प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १२/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • ‘यहोवाको नाउँ एक बलियो धरहरा हो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • मलाई मोबाइल फोन चाहिन्छ र?
    ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—२००५
g05 १२/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

युवा जनहरू सोध्छन्‌ “युवा जनहरू सोध्छन्‌ . . . उसले नाइँ भनेमा के गर्ने?” (जनवरी ८, २००५) लेखको लागि धन्यवाद। यस लेखमा बताइएका व्यक्‍तिहरूलाई जस्तै मलाई पनि मण्डलीको एउटा केटा मन परेको थियो। तर उसले मेरो प्रेम-प्रस्ताव ठाडै इन्कार गऱ्‍यो। मेरो मुटु नै छियाछिया भयो। आध्यात्मिक कुरामा व्यस्त रहन सकूँ भनेर यहोवालाई तोकेरै प्रार्थना गर्न यस लेखले मलाई मदत गऱ्‍यो। प्रेममा तिरस्कृत हुँदा मेरो मुटुमा लागेको घाउ चाँडै पुरियोस्‌।

आई. वाई., जापान

यो लेख पढेर मैले कस्तो महसुस गरें, वर्णन गरी साध्य छैन। यो भनेकै बेला आइपुग्यो। मैले जस्तो महसुस गरिरहेकी थिएँ, यस लेखमा ठ्याक्कै त्यस्तै बताइएको रहेछ! उसको नामन्जुरी स्वीकार्न गाह्रो त भयो तर आफ्ना भावनाहरूलाई पाखा लगाउन यस लेखले मदत गऱ्‍यो।

एम. पी., इटाली

यस लेखमा दिइएका सबै सल्लाहहरू लागू गर्न त मलाई गाह्रै पर्ला। तैपनि यसले मलाई आफ्नो चोट भुल्न मदत गरेको छ। मलाई आशा छ, आफू यहोवाको नजरमा कति मूल्यवान्‌ छु भनेर बुझ्न र आफ्नो कदर गर्न यस लेखले अरूलाई पनि मदत गर्नेछ!

जे. ई., संयुक्‍त राज्य अमेरिका

यस लेखले मलाई निराशाको सागरमा चुर्लुम्म डुब्नदेखि जोगायो। हुन त, म अझै पनि उपेक्षित महसुस गर्छु। तैपनि यस लेखले मेरो मुटुमा गडेको खील निकाल्न मदत गऱ्‍यो। यहोवाले हामी प्रत्येकलाई माया गर्नुहुन्छ भनेर थाह पाउनु साँच्चै सान्त्वनादायी छ।

एम. एल., संयुक्‍त राज्य अमेरिका

जुन दिन यो ब्यूँझनुहोस्‌! मेरो हातमा पऱ्‍यो, त्यसै दिन मैले मण्डलीको एक जना केटाको चिठी पनि पाएँ। त्यस चिठीमार्फत उसले मेरो प्रस्ताव स्पष्ट शब्दमा इन्कार गरेको थियो। सकेसम्म मलाई चोट नपुगोस्‌ भन्‍ने कुरा विचार गर्दै उसले चिठी लेखेको भए तापनि कयौं दिन मेरो भोक-निद्रै हरायो। तर यस लेखले मलाई व्यावहारिक भएर सोच्न र आफूलाई कामै नलाग्ने नठान्‍न मदत गऱ्‍यो।

एम. ई., जापान

एकतर्फी माया लाएकोले मैले निकै तड्‌पिनुपऱ्‍यो। तर पछि गएर, वास्तविकता नस्वीकारी सुखै छैन भन्‍ने कुरा मैले महसुस गरें। अरू पनि थुप्रैको प्रेम-प्रस्ताव अस्वीकार भएको रहेछ भनेर मैले बल्ल थाह पाएँ। तपाईंहरूलाई धेरै धन्यवाद।

एल.ए.सी., ब्राजिल

मलाई मन परेको केटाले नाइँ भन्दा संसारै अन्धकार लाग्यो। यो लेख पढ्‌दा मैले आँसु थाम्नै सकिनँ। यो लेख त यहोवाले मेरै लागि भनेर तयार पारिदिनुभए जस्तो लाग्यो। जे भो राम्रै भो, उहाँ मलाई पछि आइपर्न सक्ने पीडाबाट जोगाउन चाहनुहुन्थ्यो भनेर अहिले आएर बुझेकी छु। यहोवालाई म पहिलेभन्दा बढी माया गर्छु।

डी. ओ., अस्ट्रिया

“युवा जनहरू सोध्छन्‌” लेखमा बताइएको यो कुरा मेरो लागि नौलो र सान्त्वनादायी थियो: यहोवाले मानिसहरूलाई प्रेम आदानप्रदान गर्ने इच्छासहित सृजनुभयो र यस प्रेमलाई कसरी नियन्त्रणमा राख्ने भनेर पनि उहाँलाई थाह छ। म शारीरिक रूपमा मात्र नभई यहोवाको नजरमा सुन्दरी हुन चाहन्छु।

एच. डब्लु., जापान (g05 10/8)

म ११ वर्षकी भएँ। मलाई “युवा जनहरू सोध्छन्‌ . . . कसैले आफ्नो समस्या बताउँदा म के गरूँ?” (फेब्रुअरी ८, २००५) भन्‍ने लेख बिछट्टै मन पऱ्‍यो। स्कूलमा एक जना केटीले आफ्नो मनको सारा बह मलाई पोखी। उसले थुप्रै दुःख भोगेकी रहिछे। त्यसमाथि गएको हप्ता उसको हजुरबुबा बितेपछि त उसलाई झनै घाउमा नुन छर्केझैं भएछ। यस लेखमा मैले यस्ता थुप्रै बुँदाहरू भेट्टाएँ, जुन चलाएर म उसलाई सान्त्वना दिन सक्छु। यहोवाले युवायुवतीहरूको पीडा बुझ्नुहुन्छ भनेर थाह पाउँदा मेरो मनै हलुका भयो।

ए. एच., संयुक्‍त राज्य अमेरिका

म १४ वर्षकी भएँ। मेरा थुप्रै साथीहरू मसित सल्लाह माग्न आउँछन्‌। कहिलेकाहीं मैले सल्लाह दिनै नमिल्ने विषयमा पनि सल्लाह माग्छन्‌। म तिनीहरूलाई मदत गर्न नसक्नुको कारण राम्ररी बुझाउँछु र कहिलेकाहीं बाइबलको कुरा पनि बताउँछु। अहिले साथीहरूले मेरो धर्मबारे जिज्ञासा राख्छन्‌। यस्तैमा, स्कूलमा मैले एउटा निबन्ध लेख्नुपर्ने भयो। साथीहरूले यसरी विभिन्‍न प्रश्‍नहरू सोधेको कारण मैले “यहोवाका साक्षीहरू वास्तवमा को हुन्‌ र तिनीहरू के विश्‍वास गर्छन्‌?” भन्‍ने शीर्षकमै निबन्ध सुनाएँ।

बी. डी., क्यानाडा (g05 11/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने