प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ypq question १ pp. ३-५
  • म कस्तो व्यक्‍ति हुँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कस्तो व्यक्‍ति हुँ?
  • युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • मिल्दोजुल्दो सामग्री
  • ९ आफैलाई चिन्‍नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • संसारको अन्त हुने डर अब तिनीहरूलाई छैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • एड्‌स—यो महामारी अझै चर्किरहेको छ
    ब्यूँझनुहोस्‌!—१९९८
  • ठगी—एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
युवाहरूको १० प्रश्‍नका जवाफहरू
ypq question १ pp. ३-५
एउटी युवती बियरको बोटल लिंदा अप्ठेरो मान्दै

प्रश्‍न १

म कस्तो व्यक्‍ति हुँ?

यसबारे किन चासो राख्नुपर्छ?

आफू कस्तो व्यक्‍ति हुँ र कस्तो अडान लिन्छु भनेर थाह पाएँ भने गाह्रो अवस्थामा पनि सही निर्णय गर्न मदत पाउँछु।

तपाईं के गर्नुहुन्छ?

कल्पना गर्नुहोस्‌: करीना पार्टीमा गएको दस मिनेट नबित्दै उनको साथी जेशिकाले पछाडिबाट बोलाउँछिन्‌।

“किन त्यत्तिकै उभिरहेको?”

जेशिकाले बियरको दुइटा बोतलमध्ये एउटा करीनालाई दिंदै यसो भन्छिन्‌, “ल लेऊ। अहिल्यै त हो नि रमाइलो गर्ने। अहिले नगरे कहिले गर्ने!”

जेशिका मिल्ने साथी भएकोले करीनालाई त्यो इन्कार गर्न गाह्रो लागिरहेको छ। अनि साथीले उनी बोरिङ्‌ टाइपकी छिन्‌ भनेर सोचेको पनि करीना चाहँदिनन्‌। करीना आफैलाई भन्छिन्‌, “बियर मात्रै त हो। ड्रग्स्‌ नै लिन लागेको त होइन नि। अनि जेशिका पनि राम्रै केटी हो। उसले त पिउँदैछ भने मैले पिउनु त्यति नराम्रो कुरा होइन होला।”

तपाईं करीनाको ठाउँमा हुनुभएको भए के गर्नुहुन्थ्यो?

एकछिन सोच्नुहोस्‌!

आफू कस्तो व्यक्‍ति हुँ भनेर पहिल्यै थाह भयो भने यस्तो अवस्थामा सही निर्णय गर्न सजिलो हुन्छ। यसमा तपाईंको स्तर र तपाईंले विश्‍वास गरेका कुराहरू समावेश छन्‌। भनाइको मतलब तपाईं को हुनुहुन्छ र कस्तो अडान लिनुहुन्छ भनेर भित्र मनै देखि पक्का भएको हुनुपर्छ। यी कुराहरू राम्ररी बुझ्नुभएको छ भने तपाईं अरूको इशारामा नाच्नु हुनेछैन।—१ कोरिन्थी ९:२६, २७.

यसको लागि साहस चाहिन्छ अनि यो गुण तपाईं कसरी विकास गर्न सक्नुहुन्छ? निम्न प्रश्‍नहरूका जवाफ दिएर हेर्नुहोस्‌।

१ म केमा सिपालु छु?

आफ्नो क्षमता र सकारात्मक पक्षहरू थाह पाउँदा आत्मविश्‍वास बढ्‌छ।

बाइबलको उदाहरण: प्रेषित पावलले लेखे: “म बोल्नमा त्यति सिपालु नहुँला तर ज्ञानमा त पक्कै छु।” (२ कोरिन्थी ११:६) बाइबलको गहिरो ज्ञान भएकोले अरूले चुनौती दिंदा समेत पावल अडिग रहिरहन सके। अरूले आफ्नो बारेमा जस्तोसुकै नराम्रो कुरा गरे तापनि उनले आफ्नो आत्मविश्‍वास कमजोर हुन दिएनन्‌।—२ कोरिन्थी १०:१०; ११:५.

आफैलाई जाँच्नुहोस्‌। तपाईंमा भएको कुनै खुबी वा सीप लेख्नुहोस्‌।

अब तपाईंमा भएको राम्रो गुण के हो, व्याख्या गर्नुहोस्‌। (उदाहरणको लागि, के तपाईं अरूको ख्याल राख्ने, उदार, भरोसायोग्य, समयनिष्ठ हुनुहुन्छ?)

२ मेरा कमजोरीहरू के-के हुन्‌?

जसरी कुनै एउटा टिममा कमजोर खेलाडीलाई नाइके बनायो भने पूरै खेल बिग्रन सक्छ। त्यसरी नै आफ्नो कमजोरीहरूमा मात्र ध्यान दिनुभयो भने तपाईंले आफू कस्तो व्यक्‍ति हुँ भनेर थाह पाउन सक्नुहुन्‍न।

बाइबलको उदाहरण: पावललाई आफ्नो कमजोरीहरू थाह थियो। तिनले लेखे: “परमेश्‍वरको व्यवस्थामा म मनैदेखि साँच्चै आनन्द गर्छु। तर म आफ्नो शरीरका अङ्‌गहरूमा बेग्लै खालको नियम पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग युद्ध गर्छ। अनि . . . पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।”—रोमी ७:२२, २३.

आफैलाई जाँच्नुहोस्‌। मैले आफ्नो कस्तो कमजोरी सुधार्नुपर्छ?

३ मेरा लक्ष्यहरू के-के हुन्‌?

के तपाईं ट्याक्सी चढेर चालकलाई पेट्रोल नसिद्धिएसम्म एकै ठाउँमा घुमिरहन भन्‍नुहुन्छ? अवश्‍य भन्‍नुहुन्‍न। किनभने त्यसो गर्नु बुद्धिमानी कुरा होइन अनि तपाईंले व्यर्थै पैसा खर्च गरिरहनुभएको हुन्छ।

यसबाट के सिक्न सक्छौं? लक्ष्यहरू छ भने आफ्नो जीवनलाई सही मोड दिन सक्छौं। कहाँ जाने र त्यहाँसम्म कसरी पुग्ने भनेर योजना बनाउन त्यसले मदत गर्छ।

बाइबलको उदाहरण: पावलले लेखे: “त्यसैले म अन्धाधुन्ध दौडिन्‍नँ।” (१ कोरिन्थी ९:२६) जीवनमा स्वतः आउने कुराहरूअनुसार चल्नुको सट्टा पावलले लक्ष्यहरू राखे र त्यसैअनुसार जीवन बिताए।—फिलिप्पी ३:१२-१४.

आफैलाई जाँच्नुहोस्‌। अर्को वर्षसम्म हासिल गर्न चाहनुभएको तीनवटा लक्ष्यहरू लेख्नुहोस्‌।

४ म कस्ता कुराहरूमा दृढ विश्‍वास गर्छु?

बलियोसित जरा गाडिएको रूख शक्‍तिशाली आँधीबेहरीको सामना गर्दै

आफू कस्तो व्यक्‍ति हुँ भन्‍ने कुरामा पक्का हुनुहुन्छ भने तपाईं बलियोसित जरा गाडिएको रूखजस्तै हुनुहुनेछ जुन शक्‍तिशाली आँधीबेहरी आउँदा पनि ढल्दैन

दृढ विश्‍वास छैन भने तपाईं दोमनको हुनुहुनेछ। साथीहरूले मनपराओस्‌ भनेर छेपारोले जस्तै आफ्नो रङ्‌ग बदल्नु हुनेछ। आफू कस्तो व्यक्‍ति हुँ भनेर आफै पक्का नभएको कुराको यो स्पष्ट प्रमाण हो।

यसको ठीक विपरीत, चाहे अरूले जे-सुकै गरून्‌ आफ्नो विश्‍वासअनुसार चल्नुहुन्छ भने आफू कस्तो व्यक्‍ति हुँ भनेर पक्का भएको कुरा देखिन्छ।

बाइबलको उदाहरण: भविष्यवक्‍ता दानियल किशोरावस्थामा छँदा आफ्नो परिवार र यहोवाका अरू उपासकहरूबाट टाढा लगिए। तैपनि तिनले परमेश्‍वरको व्यवस्था पालन गर्ने “निश्‍चय” गरे। (दानियल १:८) यसो गरेर तिनले आफैलाई धोका दिएनन्‌। दानियलले तिनको दृढ विश्‍वासअनुसार जीवन बिताए।

आफैलाई जाँच्नुहोस्‌। म कस्ता कुराहरूमा दृढ विश्‍वास राख्छु? उदाहरणको लागि, के तपाईं ईश्‍वरमा विश्‍वास गर्नुहुन्छ? गर्नुहुन्छ भने किन? ईश्‍वर हुनुहुन्छ भनेर तपाईंले कस्तो प्रमाण पाउनुभयो?

ईश्‍वरले तोक्नुभएको नैतिक स्तरहरू आफ्नै फाइदाको लागि हो भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ? गर्नुहुन्छ भने किन?

तपाईं कस्तो व्यक्‍ति हुन चाहनुहुन्छ? हावा चल्दा यताउता उड्‌ने पात जस्तो वा शक्‍तिशाली आँधीबेहरी चल्दा समेत नढल्ने रूख जस्तो? आफू कस्तो व्यक्‍ति हुँ भन्‍ने कुरा पक्का गर्नुहोस्‌, अनि तपाईं त्यस रूखजस्तै हुनुहुनेछ।

योजना बनाऔं!

  • प्रश्‍न ३ मा लेख्नुभएको तीनवटा लक्ष्यहरूमा ध्यान दिनुहोस्‌। अब ती प्रत्येक लक्ष्य हासिल गर्न यो महिना तपाईंले चाल्न सक्ने एउटा कदम लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने