प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ११०
  • पावलको नयाँ सहयोगी तिमोथी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पावलको नयाँ सहयोगी तिमोथी
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • पावल र तिमोथि
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिमोथी “विश्‍वासमा . . . सच्चा छोरा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सिलास—प्रोत्साहनका स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ख्रिष्टियन धर्म थुप्रै ठाउँमा फैलिन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ११०
पावल र तिमोथी

कथा ११०

पावलको नयाँ सहयोगी तिमोथी

पावलसित उभिरहेको यो ठिटो तिमोथी हो। उसकी आमाको नाउँ युनिस र बज्यैको नाउँचाहिं लोइस हो। तिमोथी आफ्नो परिवारसित लिस्त्रामा बस्छ।

पावल लिस्त्रामा आएको यो तेस्रो पटक हो। एक वर्षजति अगाडि पावल र बर्णाबास यहाँ प्रचार गर्न पहिलो चोटि आएका थिए। अहिलेचाहिं पावल आफ्नो साथी सिलाससित यहाँ फेरि आएका छन्‌।

चित्रमा हेर त। पावलले तिमोथीलाई के भनिरहेको होला? ‘के तिमी सिलास र मसित आउन चाहन्छौ? हामीलाई टाढा-टाढाका मान्छेहरूलाई प्रचार गर्न तिम्रो मदत चाहिएको छ।’ पावलले तिमोथीलाई यही कुरा भन्दैछ।

तिमोथीले ‘हुन्छ, म जान चाहन्छु’ भन्छ। अनि त्यसको केही समयपछि तिमोथी आफ्नो परिवारलाई छोडेर पावल र सिलाससित जान्छ। तर उनीहरू अब कता जान्छन्‌ भनेर थाह पाउनुअघि यतिका दिनसम्म पावल के गरिरहेका थिए, त्यो पहिले पत्ता लगाऔं है त! यतिखेर, दमीशक जाने बाटोमा उसले येशूको दर्शन पाएको पनि १७ वर्ष भइसक्यो।

तिमीलाई याद छ, पावल येशूका चेलाहरूलाई दुःख दिन भनेर दमीशक जान लागेको थियो? तर अहिले ऊ आफै येशूको चेला भइसकेको छ! उसले त्यसपछि येशूको विषयमा प्रचार गर्न थाल्छ। तर कसै-कसैलाई यो कुरा मन पर्दैन। त्यसकारण उनीहरू पावललाई मार्न खोज्छन्‌। यो कुरा चाल पाएर अरू चेलाहरूले पावललाई टोकरीमा हालेर सहरको पर्खालबाहिर डोरीबाट तल झारिदिन्छन्‌ र अन्तै भगाइदिन्छन्‌।

यसपछि पावल एन्टिओकमा प्रचार गर्न जान्छ। यही ठाउँदेखि येशूका चेलाहरूलाई मसीही भनेर बोलाउने चलन सुरु हुन्छ। त्यसपछि पावल र बर्णाबासलाई एन्टिओकबाट अरू टाढा-टाढाको देशमा प्रचार गर्न पठाइन्छ। यसरी उनीहरू प्रचार गर्न पुगेको एउटा सहरको नाउँ लिस्त्रा हुन्छ। हो, यही लिस्त्रामै पावलले तिमोथीलाई भेट्‌छ।

लगभग एक वर्षपछि पावल दोस्रो पल्ट फेरि लिस्त्रा आइपुग्छ। तिमोथीलाई लिएर पावल र सिलास कहाँ-कहाँ जान्छन्‌, तिमीलाई थाह छ? नक्सामा हेर त!

पावल र तिमोथीले यात्रा गरेका ठाउँहरूको नक्सा

उनीहरू सबैभन्दा पहिला नजिकैको आइकोनियम भन्‍ने ठाउँमा जान्छन्‌। त्यसपछि एन्टिओक भन्‍ने अर्कै सहरमा जान्छन्‌। पछि उनीहरू त्रोआस, फिलिप्पी, थिस्सलोनिका र बिरियासम्म जान्छन्‌। के तिमीले चित्रमा एथेन्स देख्यौ? पावलले त्यहाँ पनि प्रचार गर्छ। यसपछि उनीहरू कोरिन्थमा प्रचार गर्दै डेढ वर्ष बिताउँछन्‌। अन्तमा उनीहरू केही समयको लागि एफिसस पनि जान्छन्‌। त्यसपछि पानी-जहाज चढेर सिजरिया फर्कन्छन्‌ र पावलको घर एन्टिओक जान्छन्‌।

यसरी तिमोथीले “सुसमाचार” प्रचार गर्न र थुप्रै मसीही मण्डली स्थापना गर्न पावल सँगसँगै हजारौं किलोमिटर यात्रा गर्छ। अलि ठूलो भएपछि के तिमी पनि तिमोथीजस्तै परमेश्‍वरको विश्‍वासी सेवक हुन चाहन्छौ?

प्रेरित ९:१९-३०; ११:१९-२६; अध्याय १३ देखि १७ सम्म; १८:१-२२.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने