प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq पाठ ३ पृ. ६-७
  • येशू ख्रीष्ट को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू ख्रीष्ट को हुनुहुन्छ?
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • येसु ख्रिष्ट को हुनुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • येशूले उद्धार गर्नुहुन्छ—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq पाठ ३ पृ. ६-७

पाठ ३

येशू ख्रीष्ट को हुनुहुन्छ?

येशूलाई किन परमेश्‍वरको “जेठो” पुत्र भनिन्छ? (१)

उहाँलाई किन “वचन” भनिन्छ? (१)

येशू मानव रूप लिएर किन पृथ्वीमा आउनुभयो? (२-४)

उहाँले किन चमत्कारहरू गर्नुभयो? (५)

निकट भविष्यमा येशूले के गर्नुहुनेछ? (६)

१. पृथ्वीमा आउनअघि येशू स्वर्गमा आत्मिक व्यक्‍ति हुनुहुन्थ्यो। परमेश्‍वरको पहिलो सृष्टि हुनुभएकोले उहाँलाई परमेश्‍वरको “जेठो” पुत्र भनिन्छ। (कलस्सी १:१५; प्रकाश ३:१४) परमेश्‍वरले आफ्नै हातले सृष्टि गर्नुभएको एक मात्र पुत्र येशू हुनुहुन्छ। किनभने स्वर्ग र पृथ्वीका बाँकी सबै कुरा सृष्टि गर्न उहाँले मानवपूर्व येशूलाई “मुख्य कालिगडको” रूपमा चलाउनुभएको थियो। (हितोपदेश ८:२२-३१ NW; कलस्सी १:१६, १७) परमेश्‍वरले येशूलाई प्रमुख प्रवक्‍ताको रूपमा पनि चलाउनुभयो। त्यसैकारण उहाँलाई “वचन” भनिन्छ।—यूहन्‍ना १:१-३; प्रकाश १९:१३.

२. मरियमको गर्भमा आफ्नो पुत्रको जीवन सार्नुभएर परमेश्‍वरले उहाँलाई यस पृथ्वीमा पठाउनुभयो। त्यसैले येशूको कुनै मानव पिता थिएन। र त्यही कारणले गर्दा उहाँले कुनै पाप वा असिद्धता पाउनुभएन। परमेश्‍वरले येशूलाई पठाउनुका तीन कारणहरू छन्‌। ती हुन्‌: (१) हामीलाई परमेश्‍वरबारे सत्य कुरा सिकाउन (यूहन्‍ना १८:३७), (२) त्रुटिरहित निष्ठा कायम गरेर हाम्रोनिम्ति उदाहरण छोड्‌न, (१ पत्रुस २:२१) अनि (३) आफ्नो जीवन बलिदान दिएर हामीलाई पाप र मृत्युबाट मुक्‍त गर्न। तर किन यसको आवश्‍यकता पऱ्‍यो?—मत्ती २०:२८.

३. परमेश्‍वरको आज्ञा पालन नगरेर प्रथम मानव आदमले बाइबलको शब्दअनुसार “पाप” गरे। त्यसैकारण परमेश्‍वरले तिनलाई मृत्युदण्ड दिनुभयो। (उत्पत्ति ३:१७-१९) तिनले परमेश्‍वरको स्तर पूरा गर्नसकेनन्‌। त्यसो हुँदा तिनी सिद्ध भइरहन सकेनन्‌। अतः तिनी बिस्तारै बूढो हुँदै मरे। आदमले आफ्ना सबै छोराछोरीलाई पाप सारे। त्यसैकारण हामी पनि बूढो हुन्छौं, बिरामी हुन्छौं अनि मर्छौं। यी कुराहरूबाट मानवजातिलाई कसरी बचाउन सकिन्थ्यो?—रोमी ३:२३; ५:१२.

४. येशू आदमजस्तै सिद्ध मानव हुनुहुन्थ्यो। तर उहाँ आदमजस्तो हुनुभएन। असाध्यै गाह्रो परीक्षा आइपर्दा पनि उहाँले पूर्णतया परमेश्‍वरको आज्ञा मान्‍नुभयो। त्यसैकारण उहाँले आदमको पापको मोल तिर्न आफ्नो सिद्ध मानव जीवन दिन सक्नुभयो। बाइबलले त्यसलाई “छुटकाराको मोल” भन्छ। यसरी आदमको सन्तानलाई मृत्युदण्डबाट मुक्‍त गर्न सकिन्थ्यो। येशूमाथि विश्‍वास राख्ने सबैले आफ्नो पापको क्षमा अनि अनन्त जीवन पाउनसक्छन्‌।—१ तिमोथी २:५, ६; यूहन्‍ना ३:१६; रोमी ५:१८, १९.

५. पृथ्वीमा हुनुहुँदा येशूले रोगीहरूलाई निको पार्नुभयो, भोकाहरूलाई खुवाउनुभयो र आँधीलाई शान्त पार्नुभयो। उहाँले मरिसकेका मानिसहरूलाई समेत जिउँदो बनाउनुभयो। उहाँले यस्ता चमत्कारहरू किन गर्नुभयो? (१) मानिसहरूको दुःख देखेर उहाँलाई दया लाग्थ्यो। उहाँ तिनीहरूलाई मदत गर्न चाहनुहुन्थ्यो। (२) उहाँले गर्नुभएका चमत्कारहरूले उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ भनेर प्रमाणित गर्थे। (३) यो पृथ्वीमा राजाको हैसियतमा शासन गर्नुहुँदा उहाँले आज्ञाकारी मानिसहरूका लागि के के गर्नुहुनेछ, त्यो ती चमत्कारहरूले देखाउँथे।—मत्ती १४:१४; मर्कूस २:१०-१२; यूहन्‍ना ५:२८, २९.

६. येशूको मृत्यु भएपछि परमेश्‍वरले उहाँलाई आत्मिक प्राणीको रूपमा पुनरुत्थान गर्नुभयो। त्यसपछि उहाँ स्वर्ग फर्कनुभयो। (१ पत्रुस ३:१८) समयमा परमेश्‍वरले उहाँलाई राजा बनाउनुभयो। अब चाँडै येशूले यस पृथ्वीबाट सबै दुष्टता र दुःख हटाउनुहुनेछ।—भजन ३७:९-११; हितोपदेश २:२१, २२.

[पृष्ठ ७-मा भएको चित्र]

येशूको सेवकाईमा शिक्षा दिनु, चमत्कारहरू गर्नु अनि हाम्रोनिम्ति आफ्नो जीवन बलिदान दिनु समावेश थिए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने