प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 No. ४ pp. १२-१३
  • कृतज्ञता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कृतज्ञता
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कृतज्ञताले कसरी स्वास्थ्य राम्रो बनाउँछ?
  • कृतज्ञताले अरूसितको सम्बन्ध कसरी राम्रो बनाउँछ?
  • तपाईं कसरी कृतज्ञ मनोभाव विकास गर्न सक्नुहुन्छ?
  • ‘सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • के तपाईं मौका छोप्नुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१४
  • कृतज्ञताको मनोभाव खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • कृतज्ञ किन हुने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 No. ४ pp. १२-१३
कार मर्मत गर्दै गरेका मानिसलाई अर्को व्यक्‍तिले सर्बत दिंदै

बाइबलको दृष्टिकोण

कृतज्ञता

कृतज्ञता व्यक्‍त गर्दा हामी शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ हुन्छौं। त्यसैले कृतज्ञता देखाउने बानी बसाल्नु राम्रो हो।

कृतज्ञताले कसरी स्वास्थ्य राम्रो बनाउँछ?

चिकित्सा विज्ञानले के भन्छ?

हाभर्ड मेन्टल हेल्थ लेटर भन्‍ने अङ्‌ग्रेजी पत्रिकाको एउटा लेखमा यस्तो छापिएको थियो: “कृतज्ञता देखाउने मानिसहरू अरूको तुलनामा अझ धेरै आनन्दित हुन्छन्‌ भनेर अनुसन्धानले देखाएको छ। कृतज्ञताले मानिसलाई सकारात्मक भावनाहरू विकास गर्न, राम्रा अनुभवहरूमा ध्यान दिन, स्वस्थ रहन, कठिन अवस्थाको सामना गर्न र अरूसितको सम्बन्ध बलियो बनाउन मदत दिन्छ।”

बाइबल के भन्छ?

बाइबलले हामीलाई कृतज्ञताको मनोभाव विकास गर्न प्रोत्साहन दिएको छ। यस सन्दर्भमा राम्रो उदाहरण बसालेका प्रेषित पावलले यस्तो लेखे: “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।” मानिसहरूले बाइबलको सन्देश राम्ररी सुनेकोले तिनले ‘परमेश्‍वरलाई निरन्तर धन्यवाद चढाइरहे।’ (कलस्सी ३:१५; १ थिस्सलोनिकी २:१३) आनन्दित भइरहन आकलझुकल मात्र धन्यवाद भनेर पुग्दैन। यसको लागि हामीमा कृतज्ञताको मनोभाव हुनु जरुरी छ। यस्तो मनोभावले आफूलाई ज्यादै महत्त्व नदिन, ईर्ष्या नगर्न र रिस नपाल्न मदत गर्छ। नत्र यस्ता नकारात्मक गुणहरूले अरूसितको सम्बन्ध बिगार्छ र हाम्रो आनन्द खोस्छ।

हाम्रो सृष्टिकर्ताले कृतज्ञता देखाउने सन्दर्भमा राम्रो उदाहरण बसाल्नुभएको छ। उहाँले तुच्छ मानिसहरूलाई समेत कृतज्ञता देखाउनुभएको छ। हिब्रू ६:१० यसो भन्छ: “परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।” कृतज्ञता नदेखाउने व्यक्‍तिलाई परमेश्‍वर अन्यायी ठान्‍नुहुन्छ।

“सधैं रमाइरहो। सबै कुराको निम्ति धन्यवाद चढाओ।”—१ थिस्सलोनिकी ५:१६, १८.

कृतज्ञताले अरूसितको सम्बन्ध कसरी राम्रो बनाउँछ?

अनुभवले के देखाउँछ?

कसैले उपहार दिंदा, मीठो वचन बोल्दा वा मदत दिंदा मनैदेखि कृतज्ञता व्यक्‍त गऱ्‍यौं भने हामीले तिनीहरूको मोल गरिरहेका हुन्छौं। जस्तै, कसैले हाम्रो लागि ढोका खोलिदिएकोमा धन्यवाद दिनु। यसरी तिनीहरूको मोल गरेको देखाउँदा अनजान मानिसले समेत हामीसित मित्रैलो व्यवहार गर्छन्‌।

बाइबल के भन्छ?

येशू ख्रीष्टले यसो भन्‍नुभयो: “दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्‌। तिनीहरूले तिमीहरूको पोल्टामा प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिने गरी हालिदिनेछन्‌।” (लूका ६:३८) दक्षिण प्रशान्तमा पर्ने भान्वाटुमा बस्ने रोजको अनुभव विचार गरौं।

रोज कान सुन्दिनन्‌। तिनी यहोवाका साक्षीहरूको सभामा जाने गर्थिन्‌। तर त्यहाँ न तिनलाई न त अरू कसैलाई साङ्‌केतिक भाषा आउँथ्यो। त्यसैले तिनले सभाबाट केही लाभ उठाउन सकिरहेकी थिइनन्‌। पछि साङ्‌केतिक भाषा जान्‍ने एक दम्पती त्यस मण्डलीमा आउँदा तिनीहरूले त्यो समस्या देखे। त्यसपछि तिनीहरूले साङ्‌केतिक भाषा सिकाउन कक्षा सुरु गरे। रोज उनीहरूप्रति साह्रै आभारी भइन्‌। तिनी भन्छिन्‌: “यति धेरै साथीहरू पाएकोमा म धेरै खुसी छु। उहाँहरू मलाई धेरै माया गर्नुहुन्छ।” त्यो दम्पती रोजको कृतज्ञता र तिनले सभामा भाग लिइरहेको देख्दा आफूले ठूलो आशिष्‌ पाएको महसुस गर्छन्‌। रोजसित कुराकानी गर्नको लागि अरूले साङ्‌केतिक भाषा सिक्न मेहनत गरेको देख्दा रोज तिनीहरूप्रति निकै आभारी छिन्‌।—प्रेषित २०:३५.

“धन्यवादको बलिदान चढाउनेले नै मेरो [परमेश्‍वर] महिमा गर्दछ।”—भजन ५०:२३.

तपाईं कसरी कृतज्ञ मनोभाव विकास गर्न सक्नुहुन्छ?

बाइबल के भन्छ?

हाम्रो सोचाइले हाम्रो भावनालाई असर गर्छ। बाइबलका एक जना लेखक दाऊदले परमेश्‍वरलाई यसो भने: “म तपाईंका सारा कार्यहरूमा ध्यान लगाउँछु। म तपाईंका हातको काममा विचार गर्छु।” (भजन १४३:५) दाऊद महत्त्वपूर्ण कुरालाई गहिरिएर सोच्ने व्यक्‍ति थिए। तिनी परमेश्‍वरको तौरतरिकामा गहिरिएर चिन्तन-मनन गर्थे। यस्तो सोचाइले तिनको भावनालाई असर गऱ्‍यो। यसले गर्दा तिनमा कृतज्ञ मनोभाव विकास भयो।—भजन ७१:५, १७.

बाइबलले हामीलाई यस्तो राम्रो सल्लाह दिएको छ: ‘जुन कुराहरू सत्य छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरूले राम्रो नाम कमाएका छन्‌, जुन कुराहरूमा सद्‌गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्‌, तिनै कुराहरूको विचार गरिरहो।’ (फिलिप्पी ४:८) “विचार गरिरहो” भन्‍ने वाक्यांशले नियमित रूपमा मनन गर्नुपर्ने कुरालाई बुझाउँछ। सकारात्मक कुराहरूमा मनन गरिरह्‍यौं भने कृतज्ञ मनोभाव विकास गर्न सक्छौं। (g16-E No. 5)

“मेरो मनको चिन्तनले समझ झल्काउनेछ।”—भजन ४९:३, NW.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने