प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ४/८ पृ. ३०-३१
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मित्रैला केटाकेटीहरू बढी लोकप्रिय हुन्छन्‌
  • झारपात नाशक उत्पादन गर्ने कमिलाहरू
  • भेनेजुएलाको चट्याङले ओजोन पत्रलाई मदत पुऱ्‍याउँछ
  • सबैभन्दा महँगा सहरहरू
  • सामान्य रुघाको कारण
  • बिजनेस कार्डहरूको प्रयोग बन्द हुँदैछ
  • बच्चाको मृत्युले आमाबाबुलाई कस्तो असर पार्छ
  • संसारको सबैभन्दा अग्लो भवन निर्माण गर्ने होडबाजी पुनः सुरु हुन्छ
  • कीराजगत्‌का फोहोरमैला व्यवस्थापन विशेषज्ञहरू
    ब्यूँझनुहोस्‌!—२००२
  • अघि लम्किरहेको सेना!
    ब्यूँझनुहोस्‌!—२००३
  • कमिलाको ताँती कसरी व्यवस्थित हुन्छ?
    सृष्टि या संयोग
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ४/८ पृ. ३०-३१

विश्‍वदर्शन

मित्रैला केटाकेटीहरू बढी लोकप्रिय हुन्छन्‌

“डिजाइनर जिन्स र अत्याधुनिक उपकरणहरू कसैको लोकप्रियताको लागि ग्यारेन्टी होइनन्‌। साथीहरूको ग्रुपमा कुनै पनि बच्चाको लोकप्रियताका लागि सामजिक ओहदा मित्रैलोपन जत्तिको महत्त्वपूर्ण हुँदैन” भनी जर्मन पत्रिका साइकोलोजि होइ बताउँछ। बर्लिनमा रहेको मानव विकासका लागि माक्स प्लाङ्‌क संस्थाका मनोचिकित्सक जुडिथ श्रेन्क र क्रिस्टिन ग्रुटलरले दसवटा विभिन्‍न विद्यालयमा पढिरहेका तेस्रो र पाँचौं कक्षाका २३४ विद्यार्थीहरूको सर्वेक्षण गरे। अरूसँग राम्रो घुलमिल हुने, मित्रैलो र खुला खालका केटाकेटीहरू बढी लोकप्रिय भएको तिनीहरूले पाए। अरूलाई पिट्‌ने वा जिस्क्याउने केटाकेटीहरू आफ्ना साथीहरू माझ त्यति लोकप्रिय थिएनन्‌। “राम्रो अनुहार वा खल्तीमा टन्‍न पैसा भए तापनि साथीहरूलाई खासै फरक पार्दैन” भनी रिपोर्टले बताउँछ। (g04 3/22)

झारपात नाशक उत्पादन गर्ने कमिलाहरू

“खानाको लागि ढुसी निकाल्ने कुनै-कुनै कमिलाहरूले परजीवीहरू भगाउन झारपात नाशक पनि उत्पादन गर्छन्‌” भनी ब्लूमबर्ग समाचार सेवा रिपोर्ट गर्छ। एटीन जातका कमिलाहरूले आफ्नो गोलोमा ल्याइएका पात तथा जैविक फोहोरहरू पचाउन सक्दैनन्‌। तिनीहरूले ल्याएको कुहिन लागेका वनस्पतिहरू विभिन्‍न कक्षमा जम्मा गरिन्छ र बगैंचामा ढुसी उमार्न प्रयोग गरिन्छ। तथापि, कमिलाले उत्पादन गरेको ढुसीलाई सूक्ष्म परजीवीहरूले आक्रमण गर्छन्‌ जसले तिनीहरूको खाना आपूर्तिमा कमी वा पूरै सखाप पार्न सक्छ। ढुसीलाई सुरक्षित राख्नका लागि कमिलाले आफ्नो शरीरमा एक प्रकारको जीवाणु विकास गर्छ। “अनि यो अनावश्‍यक ढुसी [परजीवी] देखापऱ्‍यो भने एटीन कमिलाले त्यसमा आफ्नो जीउ रगड्‌छ र त्यसमा झारपात नाशक झार्छ” भनी रिपोर्टले बताउँछ। (g04 3/8)

भेनेजुएलाको चट्याङले ओजोन पत्रलाई मदत पुऱ्‍याउँछ

पृथ्वी वरपरको ९० प्रतिशत ओजन सूर्यको अल्ट्राभाइलेट विकिरणबाट बनिने भए तापनि अर्को १० प्रतिशत विद्युतीय आँधीबाट बन्छ। अनि यस्ता विद्युतीय आँधीहरू भेनेजुएलाको सुल्या प्रान्तमा क्याटाटुम्बो राष्ट्रिय निकुञ्जको दलदलमा प्रशस्त पाइन्छ। क्याराकसको द डेलि जर्नल-को रिपोर्टअनुसार क्याटाटुम्बो नदीको डेल्टा इलाकामा वर्षेनी “१४० देखि १६० दिन जति विद्युतीय आँधी चल्ने” गर्छ। भनिन्छ, कुहिएका वनस्पतिहरूको सह-उत्पादन मिथेन तथा वरपरका दह र सिमसारमा भएका अन्य कुराहरू तल्ला बादलहरू र खराब मौसमसित मिलेर बिजुली चम्कन्छ। क्याटाटुम्बो बिजुलीको अर्को चाखलाग्दो पक्ष के हो भने यो यति टाढा छ कि चट्याङको कुनै आवाज सुनिदैन। यो “एउटा यस्तो प्राकृतिक प्रक्रिया हो जुन पृथ्वीको अरू कुनै भागमा पाइँदैन” भनी लस्ट वर्ल्ड एड्‌भेन्चरको वेब साइट बताउँछ। (g04 3/8)

सबैभन्दा महँगा सहरहरू

टोकियो, मस्को र ओसाका संसारका सबैभन्दा महँगा सहरहरू हुन्‌। यो मर्सर ह्‍युमन रिसोर्स कनसल्टिङले सञ्चालन गरेको अध्ययनको निष्कर्ष थियो। जम्मा १४४ सहरहरूमा गरेको सर्वेक्षणमा घर, लत्ताकपडा, यातायात, मनोरञ्जन, फर्निचर र घरेलु उपकरणलगायत २०० वटा भन्दा बढी उत्पादन तथा सेवाहरूको मूल्य तुलना गरिएको थियो। सबैभन्दा महँगा २० वटा सहरमध्ये १० वटा एसियामा छन्‌। युरोपमा चाहिं मस्कोपछि जेनेभा, लण्डन र ज्युरिक सबैभन्दा महँगा सहरहरू हुन्‌। महँगा सहरहरूको दसौं स्थानमा न्यु योर्क पर्छ भने कुनै पनि क्यानेडियाली सहर पहिलो १०० नम्बरभित्र पर्दैन। सबैभन्दा सस्तो सहरको सूचीमा सर्वप्रथम पाराग्वेको आसुनसियन सहर पर्छ। (g04 3/8)

सामान्य रुघाको कारण

“चिसो भयो कि त तिमीलाई रुघा लाग्नेछ” भन्‍ने एउटा भनाइ छ। तथापि, “वैज्ञानिकहरूले यो पुरानो भनाइलाई झूटा साबित गर्न उल्लेखनीय समय र शक्‍ति खर्च गरेको एक शताब्दीभन्दा बढी भइसक्यो” भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। “तर तिनीहरूको प्रयासको बावजुद रुघा र मौसमको सम्बन्ध अझै टुटेको छैन र अनुसन्धानका क्रम जारी छन्‌।” शरीर चिसो हुनु र रुघा लाग्नुबीच केही सम्बन्ध छ भनी पक्का गर्न सबैभन्दा पहिले १८७८ मा लुइ पास्चरले सुरु गरेदेखि हजारौं परीक्षण गरिएका छन्‌। तर अनुसन्धानकर्ताहरू जवाफबारे अझै पनि पक्का नहुनु कुनै छक्कलाग्दो कुरा होइन। सामान्य रुघासम्बन्धी एक प्रमुख विशेषज्ञ डा. ज्याक ग्वाल्टने जुनियरका अनुसार तापक्रमले भन्दा पनि आद्रताले गर्दा रुघा लाग्छ। कुराको निचोड के हो भने, “सामान्य रुघा एउटै मात्र रोगको नभई एकै किसिमका विभिन्‍न रोगहरूको जटिल मिश्रण हो र तिनीहरू सबैले मौसमप्रति विभिन्‍न प्रतिक्रिया देखाउँछन्‌ जुन कुरा अझै बुझ्न सकिएको छैन” भनी टाइम्स बताउँछ। (g04 3/8)

बिजनेस कार्डहरूको प्रयोग बन्द हुँदैछ

“ब्राजिलमा अपहरणका गतिविधिहरू अत्यन्तै बढेकाले ठूल्ठूला व्यापारीहरूका लागि आफ्नो जागिर र पदवी देखाउने बिजनेस कार्डहरू नबोक्नु नै बढी सुरक्षित भएको छ” भनी सुरक्षासम्बन्धी सल्लाहकार कार्ल पाल्डिनीले बताएको कुरा ब्राजिलको व्यापार पत्रिका एक्जामे-मा रिपोर्ट गरिएको थियो। अपराधीहरूका लागि त्यस्तो जानकारी कुनै व्यक्‍तिसँग कति पैसा छ भनी थाह पाउने माध्यम हुन सक्छ। एउटा ठूलो सेक्योरिटि फर्म, क्रोलका निर्देशक भाग्नर डान्जेलोले त “तपाईंको पर्समा भएको कुराले तपाईंको जीवन खत्तम पार्न सक्छ” समेत भनेका छन्‌। तिनले अत्यन्तै खतरनाक ठाउँमा बसोबास गर्ने व्यापारीहरूलाई बिजनेस कार्डबाट आफ्नो ओहदा तथा मान-सम्मान सबै हटाउने र “उच्च गुणस्तरीय एमबोस गरिएको” कार्डहरू नचलाउने सल्लाह दिन्छन्‌। यस उपायबारे पनि अपराधीहरूले चाँडै थाह पाउनेछन्‌ भन्‍ने डरले गर्दा केही व्यापारीहरूले बिजनेस कार्ड नै प्रयोग गर्न छोडेका छन्‌। (g04 3/22)

बच्चाको मृत्युले आमाबाबुलाई कस्तो असर पार्छ

“टुक्रिएको हृदयको कारण मृत्यु भनी अभिव्यक्‍त गर्ने एउटा शब्द अलङ्‌कार मात्र नहुन सक्छ” भनी लण्डनको द टाइम्स-ले उल्लेख गर्छ। डेनमार्कको ओर्हस विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरूले “डेनमार्कमा बिमारी, दुर्घटना, हत्या वा आत्महत्याका कारण १८ वर्षमुनिका आफ्ना बच्चालाई गुमाउनुपरेका २१,०६२ आमाबाबुको जीवन नियालेर हेरे।” अनि यिनीहरूलाई बच्चा नगुमाएका ३,००,००० आमाबाबुसँग तुलना गरियो। “बच्चा मरेको पहिलो तीन वर्षमा साधारणतया दुर्घटना वा आत्महत्याको कारण आमाको अकालमै मृत्यु हुने सम्भावना चार गुणा बढी थियो भने बुबाको मृत्युको खतरा ५७ प्रतिशतले वृद्धि भयो।” अनुसन्धानकर्ताहरूका अनुसार थप तनाव नै मृत्युदरमा वृद्धिको कारण हुन सक्छ। (g04 3/22)

संसारको सबैभन्दा अग्लो भवन निर्माण गर्ने होडबाजी पुनः सुरु हुन्छ

“संसारभरि नगरका योजनाकारहरू संसारको सबैभन्दा अग्लो भवन निर्माण गर्न फेरि एक चोटि प्रतिस्पर्धा गरिरहेका छन्‌” भनी द वल स्ट्रीट जर्नल (अंग्रेजी) उल्लेख गर्छ। ताइवानको ताइपेमा १,६६७ फिट अग्लो अर्थात्‌ न्यु योर्क सहरको त्यो जुम्ल्याहा भवनभन्दा ३०० फिट अग्लो गगनचुम्बी भवनको निर्माण त सुरु नै भइसक्यो। साथै, चीनको साङ्‌घाइमा १,६१४ फिट अग्लो विश्‍व अर्थतन्त्र केन्द्र बनाउने योजना अघि बढ्‌दैछ। साङ्‌घाइका अधिकारीहरूले यो भवन वास्तवमा ताइवानको भन्दा अग्लो हुनेछ भनी दाबी गरेका छन्‌ र यो दाबी केही हदसम्म त्यस भवनमा जडान गरिने १६४ फिट अग्लो एन्टेनामा निर्भर छ। अझै अग्लो बनाउने चाहनामा दक्षिण कोरियाले सियोलमा १,७७२ फिट अग्लो अन्तरराष्ट्रिय व्यापार केन्द्र बनाउन चाहन्छ। अनि यो दौडमा न्यु योर्क सहरलाई बिर्सन सकिंदैन जसले सेप्टेम्बर ११ को आतङ्‌ककारी आक्रमणमा गुमाएको भवनको ठाउँमा संसारको सबैभन्दा अग्लो भवन निर्माण गर्ने योजना बनाइरहेको छ। “सन्‌ २००१ को आक्रमणपछि कमै मानिसहरूले मात्र यति चाँडो सबैभन्दा अग्लो भवन निर्माण गर्ने दौड सुरु हुन्छ भनी सोचेका थिए होलान्‌” भनी जर्नल बताउँछ। हाल, संसारको सबैभन्दा अग्लो भवनको उपाधि मलेसियाको क्वालालम्पुरमा अवस्थित १,४८३ फिट अग्लो पेट्रोनास टावरले पाएको छ। (g04 2/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने