प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १० p. २८-p. २९ par. ७
  • येसुको परिवार यरुसलेमको यात्रामा निस्कन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुको परिवार यरुसलेमको यात्रामा निस्कन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • यरूशलेमको यात्रा
    सबैभन्दा महान्‌ पुरुष
  • येसु बाह्र वर्षको हुनुहुँदा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • बालक येशू मन्दिरमा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • ज्ञानी मान्छे
    छोराछोरीलाई सिकाउनुहोस्‌
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १० p. २८-p. २९ par. ७
बाह्र वर्षका येसु मन्दिरमा यहुदी शिक्षकहरूलाई प्रश्‍नहरू सोध्दै

अध्याय १०

येसुको परिवार यरुसलेमको यात्रामा निस्कन्छ

लुका २:४०-५२

  • बाह्र वर्षका येसु यहुदी शिक्षकहरूलाई प्रश्‍नहरू सोध्नुहुन्छ

  • येसु यहोवालाई “बुबा” भन्‍नुहुन्छ

यो वसन्त ऋतुको समय हो। हरेक वर्षजस्तै यो वर्ष पनि युसुफको परिवार आफ्ना साथीभाइ तथा नातेदारहरूसित यरुसलेमको यात्रामा निस्कने समय भएको छ। तिनीहरू व्यवस्थामा बताइएझैँ निस्तार चाड मनाउन यरुसलेम जाने गर्छन्‌। (व्यवस्था १६:१६) नासरतबाट यरुसलेम लगभग १२० किलोमिटर टाढा पर्छ। यो सबैको लागि व्यस्त र रमाइलो समय हो। येसु अहिले १२ वर्षको हुनुभएको छ र उहाँ पनि चाड मनाउनको लागि यरुसलेम जान र फेरि एकचोटि त्यहाँ भएको मन्दिर हेर्न उत्सुक हुनुहुन्छ।

येसु र उहाँको परिवारको लागि निस्तार चाड एक दिनको चाड मात्र होइन। निस्तार चाडको भोलिपल्टदेखि अखमिरा रोटीको चाड सुरु हुन्छ, जुन सात दिनसम्म चल्छ। (मर्कुस १४:१) यस चाडलाई पनि निस्तार चाडकै भाग मानिन्छ। यरुसलेममा बस्ने समय पनि हिसाब गर्दा नासरतबाट यरुसलेम जान-आउन लगभग दुई हप्ता लाग्छ। तर यस वर्ष भने येसुसित सम्बन्धित एउटा घटनाले गर्दा अझ धेरै समय लाग्छ। यो घटना युसुफको परिवार यरुसलेमबाट फर्कँदाखेरिको हो।

रमाइलो यात्रा

येसु र उहाँको परिवार यरुसलेमतर्फ यात्रा गर्दै

तीन वटा वार्षिक चाडको लागि यरुसलेम जान पाउँदा मानिसहरू खुबै रमाउँथे। (व्यवस्था १६:१५) यात्राको क्रममा येसुले विभिन्‍न ठाउँ हेर्दै ती ठाउँहरूको भौगोलिक बनावट थाह पाउने अनि अरू ठाउँबाट आएका उपासकहरूलाई भेट्‌ने मौका पाउनुहुन्थ्यो। कत्ति अविस्मरणीय यात्रा!

युसुफ र मरियमले येसु तिनीहरूसँगै उत्तरतिर यात्रा गरिरहेका नातेदार तथा साथीभाइसितै हुनुहोला भन्ठान्छन्‌। तर राती बास बस्न एक ठाउँमा रोकिएपछि मात्र तिनीहरूले येसु नभएको चाल पाउँछन्‌। त्यसैले तिनीहरूले उहाँलाई चिनेजानेका मानिसहरूको बीचमा खोज्न थाल्छन्‌ तर भेट्टाउँदैनन्‌। येसु कतै फेला पर्नुहुन्‍न! त्यसैले युसुफ र मरियम उहाँलाई खोज्न फेरि यरुसलेमतिरै फर्कन्छन्‌।

तिनीहरूले उहाँलाई दिनभरि खोज्दा पनि भेट्टाउँदैनन्‌। दोस्रो दिन पनि खोज्छन्‌ तर भेट्टाउँदैनन्‌। बल्लतल्ल तेस्रो दिनमा तिनीहरूले आफ्नो छोरोलाई मन्दिरको एउटा कक्षमा भेट्टाउँछन्‌। तिनीहरूले उहाँलाई केही यहुदी शिक्षकहरूको बीचमा बसेर उनीहरूको कुरा सुन्दै र प्रश्‍नहरू सोध्दै गरिरहनुभएको देख्छन्‌। उहाँको समझशक्‍ति देखेर सबै छक्क परिरहेका छन्‌।

युसुफ र मरियम येसुलाई भेट्टाउँछन्‌

मरियम येसुलाई यसो भन्छिन्‌: “बाबु, तिमीले हामीलाई किन यस्तो दुःख दिएको? हेर त, तिम्रो बुबा र म तिमीलाई खोज्दाखोज्दा कत्ति हैरान भइसक्यौँ!”—लुका २:४८.

येसु मन्दिरमै हुनुपर्छ भन्‍ने कुरा युसुफ र मरियमलाई थाह नभएको देखेर उहाँ छक्क पर्नुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “तपाईँहरूले मलाई किन यताउता खोज्नुपऱ्‍यो? म आफ्नो बुबाको घरमा हुनुपर्छ भनेर के तपाईँहरूलाई थाह थिएन?”—लुका २:४९.

त्यसपछि येसु आफ्ना आमाबुबा युसुफ र मरियमसित नासरत फर्कनुहुन्छ अनि तिनीहरूको अधीनमा बस्नुहुन्छ। उहाँ झन्‌झन्‌ बुद्धिमान्‌ हुँदै अनि हुर्कँदै जानुहुन्छ। सानै भए पनि उहाँले परमेश्‍वर र मानिसहरूको अनुग्रह पाउनुहुन्छ। हो, बाल्यावस्थादेखि नै येसुले परमेश्‍वरको सेवालाई प्राथमिकता दिने सन्दर्भमा मात्र होइन, आफ्ना आमाबुबाको आदर गर्ने सन्दर्भमा पनि राम्रो उदाहरण बसाल्नुहुन्छ।

  • येसु वसन्त ऋतुमा नियमित रूपमा परिवारसँगै कहाँ जानुहुन्थ्यो र किन?

  • यरुसलेमबाट फर्कँदै गर्दा युसुफ र मरियमले के चाल पाउँछन्‌ र तिनीहरूले येसुलाई कहाँ भेट्टाउँछन्‌?

  • आजका युवाहरूका लागि येसुले कस्तो उदाहरण बसाल्नुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने