प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ७/१ pp. २८-२९
  • येशू ख्रीष्ट को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू ख्रीष्ट को हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • येसु ख्रिष्ट को हुनुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ७/१ pp. २८-२९

पवित्र शास्त्रबाट सिक्नुहोस्‌

येशू ख्रीष्ट को हुनुहुन्छ?

यस लेखमा तपाईंको मनमा उठ्‌न सक्ने प्रश्‍नहरूको छलफल गरिएको छ। साथै ती प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ पाउन सक्नुहुन्छ भनेर पनि यसमा बताइएको छ। यहोवाका साक्षीहरू यी प्रश्‍नका जवाफहरू तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

१. येशू ख्रीष्ट को हुनुहुन्छ?

पृथ्वीमा जन्मनुअघि येशूले अदृश्‍य व्यक्‍तिको रूपमा स्वर्गमा जीवन बिताउनुभयो। (यूहन्‍ना ८:२३) यस्तो अनुभव अन्य कुनै मानिसले गरेको छैन। उहाँ परमेश्‍वरको पहिलो सृष्टि हुनुहुन्छ र अरू सबै कुराको सृष्टि गर्न उहाँले परमेश्‍वरलाई सघाउनुभयो। यहोवाले उहाँलाई मात्र आफ्नै हातले सृष्टि गर्नुभयो। त्यसैले उहाँलाई बाइबलमा परमेश्‍वरको “एक मात्र छोरा” भनिएको छ। येशूले परमेश्‍वरको प्रवक्‍ताको रूपमा पनि काम गर्नुभयो। त्यसैले उहाँलाई “वचन” पनि भनिएको छ।—यूहन्‍ना १:१-३, १४; हितोपदेश ८:२२, २३, ३०; कलस्सी १:१५, १६ पढ्‌नुहोस्‌।

२. येशू किन पृथ्वीमा आउनुभयो?

मरियम नाम गरेकी यहूदी कन्याको गर्भमा परमेश्‍वरले आफ्नो छोराको जीवन सारिदिएर उहाँलाई पृथ्वीमा पठाउनुभयो। त्यसैले येशूको मानव बुबा थिएनन्‌। (लूका १:३०-३५) येशू पृथ्वीमा आउनुका कारणहरू यी हुन्‌: (१) साँचो भगवान्‌बारे सत्य कुरा सिकाउन, (२) परमेश्‍वरको इच्छाबमोजिम गर्ने सन्दर्भमा उदाहरण बसाल्न र (३) “फिरौतीस्वरूप” आफ्नो त्रुटिरहित जीवन दिन।— मत्ती २०:२८; यूहन्‍ना १८:३७ पढ्‌नुहोस्‌।

३. हामीलाई किन फिरौतीको खाँचो पऱ्‍यो?

कुनै व्यक्‍ति दासत्व वा अपहरणमा पर्दा तिनलाई छुटाउन फिरौतीको मोल तिरिन्छ। मृत्यु र बुढ्यौली मानिसजातिको लागि परमेश्‍वरको सुरुको उद्देश्‍य थिएन। हामी यो कुरा कसरी थाह पाउन सक्छौं? परमेश्‍वरले प्रथम पुरुष आदमलाई पाप गरेमा अर्थात्‌ उहाँको आज्ञा नमानेमा तिनी मर्नेछन्‌ भनेर भन्‍नुभयो। आदमले पाप नगरेका भए तिनी कहिल्यै मर्ने थिएनन्‌। परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्नेबित्तिकै आदम मरेनन्‌। तिनी अझै सयौं वर्ष बाँचे। तर त्यही दिनदेखि नै तिनी मरणशील भए। (उत्पत्ति २:१६, १७; ५:५) आदमको पापको कारण तिनको सन्तानमा पाप र यसको सजाय अर्थात्‌ मृत्यु व्याप्त भयो। आदमद्वारा संसारमा मृत्यु प्रवेश भयो। त्यसैले हामीलाई फिरौतीको खाँचो पऱ्‍यो।— रोमी ५:१२; ६:२३ पढ्‌नुहोस्‌।

४. येशू किन मर्नुभयो?

हामीलाई मृत्युको बन्धनबाट छुटाउन कसले फिरौतीको मोल तिर्न सक्छ? हाम्रो पापको सजायस्वरूप हामी मर्छौं। त्रुटिपूर्ण कुनै पनि मानिसले अरूको पापको मोल तिर्न सक्दैन।— भजन ४९:७-९ पढ्‌नुहोस्‌।

येशूले मानव बुबाबाट जन्मजात पाप पाउनुभएन। त्यसैले उहाँ आफ्नै पापको कारण मर्नुभएको थिएन। बरु उहाँ अरूको पापको लागि मर्नुभयो। मानिसजातिप्रतिको गहिरो प्रेमको कारण परमेश्‍वरले आफ्नो छोरालाई हाम्रो लागि मर्न पठाउनुभयो। आफ्नो बुबाको आज्ञा पालन गरेर अनि हाम्रो पापको लागि आफ्नो जीवन अर्पण गरेर येशूले पनि हामीप्रति प्रेम देखाउनुभयो।— यूहन्‍ना ३:१६; रोमी ५:१८, १९ पढ्‌नुहोस्‌।

५. येशू अहिले के गर्दै हुनुहुन्छ?

येशू पृथ्वीमा हुँदा उहाँले बिरामीहरूलाई निको पार्नुभयो, मरिसकेकाहरूलाई ब्यूँताउनुभयो अनि मानिसहरूलाई पाप र मृत्युको बन्धनबाट मुक्‍त गर्न आफ्नो जीवन अर्पण गर्नुभयो। यसरी उहाँले पछि सबै आज्ञाकारी मानिसहरूका लागि के गर्नुहुनेछ भनेर देखाउनुभयो। (लूका १८:३५-४२; यूहन्‍ना ५:२८, २९) येशूको मृत्युपछि परमेश्‍वरले उहाँलाई अदृश्‍य व्यक्‍तिको रूपमा पुनर्जीवित पार्नुभयो। (१ पत्रुस ३:१८) अनि यहोवाले उहाँलाई सारा पृथ्वीभरि शासन गर्ने अधिकार नदिनुभएसम्म उहाँ परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो। (हिब्रू १०:१२, १३) अहिले येशूले स्वर्गमा राजाको रूपमा शासन गर्दै हुनुहुन्छ र पृथ्वीमा उहाँका अनुयायीहरूले यो सुसमाचार संसारभरि घोषणा गर्दै छन्‌।— दानियल ७:१३, १४; मत्ती २४:१४ पढ्‌नुहोस्‌।

चाँडै सबै दुःखकष्ट र यसलाई निम्त्याउने मानिसहरूलाई नाश गर्न येशूले आफ्नो राजकीय शक्‍ति प्रयोग गर्नुहुनेछ। येशूमाथि विश्‍वास गर्ने र उहाँको आज्ञा पालन गर्ने लाखौं मानिसले बगैंचारूपी सुन्दर पृथ्वीमा जीवनको आनन्द उठाउन सक्नेछन्‌।— भजन ३७:९-११ पढ्‌नुहोस्‌। ( w11 -E 03/01)

[पृष्ठ २९-मा भएको चित्र]

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित यस किताबको अध्याय ४ हेर्नुहोस्‌।

[पृष्ठ २९-मा भएको चित्र]

बाइबलले वास्तवमा के सिकाउँछ?

[पृष्ठ २९-मा भएको चित्र]

येशूमाथि विश्‍वास गर्ने र उहाँको आज्ञा पालन गर्ने लाखौं मानिसले बगैंचारूपी सुन्दर पृथ्वीमा जीवनको आनन्द उठाउन सक्नेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने