प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १०/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाँस्दा किन रमाइलो महसुस हुन्छ
  • ढड्डु चोरहरू
  • स्वास्थ्यकर ग्रीक भोजन
  • संसारको गरिब बस्ती बढ्‌दैछ
  • खतरनाक कार्यथलो
  • विश्‍वास नगर्ने पादरी
  • झेली चेस खेलाडीहरू
  • सिक्नलाई उमेरले छेक्छ र?
  • मोबाइल फोनको “लत”
    ब्यूँझनुहोस्‌!—२००३
  • मलाई मोबाइल फोन चाहिन्छ र?
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १०/८ पृ. २८-२९

विश्‍वदर्शन

हाँस्दा किन रमाइलो महसुस हुन्छ

हाँस्दा किन यत्तिको मजा आउँछ? हालैको खोजले देखाएअनुसार हाँसोले चेतना र भाषासित सम्बन्धित मस्तिष्कको भागलाई मात्र सक्रिय बनाउने होइन तर आनन्द र उल्लाससित सम्बन्धित मस्तिष्कको न्युक्लियस एक्युमबेनलाई नै असर गर्छ भनी द भ्यानकुभर सन (अङ्‌ग्रेजी) अखबार रिपोर्ट गर्छ। स्टानफोर्ड विश्‍वविद्यालयका डा. एलन राइसअनुसार यो स्नायु भाग “मस्तिष्कको एकदमै प्रभावकारी अंश” हो। हाँसोबारे अध्ययन गर्दा चिकित्सकहरूले सामाजिक व्यवहारलाई अझ राम्ररी बुझ्न सक्नेछन्‌ भन्‍ने राइसको विश्‍वास छ। “मानिसले यदि मित्रता र दीर्घकालीन रोमान्टिक सम्बन्ध गाँसेको खण्डमा पनि कसरी र कोसित गाँस्नेछ भन्‍ने कुरालाई उसको हँसी मिजासले निर्धारण गर्छ” भनी डा. राइस बताउँछन्‌। “[मानिसहरूले] विभिन्‍न किसिमको तनाव सहने एउटा विश्‍वव्यापी तरिका हाँसो हो।” (g04 9/8)

ढड्डु चोरहरू

राजमार्गका लुटेराहरू मानिसहरू मात्र होइनन्‌ जस्तो देखिन्छ। बैंकक पोस्ट-अनुसार लुटेराहरूको समूहमा हात्तीहरू पनि सामेल भएका छन्‌। बैंककको पूर्वमा पर्ने जङ्‌गलका भोका हात्तीहरूले उखु ढुवानी गर्न प्रयोग गरिने सडकै रोकेर सबै उखु चोर्ने गरेका छन्‌। आङ लुई नाई वन्यजन्तु आरक्षणमा १३० वटा जति हात्ती छन्‌ तर सुक्खा मौसमले गर्दा तिनीहरूको लागि घाँस कम भएको छ जसले गर्दा तिनीहरू खानाको खोजीमा जङ्‌गलबाहिर भौंतारिन्छन्‌। यस आरक्षणका प्रमुख निरीक्षक यु सेनातमको रिपोर्टअनुसार कुनै-कुनै हात्तीहरूले बाली लगाइएको जग्गामा पसेर चोर्ने गर्छन्‌ र अरू कति भने दयालु ट्रक ड्राइभरले खसालिदिने उखुमै चित्त बुझाउँछन्‌। (g04 9/22)

स्वास्थ्यकर ग्रीक भोजन

“हावर्ड र एथेन्सको चिकित्सा विश्‍वविद्यालयका वैज्ञानिकहरूले झन्डै चार वर्षको लागि २२,०४३ जना ग्रीकको भोजनसम्बन्धी बानीलाई नियाले अनि भूमध्यसागर इलाकाको भोजनले क्यान्सर र हृदय रोगबाट हुने मृत्युको खतरा २५% र त्योभन्दा बढीले कम गर्ने पत्ता लगाए” भनी रिडर्स डाइजेस्ट रिपोर्ट गर्छ। “ग्रीकहरूले काष्ठफल, फलफूल, तरकारी, गेडागुडी, अन्‍न, जैतुनको तेल र माछा प्रशस्त खान्छन्‌, दूधसम्बन्धी खाद्यान्‍न र मद्य ठिक्क खान्छन्‌ अनि केही मात्रामा मासु खान्छन्‌।” भूमध्यसागरीय इलाकाको परम्परागत भोजनका स्वास्थ्यकर लाभहरूबारे अक्सर टिप्पणी गरिएको छ। (g04 8/22)

संसारको गरिब बस्ती बढ्‌दैछ

हालको वृद्धिदर कायम हुने हो भने “३० वर्षभित्र संसारको हरेक तीन जनामध्ये एक जना गरिब बस्तीमा बस्नेछन्‌” भनी लन्डनको द गार्जियन-ले यु एन-को रिपोर्ट उद्धरण गर्दै बताउँछ। दुःखको कुरा, “९४ करोड मानिसहरू अर्थात्‌ विश्‍वको जनसंख्याको छ भागको एक भाग अहिले नै फोहोर, अस्वास्थ्यकर इलाकामा बस्छन्‌ जहाँ पानी, सरसफाइ, सार्वजनिक सुविधा वा कानुनी सुरक्षा छैन।” केन्या, नैरोबीको किबेरा इलाकामा ६,००,००० जति गरिब बस्तीमा बस्छन्‌। यु एन मानव आवास कार्यक्रम यु एन हेबिटाटका निर्देशक आना टेबियुका यसो भन्छिन्‌: “औधी असमानता र बेरोजगारीले मानिसहरूलाई गैरसामाजिक व्यवहारतर्फ धकेल्छ। गरिब बस्तीहरू भनेको सबै प्रकारका खराब कुराहरूको सङ्‌गमस्थल हो, यहाँ शान्ति र सुरक्षा पाउन गाह्रो हुन्छ अनि जवानहरूको लागि कुनै सुरक्षा हुँदैन।” (g04 9/8)

खतरनाक कार्यथलो

एउटा स्वीडिश अध्ययनअनुसार “विपरीत लिङ्‌गका व्यक्‍तिहरूसित काम गर्नु तपाईंको विवाहको लागि खतरनाक हुन्छ” भनी द वल स्ट्रीट जर्नल रिपोर्ट गर्छ। उक्‍त अध्ययनकी लेखिका इभोन अबर्गले सम्बन्ध विच्छेद र रोजगारीसम्बन्धी सरकारको तथ्याङ्‌क पुनरावलोकन गर्दा के पाइन्‌ भने, “एउटै लिङ्‌गका व्यक्‍तिहरू भएको कार्यालयका कामदारहरूको तुलनामा विपरीत लिङ्‌का सहकर्मीहरूसित काम गर्दा सम्बन्ध विच्छेद दर एकदमै अर्थात्‌ ७० प्रतिशतले बढेको पाइयो।” सहकर्मी विवाहित होस्‌ या नहोस्‌ त्यसले कुनै फरक नपारेको पनि अबर्गले पत्ता लगाइन्‌। यो १,५०० स्थानमा ३७,००० जना कामदाहरू संलग्न सात वर्षे अध्ययन त्यति सही नहुने व्यक्‍तिगत रिपोर्टमा नभई सम्बन्ध विच्छेद तथा रोजगारको वास्तविक तथ्याङ्‌कमा आधारित छ। त्यस लेखले उल्लेख गरेअनुसार सम्बन्ध विच्छेद हुने सम्भावना ५० प्रतिशतले कम गर्ने एउटा उपाय चाहिं श्रीमान्‌ श्रीमती एउटै कार्यालयमा काम गर्नु हो। (g04 9/8)

विश्‍वास नगर्ने पादरी

“स्वर्गमा बस्ने परमेश्‍वर छैन, अनन्त जीवन छैन र पुनरुत्थान छैन” भन्‍ने लुथरन पादरीबारे धेरै सुनियो भनी बी बी सी न्युज रिपोर्ट गर्छ। केही समयको लागि निलम्बन भएपछि कोपेनहेगन नजिकैको टारबेक इलाकाका टोर्किल ग्रसबोलले “आफ्ना टिप्पणीहरूको लागि क्षमायाचना गरेर” चर्चप्रति आफ्ना दायित्वहरू स्वीकारेपछि तिनलाई पुनः काममा फर्कने अनुमति दिइयो भनी एल्सिनोर इलाकाका विशप लिस-लोटे रिबेलले बताए। तथापि, ग्रसबोलले आफ्नै धारणाअनुसार प्रचार गरिरहे। सन्‌ २००४ जूनमा विशपले कुन कुरा बताए भने ग्रसबोलले राजीनामा दिन इन्कार गरेको खण्डमा तिनी प्रचारक रहिरहन सक्नेछन्‌ कि छैनन्‌ भनी मुद्दाले निर्धारण गर्नेछ। (g04 9/8)

झेली चेस खेलाडीहरू

“थुप्रै चेस खेलाडीहरूले नियमहरूलाई त्यति गम्भीरतापूर्वक लिंदैनन्‌” भनी फ्रांकफर्टर आल्जेमाइन जाइटुङ रिपोर्ट गर्छ। एउटा उदाहरण—एक जना सिकारु खेलाडीले ग्राण्ड मास्टरलाई हराए। तथापि, पछि के पत्ता लाग्यो भने तिनले अर्को कोठामा कम्प्युटर चलाइरहेका चेस खेलाडीबाट जानकारी प्राप्त गर्न आफ्नो लामो कपालमुनि माइक्रोफोन, इयरफोन र क्यामेरा लुकाएका रहेछन्‌। अरूले भने ट्‌वाइलेट जाने, ढोका बन्द गर्ने अनि हाते कम्प्युटर झिकेर आफ्नो चाल हिसाब गर्ने गरेको पाइएको छ। अन-लाइन खेलाडीहरूले पनि छक्याउन सक्छन्‌। कसै-कसैले अन-लाइन गेम खेल्दाखेल्दै आफ्नो कम्प्युटरमा चेस प्रोग्रामको सहायता लिन्छन्‌। अन्य कतिपय अवस्थामा भने एक जनाले नै दुइटा नाउँमा भाग लिने गर्छन्‌—एउटा नाउँले सधैं हार्छ अनि अर्को चाहिं विजयीहरूको सूचीमा माथि चढ्‌दै जान्छ। उक्‍त अखबार भन्छ, “धेरैले यो पुरस्कार स्वरूप दिइने धनराशिको लागि खेलेको पाइएन। प्रायजसो अवस्थामा तिनीहरूलाई उत्प्रेरणा दिने कुरा लोभ नभई व्यर्थता हो।” (g04 9/22)

सिक्नलाई उमेरले छेक्छ र?

“[केन्याको रिफ्ट भ्याली प्रोभिन्सको प्राथमिक विद्यालयमा] छ वर्षीय केटाकेटीहरू पढ्‌ने कक्षामा एक जना विद्यार्थी अरूभन्दा बेग्लै छन्‌” भनी नैरोबीको डेली नेसन भन्‍ने अखबार रिपोर्ट गर्छ। तिनी ८४ वर्षीय वृद्ध हुन्‌ र “बाइबल पढ्‌न सकियोस्‌” भनेर हालै त्यस स्कूलमा भर्ना भएका थिए। ठूल्ठूलो कक्षामा पढ्‌ने आफ्ना नातिनातिनाहरू भए तापनि तिनी कक्षा धाउँछन्‌। “मानिसहरू मलाई बाइबलका कुराहरू बताउँछन्‌ र ती सत्य हुन्‌ कि होइनन्‌ मलाई थाह छैन अनि म आफै बाइबल पढेर पत्ता लगाउन चाहन्छु” भनी ती वृद्धले नेसन अखबारलाई बताए। स्कूलको पहिरन लगाउनुका साथै अन्य अध्ययन सामग्रीहरू बोकेर तिनी स्कूल जान्छन्‌ अनि स्कूलका नियमहरू पालन गर्न जोडदार प्रयास गर्छन्‌। तर तिनलाई कुनै-कुनै कुरा भने आफ्नै किसिमले गर्न दिइन्छ। अरू विद्यार्थीहरू व्यायाम गरिरहेको र दौडिरहेको बेला तिनलाई भने “हल्कासित आफ्ना जीउ तन्काउन दिइन्छ।” (g04 9/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने