प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ११/८ पृ. १२
  • परजीवी तर कामलाग्ने बारुलो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परजीवी तर कामलाग्ने बारुलो
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • अँध्यारोमा टिलपिल बल्ने “फुच्चे रेल”
    ब्यूँझनुहोस्‌!—२००७
  • न्युजील्याण्डका—फिस्टे ज्योतिवाहकहरू
    ब्यूँझनुहोस्‌!—१९९७
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 ११/८ पृ. १२

परजीवी तर कामलाग्ने बारुलो

इक्नुमन बारुलो अनौठो र हेर्दा साँच्चै डर लाग्ने हुन्छ। तर यसलाई किन परजीवी भनिन्छ? किनभने यसले सामान्यतया माकुरा वा अरू कीराको लार्भामा फुल पारेर सन्तानोत्पादन गर्छ।

उत्तर अमेरिकामा ३,००० भन्दा बढी किसिमका साँच्चै इक्नुमन बारुलाहरू छन्‌। अनि यी बारुलाहरू विभिन्‍न किसिमका परजीवी बारुलाहरूका ठूलो परिवारको एउटा भाग हुन्‌। वैज्ञानिकहरूको अनुमानअनुसार यो कीरा परिवारमा संसारभरिका ४०,००० भन्दा बढी जातिहरू पर्छन्‌।

इक्नुमन बारुलाहरूको साइज ०.३ देखि ५ सेन्टिमिटरसम्म लामो हुन्छ। तिनीहरूको टाउको र घाँटीभन्दा पेट लामो, सलक्क र वक्राकार हुन्छ। इक्नुमन र टोक्ने बारुला फरक-फरक किसिमका हुन्‌ किनभने टोक्ने बारुलाको लामो एन्टेना हुन्छ।

इक्नुमनको सबैभन्दा विशेष पक्ष भनेको पेटको पुछारमा हुने सियोजस्तो नली हो। यसलाई ओभिपोजिटर भनिन्छ र यो अण्डा पार्ने भाग यसको शरीरभन्दा लामो हुन्छ। यो घोडाको रौंजति पनि बाक्लो हुँदैन र तीनवटा धागोजस्ता त्यान्द्रा हुन्छन्‌ जसले उक्‍त नलीबाट अण्डा निकाल्न तलमाथि गर्ने गर्छ।

इक्नुमनले परजीवी पाल्ने सम्भाव्य जीव कसरी पत्ता लगाउँछ? पोथी मेगाराइसा बारुला, इक्नुमनको एउटा जाति हो र यसले रूखको बोक्राभन्दा एक वा त्योभन्दा बढी इन्च तल बसिरहेको लार्भा भेट्टाउन आफ्नो एन्टेनाले रूखमा ठकठक गरिरहेको भेटिएको छ। त्यसले त्यहाँ लार्भा भएको चाल पाएपछि अझ बेसरी ठकठक गर्न थाल्छ। अन्तमा त्यसले आफ्नो नलीले छेडेझैं गरी बोक्राभित्र छिर्न थाल्छ।

अवलोकनकर्ताहरूले यस्तो टिप्पणी गरेका छन्‌: “बारुलाको ओभिपोजिटरको टुप्पोले लार्भालाई छोएपछि यो नलीबाट एउटा अण्डा निस्कन्छ र जसलाई आफ्नो सिकार बनाउने हो, त्यसको नजिकै वा माथि राख्छ।” अण्डा काढेपछि नयाँ लार्भाले परजीवी लार्भाको बोसो र शरीरको झोल सोस्छ। त्यसपछि बारुला बन्‍नको लागि रेसमको कोयो बुन्छ। यो बारुलो रूखको सतहमा पुगेपछि कीराहरूको नयाँ पुस्तालाई आफ्नो परजीवी सार्न तयार हुन्छ।

कसैले यो कीरा समूहलाई निष्ठुरी परजीवी भन्लान्‌ तर इक्नुमन बारुलाले एउटा महत्त्वपूर्ण उद्देश्‍य पूरा गर्छ। तिनीहरूको लार्भाले अन्‍नबालीका हानिकारक कीराहरू खान्छन्‌ जस्तै—उडुस, घुन, राती उड्‌ने पुतली र गोब्रे कीरा। त्यसकारण एउटा कुरा स्पष्ट छ, कृषि बालीमा लाग्ने कीराहरूको वृद्धिलाई यसले नियन्त्रण गर्छ।

इक्नुमन अनगिन्ती भए तापनि मानिसहरूले कमै मात्र देख्छन्‌ किनभने तिनीहरू मानिसहरू बसोबास नगर्ने इलाकामा गएर खान्छन्‌, बढ्‌छन्‌ र अण्डा पार्छन्‌। अतः मानिसहरूले अझै पूर्णतया बुझ्न बाँकी विविधता र जीवितजीवात्‌हरूको सन्तुलनको अर्को प्रमाण इक्नुमनले दिन्छ। (g03 10/22)

[पृष्ठ १२-मा भएको चित्र]

अण्डा पार्न तयार गरिरहेको इक्नुमन बारुला

[स्रोत]

Scott Bauer/Agricultural Research Service, USDA

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने