प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 २/८ p. १९
  • मोबाइल फोनको “लत”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोबाइल फोनको “लत”
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • मलाई मोबाइल फोन चाहिन्छ र?
    ब्यूँझनुहोस्‌!—२००२
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००२
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवा—२०१३
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 २/८ p. १९

मोबाइल फोनको “लत”

जापानका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“मोबाइल फोनप्रतिको मोह अब लत बन्‍ने हदसम्म पुगिसक्यो” भनी जापानको द डेली योमुरी-को मुख्य समाचारमा छापियो। के यो साँच्चै लत हो? “जवानहरू मोबाइल फोनलाई आफ्नो शरीरको एउटा अंग ठान्छन्‌ अनि आफूसित फोन नहुँदा आत्तिन थाल्छन्‌” भनी उक्‍त अखबारले बतायो। अरूबाट अलग्गिनुपर्ला भन्‍ने डरको कारण कतिपयले मोबाइल फोन कहिल्यै बन्द गर्दैनन्‌। तिनीहरूले “मोबाइल फोनमा कुनै सन्देश पाएनन्‌ भने अप्ठ्यारो अनि केही नमिलेको जस्तो व्यवहार गर्छन्‌ अनि कसैले तिनीहरूको वास्ता नगरेजस्तो महसुस गर्न थाल्छन्‌।” यस्तो अप्ठ्यारोपनले गर्दा तिनीहरू बाहिरबाट आएको सन्देशको तुरुन्तै जवाफ दिन खोज्छन्‌ जुन अक्सर अनावश्‍यक हुन्छ।

निस्सन्देह, मोबाइल फोन अत्यन्तै लाभदायी हुन सक्छ। वास्तवमा भन्‍ने हो भने, आपत्‌कालीन अवस्थामा प्रायजसो निकै उपयोगी साबित भएको छ। सन्तुलित ढंगमा प्रयोग गर्ने हो भने, अन्य अवस्थामा प्रयोग गर्नु पनि कुनै गलत कुरा होइन। तर कोही-कोही अधिकृतहरूको विचारमा मोबाइल फोनको “लत” लाग्यो भने सामान्य कुराकानीसम्बन्धी योग्यता विकासमा बाधा पुग्न सक्छ। ओसाकास्थित माध्यमिक विद्यालयकी शिक्षिका मोबाइल फोनले गर्दा “केटाकेटीहरू अरूको मुहारको हाउभाउ, आचरण र स्वरको उतारचढावले के भन्‍न खोजेका होलान्‌ भनेर ठम्याउन नसक्ने” भएकोले चिन्तित छिन्‌। यसले गर्दा केटाकेटीहरूमा झगडालु तथा अरूको भावनाको बेवास्ता गर्ने स्वभावमा वृद्धि भएको कुरा उक्‍त अखबारले बतायो।

उक्‍त लेखको अन्तमा यसो भनिएको थियो: “मोबाइल फोनप्रति केटाकेटीहरूको निर्भरता भविष्यमा अझ बढ्‌नेछ भन्‍ने कुरामा कुनै शंका छैन। वयस्कहरूले मोबाइल फोनको प्रयोगसम्बन्धी राम्रो उदाहरण बसालेको खण्डमा मात्रै यस्तो लहडको नकारात्मक पक्षलाई केही हदसम्म कम गर्न सकिनेछ।” (g03 1/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने