको एउटा अवस्था मात्र नभई वास्तविक सरकार हो जसद्वारा परमेश्‍वरले पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म शान्ति स्थापना गर्नुहुनेछ। त्यस सरकारको अधीनमा रहनेहरूले “अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌” भनेर प्रेरित अगमवक्‍ता यशैयाले भविष्यवाणी गरे। (यशैया २:४) विश्‍वव्यापी शैक्षिक कार्यक्रमको माध्यमद्वारा मानिसहरूले शान्तिसित बस्न सिक्नेछन्‌ र तिनीहरूले “आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌।”

अहिले नै यहोवाका साक्षीहरूले त्यसो गरिरहेका छन्‌। तिनीहरू विभिन्‍न जातीय समुदायहरूको भाग हुनुका साथै २०० भन्दा बढी मुलुकमा बसिरहेका भए तापनि आफ्ना सँगी मानवहरू विरुद्ध हतियार उठाउन इन्कार गर्छन्‌। युद्धले भरिएको संसारको माझमा तटस्थ रहेर तिनीहरूले शान्ति अवास्तविक सपना मात्र होइन तर वास्तवमा सम्भव छ भन्‍ने कुरा प्रमाणित गर्छन्‌।

के तपाईं साँचो शान्तिको बाइबल आधारित आशाबारे अझ बढी सिक्न चाहनुहुन्छ? कृपया पृष्ठ ५ मा उल्लिखित तपाईंलाई पायक पर्ने ठेगानाको यस पत्रिकाका प्रकाशकहरूलाई लेख्नुहोस्‌ वा आफ्नो इलाकाको यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌। (g02 5/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने