प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 २/१५ pp. ३-४
  • कृतज्ञ किन हुने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कृतज्ञ किन हुने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कृतघ्नतादेखि होसियार
  • “तिमीहरू धन्यवादी होओ”
  • कृतज्ञताको मनोभाव खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • ‘सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • के तपाईं मौका छोप्नुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१४
  • कृतज्ञता
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 २/१५ pp. ३-४

कृतज्ञ किन हुने?

मेरुदण्डको शल्यक्रियाले गर्दा हार्ले मिस्त्रीको काम छोडेर कर्मचारी बन्‍न बाध्य भए। यस्तो हेरफेरबारे कस्तो लागिरहेछ भनी सोध्दा हार्लेले भने: “मिस्त्री काम गर्न मन त अझै लाग्छ। तर नढाँटी भन्‍ने हो भने पहिलाको जागिरमा भन्दा अहिले खुसी छु।”

आफ्नो सन्तुष्टिको कारण दिंदै हार्ले भन्छन्‌: “मेरा सहकर्मीहरूको मनोभावले गर्दा मलाई यस्तो लागेको हो। मेरो पहिलाको जागिरमा जस्तो नभई अहिले मेरो सुपरीवेक्षक तथा सहकर्मीहरूले मेरो कामको मूल्यांकन गर्छन्‌ र तारिफ गर्न कन्जुस्याइँ गर्दैनन्‌। यसले अकासजमिनको फरक पारेको छ।” उनको पनि आवश्‍यकता भएको महसुस गर्दा हार्ले अहिले एक आनन्दित कामदार भएका छन्‌।

उचित बेला व्यक्‍त गरिएका सराहना वा कृतज्ञताका शब्दहरू साँच्चै हृदयस्पर्शी हुन्छन्‌। अर्कोतर्फ कृतघ्नताले मानिसलाई सेक्सपियरले भनेझैं हतोत्साहित बनाउनसक्छ। तिनले भने: “जाडोको चिसो स्याँठ केही होइन बरु मानिसको कृतघ्नता त्योभन्दा पनि असह्‍य हुन्छ।” दुःखको कुरा, थुप्रै मानिसहरू त्यस्तो निठुरीपनको शिकार भएका छन्‌।

कृतघ्नतादेखि होसियार

आजको संसारबाट कृतज्ञताका हार्दिक अभिव्यक्‍तिहरू हराइसकेका छन्‌। उदाहरणका लागि, एक लेखकले यस्तो प्रश्‍न उठाए: “दुलहीले २०० जना व्यक्‍तिहरूलाई निमन्त्रणा लेख्न समय पाउँछिन्‌ भने उपहार दिने १६३ जनालाई धन्यवाद लेख्न किन समय पाउँदिनन्‌?” अक्सर “धन्यवाद” जस्तो सरल शब्दको उच्चारणसमेत गरिंदैन। कृतज्ञताको ठाउँ मपाईं मनोवृत्तिले लिइसक्यो। यो आखिरी दिनका चिह्नहरूमध्ये एउटा हो। प्रेरित पावलले यस्तो चेताउनी दिए: “तर यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, . . . बैगुणी” हुनेछन्‌।—२ तिमोथी ३:१, २.

अन्य कुनै परिस्थितिहरूमा भने कृतज्ञता व्यक्‍त गर्नुको साटो चापलुसी गरिन्छ। कृतज्ञताका अभिव्यक्‍तिहरू व्यक्‍तिगत लाभको वास्ता नराखी भित्र हृदयदेखि नै गरिन्छ। तथापि, चापलुसी चाहिं अक्सर आफ्नो काम पटाउन वा स्वार्थसिद्धिका लागि बढाइचढाइ झूटो प्रशंसा गरिन्छ। (यहूदा १६) फुस्ल्याउनुबाहेक यो अर्को व्यक्‍तिलाई मनपर्ने कुरा गरेर चाकरी गर्ने अहंकार र हठीको फल पनि हो। यस्तो झूटो चापलुसीको शिकार को हुन चाहन्छ र? तर साँचो कृतज्ञता साँच्चै स्फूर्तिदायक हुन्छ।

यसबाट कृतज्ञता व्यक्‍त गर्ने मानिसलाई पनि फाइदा हुन्छ। हृदयदेखि नै कृतज्ञ भएको हुँदा तिनले महसुस गर्ने न्यानोपनले तिनलाई आनन्दित र शान्त हुन मदत दिन्छ। (हितोपदेश १५:१३, १५ तुलना गर्नुहोस्‌।) अनि कृतज्ञता सकारात्मक गुन भएकोले यसले मानिसलाई रिस, ईर्ष्या र द्वेषजस्ता नकारात्मक भावनाहरूदेखि सुरक्षित राख्छ।

“तिमीहरू धन्यवादी होओ”

बाइबलले हामीलाई कृतज्ञता वा धन्यवादी जस्ता गुनहरू खेती गर्न आग्रह गर्छ। पावलले यस्तो लेखे: “सबै कुरामा धन्यवाद गर, किनकि प्रभु येशूमा तिमीहरूतर्फ परमेश्‍वरको इच्छा यही छ।” (१ थिस्सलोनिकी ५:१८) अनि पावलले कलस्सीहरूलाई यस्तो सल्लाह दिए: “ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्‌। . . . औ तिमीहरू धन्यवादी होओ।” (कलस्सी ३:१५) कृतज्ञतापूर्ण हार्दिक अभिव्यक्‍तिका थुप्रै भजनहरू छन्‌ र यी सबैले निष्कपट कृतज्ञता सद्‌गुण हो भनी संकेत गर्छ। (भजन २७:४; ७५:१) स्पष्टतः हामीले आफ्नो दिनचर्यामा कृतज्ञता प्रकट गर्दा यहोवा परमेश्‍वर आनन्दित हुनुहुनेछ।

तर यस बैगुनी संसारका कस्ता पक्षहरूले हामीलाई कृतज्ञताको आत्मा खेती गर्न गाह्रो बनाउँछन्‌? दैनिक जीवनमा कृतज्ञताको मनोभाव हामीले कसरी प्रदर्शित गर्नसक्छौं? यी प्रश्‍नहरू अर्को लेखमा छलफल गरिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने