प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt chap. १०
  • यरूशलेमको यात्रा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यरूशलेमको यात्रा
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसुको परिवार यरुसलेमको यात्रामा निस्कन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येसु बाह्र वर्षको हुनुहुँदा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • बालक येशू मन्दिरमा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • ज्ञानी मान्छे
    छोराछोरीलाई सिकाउनुहोस्‌
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt chap. १०

अध्याय १०

यरूशलेमको यात्रा

वसन्त ऋतुको समय हो। यसै बेला चिनजान र नातेदारहरूका साथ यूसुफ र तिनका परिवारले प्रत्येक वर्ष वसन्त ऋतुमा पर्ने निस्तार-चाड मनाउन यरूशलेमको यात्रा गर्छन्‌। करिब १०० किलोमिटरको यो यात्रा गर्न तिनीहरू त्यहाँबाट हिंड्‌दा सदाझैं केही चहलपहल त हुन्छ नै। येशू अब १२ वर्षको भइसक्नुभएको छ र उहाँ विशेष चासोका साथ चाडको प्रतीक्षामा हुनुहुन्छ।

येशू र उहाँका परिवारका लागि निस्तार-चाड एक दिनको मात्र कार्यक्रम होइन। त्यसपछि सात दिनसम्म मनाइने अखमिरा रोटीको चाडका निम्ति पनि तिनीहरू बस्छन्‌, किनभने तिनीहरू यसलाई पनि निस्तार-चाडकै भाग ठान्छन्‌। फलस्वरूप आफ्नो घर नासरतदेखि यरूशलेमको बसाइसमेत गरी दुई हप्ताजति लाग्छ। तर यस वर्ष येशूसँग सम्बन्धित एउटा कुराले गर्दा अझ बढी समय लाग्छ।

यरूशलेमबाट फर्किंदा समस्या थाह हुन्छ। यात्रा गरिरहेका चिनजान र नातेदारहरूका साथमा येशू हुनुहोला भनी यूसुफ र मरियम ठान्छन्‌। तर राती विश्राम गर्ने ठाउँमा उहाँ देखिनु हुन्‍न। यूसुफ र मरियम उहाँलाई आफ्ना नातेदार र चिनजानहरूका बीच खोज्दै हिंड्‌छन्‌। उहाँ कतै फेला पर्नु हुन्‍न। त्यसकारण यूसुफ र मरियम उहाँलाई खोज्न फेरि यरूशलेम फर्किन्छन्‌।

दिनभरि खोज्दा पनि उहाँलाई फेला पार्न तिनीहरू सफल हुँदैनन्‌। दोस्रो दिनमा पनि फेला पार्न सक्दैनन्‌। आखिर, तेस्रो दिनमा तिनीहरू मन्दिरमा जान्छन्‌। त्यहाँको एउटा सभाघरमा तिनीहरूले उहाँलाई यहूदी शिक्षकहरूका बीचमा बसेर सुन्दै अनि सोध्दै गरिरहनुभएको देख्छन्‌।

मरियम सोध्छिन्‌: “बाबु, तिमीले हामीलाई किन यस्तो दुःख दिएको? हेर त, तिम्रो बुबा र म तिमीलाई खोज्दा-खोज्दा कत्ति हैरान भइसक्यौं।”

उहाँलाई खोज्नुपर्ने ठाउँ तिनीहरूले थाह नपाएकोमा येशू छक्क पर्नुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “तपाईंहरूले मलाई किन यताउता खोज्नुपऱ्‍यो? म आफ्नो बुबाको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाह थिएन?”

यो कुरा उहाँका आमाबाबुले किन नबुझेका होलान्‌ भनेर येशू अचम्म मान्‍नुहुन्छ। त्यसपछि येशू आफ्ना आमाबाबुसँग घर फर्किनुहुन्छ र तिनीहरूका अधीनमा बस्नुहुन्छ। उहाँ झन्‌-झन्‌ बुद्धिमान्‌ हुँदै अनि हुर्कंदै जानुहुन्छ र उहाँमाथि परमेश्‍वर अनि मानिसहरूको अनुग्रह पनि बढ्‌दै जान्छ। हो, बाल्यावस्थादेखि नै परमेश्‍वरका कुराहरूको खोजी गर्नुका साथै आमाबाबुप्रति आदर देखाउनुपर्ने राम्रो उदाहरण येशूले बसाल्नुभएको छ। लूका २:४०-५२; २२:७.

▪ येशू नियमित रूपले वसन्त ऋतुमा आफ्नो परिवारसँग कुन यात्रा गर्नुहुन्छ र यो यात्रा कति दिनको हुन्छ?

▪ येशू १२ वर्षको हुँदा गरिएको यात्रामा के हुन्छ?

▪ आजका युवाहरूका लागि येशूले कस्तो उदाहरण बसाल्नुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने